Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

इलाममा बाढी–पहिरोको वितण्डा : दुई जनाको मृत्यु, १५ भन्दा बढी बेपत्ता

खबरडबली संवाददाता

इलाम । अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। शनिबार साँझदेखि निरन्तर परेको वर्षाले जिल्लाभरका बस्तीहरू जोखिममा परेका छन्। अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता छन्।

इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर माथिबाट खसेको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको हो। त्यही घरका तीन जना अझै बेपत्ता छन्। घाइते दुई जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

माइजोगमाईमा पाँच सदस्यीय परिवार बेपत्ता

इलामको माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन्। स्थानीयका अनुसार रातिदेखि लगातार पहिरो खसिरहेकाले सम्पर्क विहीन भएका हुन्।
सुरक्षाकर्मी र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेका छन्।

मांसेबुंगमा पुल बगायो, पाँच जना हराए

मांसेबुंग गाउँपालिका–१ मा बाढीले पुल बगाएको छ। सोही क्षेत्रमा पहिरोले घर पुरिँदा पाँच जना हराएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
त्यहाँका बासिन्दा सुरक्षित स्थानतर्फ सारिँदै छन्।

सन्दकपुरमा आमा–छोरी बेपत्ता

त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन्। लगातारको वर्षाले गाउँका धेरै घरहरू जोखिममा परेका छन्।

उद्धारमा सेना, प्रहरी र स्थानीय

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लाभरका विभिन्न स्थानबाट बाढी र पहिरोको क्षतिको खबर आइरहेका छन्। “अहिले पनि धेरै ठाउँमा प्रहरी पुग्न बाँकी छ,” उनले भनिन्, “बेपत्ता र मृतकको आधिकारिक संख्या अझै संकलन भइरहेको छ।”
पानी रोकिएसँगै उद्धार कार्य तीव्र पारिएको जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले बताए।

स्थलगत समस्या र चुनौती

इलामका पहाडी भूभागमा वर्षेनी यस्ता घटना दोहोरिँदै आएका छन्। अव्यवस्थित बसोबास, कमजोर भू–संरचना र सडक कटानले जोखिम झन् बढाएको स्थानीयको गुनासो छ।मांसेबुंगका एक स्थानीय युवाले भने, “हामी हरेक वर्ष घर भत्किन्छ, बाटो बग्छ, मान्छे हराउँछन् — तर समाधान कहिल्यै आउँदैन।”

विभागका अनुसार हाल इलाम र आसपासका क्षेत्रमा वर्षा केही घटेको छ तर पहिरोको जोखिम अझै कायम छ। स्थानीय प्रशासनले नदी किनार र पहाडमाथिका बस्तीलाई सतर्क रहन अनुरोध गरेको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्वालटारको प्रतीक्षालयमा ८० वर्षीय वृद्ध मृत फेला

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...

सरकार बनेको डेढ महिना, बजेट खर्च ३ प्रतिशत पनि नाघेन

मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न

समानुपातिक सूचीमा असन्तुष्टि उत्कर्षमा : उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ नाघ्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...

तीन तोलाको औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या, २३ वर्षीय सदधाम मन्सुर पक्राउ

ललितपुर  । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...

निर्वाचन बहिष्कारको दबाब बढ्दै : भोलि उपत्यका बन्द, जुलुसकै दिन तीन दर्जन पक्राउ

काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक : प्रेम, धोका र पीडाको मर्मस्पर्शी कथा

काठमाडौँ  । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...

कांग्रेसमा एकता कायम गर्न देउवाको वार्ता प्रयास

‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’

मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यम बरालका तीन नयाँ गीत

काठमाडौं ।  गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...

दबाब र विवादबीच कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति बैठक

‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’

पार्टी एकताको संदेश: रामहरि खतिवडाद्वारा कांग्रेसभित्र विभाजन रोक्न अपिल

‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending