Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतले नाकाबन्दी गरेपछि सरकारले गुहार्यो अन्तराष्ट्रिय समुदाय

काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीबाट समस्या परेको भन्दै नेपाल सरकारले अन्तराष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गरेको छ । कुटनीतिक नियोगका प्रतिनिधि र विकास साझेदार मुलुकका प्रतिनिधिहरुलाई एकै ठाउँ भेला गरेर सरकारले सहयोग मागेको हो ।

\"ramsaranअर्थमन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले छिमेकी देश भारतको असहयोगका कारण नेपाललाई परेको समस्याबारे अवगत गराएका थिए ।

उनले नेपालको संविधानमा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित केही दलहरुले आन्दोलन गरेको र सोही आन्दोलनलाई कारण देखाउँदै भारतले आपूर्ति रोकेको बताए । डा. महतले भने, ‘अहिले समस्या निकै गम्भिर बनेको छ । भारतले आपूर्ति रोक्दा इन्धन, उद्योग, व्यापारलगायत सबै क्षेत्र प्रभावित भएको छ ।’

भारतले सहयोग रोके पनि अन्य अन्तराष्ट्रिय समुदाय र दाता निकायले समस्या समाधानको पहल गरिदिनेमा नेपाल सरकार आशावादी रहेको मन्त्री महतले बताए ।

उनले नयाँ संविधान ९० प्रतिशत भन्दा धेरैको समर्थनबाट जारी भएको, संविधानमा आन्दोलनरत पक्षको माग सम्वोधन गर्न शीर्ष नेताहरु तयार भैसकेको लगायतका विषयमा ब्रिफिङ गरेका थिए ।

हालै जारी भएको संविधानमा समावेश भएका महत्वपूर्ण विषयहरुबारे मन्त्री महतले बाचन गरेर कार्यक्रममा सहभागीहरुलाई सुनाएका थिए ।

उनले आन्दोलनका क्रममा कैलालीको टीकापुरमा सुरक्षाकर्मीको निर्मम तरिकाले हत्या भएपछि बाध्य भएर सेना परिचालन गरिएको र हाल स्थिति सामान्य भैसकेपछि ब्यारेक फर्किसकेको अवगत समेत गराएका थिए ।

कार्यक्रममा सहभागी कुटनीतिक नियोग र दातृ निकायका प्रतिनिधिहरुले आपसी छलफलबाट आन्तरिक समस्या सुल्झाउन नेपाल सरकारलाई आग्रह गरेका थिए । उनीहरुले नेपाललाई सहयोग गर्न आफुहरु तयार रहेको समेत बताएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending