Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

उपेन्द्र यादवले भने–अब उत्तरी नाका पनि बन्द हुन्छ

काठमाडौं । भारतसँग जोडिएका दक्षिणका नाका बन्द गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब चीन तर्फका नाका पनि बन्द गर्ने घोषणा गरेको छ ।

\"Upendra

भारततर्फको नाकाबन्दीले आपूर्ति व्यवस्था अस्तव्यस्त भएकाले उत्तरतर्फको नाका खोल्नुपर्ने आवाज उठिरहेकाबेला मोर्चाले चीनसँग जोडिएका नाका पनि बन्द गर्ने घोषणा गरेको हो ।

‘अहिलेसम्म दक्षिणका बोर्डर र सरकारी कार्यालय बन्द छन् अब उत्तरी बोर्डर पनि नाकाबन्द हुन्छ । सरकारी कार्यालय पनि बन्द हुन्छन्,’ मोर्चाका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बीबीसी नेपाली सेवासँग कुरा गर्दै भने ।

उनले सरकारलाई आर्थिक र राजनीतिक रुपमा असहयोग गर्ने आन्दोलन जारी रहने बताए ।

मोर्चाले एक सातादेखि भारतसँग सीमा जोडिएका भन्सार नाकामा धर्ना बसेर आवात जावत ठप्प पारेको छ । मोर्चाले आन्दोलन सुरु गरेकै दिनदेखि भारतले पनि अघोषित रुपमा नाकाबन्दी गरेपछि आपूर्ति व्यवस्था अस्तव्यस्त भएको छ । त्यसको प्रभाव काठमाडौं उपत्यकासहित देशभर परेपछि सर्बसाधारणको दैनिकी कष्टकर बनेको छ ।

सरकारसँग तत्काल वार्तामा नबस्ने

प्रमुख तीन दलले मधेसी मोर्चासँग वार्ता गर्न सोमबार तीन सदस्यीय समिति गठन गरे पनि यादवले भने तत्काल वार्तामा नबस्ने बताए । उनले भने, ‘वार्ता समिति गठन हुनु ठूलो कुरा होइन, मुख्य कुरा संविधान संशोधन कसरी गर्ने, पुनर्लेखन गर्ने की परिवर्तन गर्ने भन्ने हो ।’

कांग्रेस एमाले र एमाओवादीको सोमबार विहान बसेको बैठकले मोर्चासँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ छन् ।

समितिले सोमबारै असन्तुष्ट मधेस केन्द्रित दलसँग वार्ता समेत सुरु गरिसकेको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् ।

तर, बीबीसी नेपाली सेवासँगको कुराकानीमा अध्यक्ष यादवले मोर्चालाई सहमतिमा ल्याउन भनेर गठन गरिएको वार्ता समितिको अर्थ नभएको बताए ।

यादवले विगतमा सरकारसँग भएका ८ बुँदे र २२ बुँदे सहमति कार्यान्वयन गरेमा, तराई–मधेसमा आन्दोलन चर्किएपछि परिचालित सशस्त्र प्रहरी फिर्ता गरेमा वार्ताको वातावरण बन्ने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending