Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

मौसमविद्हरुको सुझाव : ‘दुई दिन राजमार्ग बन्द गर्नु नै उचित’

खबरडबली संवाददाता

काठमाडौं । दशैंको रमाइलोसँगै देशभर मौसम क्रमशः बिग्रिँदै गएको छ। विशेषगरी शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले बाढी र पहिरोको उच्च जोखिम निम्त्याउन सक्ने भन्दै मौसमविद्हरुले संवेदनशील क्षेत्रमा राजमार्ग नै बन्द गर्नुपर्ने सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार, भारतको उडिसा आसपासमा विकसित मौसमी प्रणाली शनिबार बिहानदेखि बिहार हुँदै नेपाल प्रवेश गर्नेछ। यसले वीरगञ्ज, जनकपुर, बुटवल–भैरहवा, चितवन, मकवानपुर, काठमाडौं हुँदै गोरखा र तनहुँसम्म भारी वर्षा गराउने आँकलन छ।

त्रिभुवन विश्वविद्यालयका मौसमविद् डा. विनोद पोखरेलका अनुसार दशैंको भीडभाडसँगै यात्रुहरूको चाप बढ्ने भएकाले जोखिमपूर्ण राजमार्ग बन्द गरिदिनु नै जनजीवन सुरक्षित गर्ने उपाय हो। उनले भने, “चितवन, मकवानपुर, काठमाडौं, काभ्रे जस्ता क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। यात्रुहरूको ज्यान जोखिममा पार्नु भन्दा दुई दिन सडक बन्द गर्नु नै उचित हुन्छ।”

काठमाडौं उपत्यकाभित्रकै सडकसमेत जोखिममा पर्न सक्ने भएकाले उपत्यका आवतजावत नियन्त्रण गर्नुपर्ने विज्ञहरूको सुझाव छ। विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले भने, “राजमार्ग मात्रै होइन, अत्यधिक वर्षा हुँदा काठमाडौंका होचो भूभाग डुबानमा पर्न सक्छन्। त्यसैले उपत्यकाभित्रै पनि अत्यावश्यक कामबाहेक यात्रा नगर्नुपर्छ।”

बागमती, हनुमन्ते, धोबीखोला, नख्खु र विष्णुमती किनारका बस्ती उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ।

यसैबीच, बीपी राजमार्ग, कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको सवारीसाधन चलाउन प्रशासनले रोक लगाइसकेको छ।

मौसमविद्हरुका अनुसार आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा भई सोमबारदेखि क्रमशः सुधार हुने अनुमान गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending