काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीको नेतृत्व कसले लिने भन्ने विषय महाधिवेशनको निर्णयमा निर्भर रहने बताएका छन् । उनले पार्टी बैठक सफलतापूर्वक सम्पन्न भएको र महाधिवेशन गर्ने निष्कर्ष निकालिएको उल्लेख गर्दै अहिले नेतृत्वको चिन्ता नगरी चिन्तन गर्नुपर्ने बेला भएको बताएका छन् ।
गजुरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, "माओवादी केन्द्रको बैठक सफलतापूर्वक सम्पन्न भइसकेको छ – महाधिवेशन गर्ने निष्कर्षसहित । कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछिको अबस्थामा के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकांक्षीहरूले आफैं बुझ्नुपर्ने विषय हो । अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन – त्यो त महाधिवेशनकै निर्णयले टुङ्गो लगाउने कुरा हो ।"
उनले पार्टीमा वैचारिक स्पष्टता र क्षमतावान नेतृत्वको आवश्यकता औंल्याउँदै भनेका छन्, "त्यसैले अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो । जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ । आज पनि जेनेरेसन–जीले खोजिरहेको कुरा त्यही हो – वैचारिक स्पष्टता सहितको इमानदार र क्षमतावान नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस् ।"
गजुरेलले पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को भूमिकाबारे पनि उल्लेख गर्दै भनेका छन्, "पार्टीका संयोजक प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर गर्नेछ ।"
माओवादी केन्द्रले हालैको बैठकमा महाधिवेशनको तयारीलाई प्राथमिकता दिएको छ, जसले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: