मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार, भारतको उडिसा आसपासमा विकसित मौसमी प्रणाली शनिबार बिहानदेखि बिहार हुँदै नेपाल प्रवेश गर्नेछ। यसले वीरगञ्ज, जनकपुर, बुटवल–भैरहवा, चितवन, मकवानपुर, काठमाडौं हुँदै गोरखा र तनहुँसम्म भारी वर्षा गराउने आँकलन छ।
त्रिभुवन विश्वविद्यालयका मौसमविद् डा. विनोद पोखरेलका अनुसार दशैंको भीडभाडसँगै यात्रुहरूको चाप बढ्ने भएकाले जोखिमपूर्ण राजमार्ग बन्द गरिदिनु नै जनजीवन सुरक्षित गर्ने उपाय हो। उनले भने, “चितवन, मकवानपुर, काठमाडौं, काभ्रे जस्ता क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। यात्रुहरूको ज्यान जोखिममा पार्नु भन्दा दुई दिन सडक बन्द गर्नु नै उचित हुन्छ।”
काठमाडौं उपत्यकाभित्रकै सडकसमेत जोखिममा पर्न सक्ने भएकाले उपत्यका आवतजावत नियन्त्रण गर्नुपर्ने विज्ञहरूको सुझाव छ। विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले भने, “राजमार्ग मात्रै होइन, अत्यधिक वर्षा हुँदा काठमाडौंका होचो भूभाग डुबानमा पर्न सक्छन्। त्यसैले उपत्यकाभित्रै पनि अत्यावश्यक कामबाहेक यात्रा नगर्नुपर्छ।”
बागमती, हनुमन्ते, धोबीखोला, नख्खु र विष्णुमती किनारका बस्ती उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ।
यसैबीच, बीपी राजमार्ग, कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको सवारीसाधन चलाउन प्रशासनले रोक लगाइसकेको छ।
मौसमविद्हरुका अनुसार आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा भई सोमबारदेखि क्रमशः सुधार हुने अनुमान गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: