Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नाकाबन्दी खोल्न चिनियाँ राष्ट्रपति जिनपिङले भारतीय प्रधानमन्त्री मोदीलाई दबाब दिने

\"xinpingwithmodi\"काठमाडौं । एक सातादेखि नेपालमा लगाइएको अघोषित नाकाबन्दी खोल्न उत्तरी छिमेकी चीनले भारतलाई दबाब दिएको छ ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ चीनले संयुक्त राष्ट्रसंघको महासभामा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति असन्तुष्टि व्यक्त गरेको हो भने चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साइडलाइन भेटवार्तामा पनि नाकाबन्दीबारे छलफल गर्ने जानकारी चिनियाँ राजदूत ऊ चुन्ताईले दिए। चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदी दुवै राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा छन्।   एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा सोमबार बिहान निम्त्याइएका चिनियाँ राजदूत ऊले भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका विषयमा चीनले संयुक्त राष्ट्रसंघमा कुरा उठाएको र आफ्ना राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीसँगको साइडलाइन बैठकमा यसबारे छलफल गर्ने जानकारी प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष प्रचण्डलाई गराएका हुन्।   \'नेपालमाथि भारतले लगाएको आर्थिक नाकाबन्दीबारे हाम्रातर्फबाट संयुक्त राष्ट्रसंघमा विषय उठाइएको छ । राष्ट्रपति सीले पनि भारतीय प्रधानमन्त्रीसँग साइडलाइन वार्तामा त्यसबारे छलफल गर्नुहुन्छु, राजदूत ऊले आफूसँग व्यक्त गरेको भनाइ उद्धृत गर्दै प्रचण्डले आफ्ना सहयोगी नेतासँग पार्टी केन्द्रीय कार्यालयमा भने।   तीन महिनाअघि भएको बेइजिङ भ्रमणका क्रममा पनि चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीको नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक समझदारी विकास गरेर अगाडि बढ्नेबारे छलफल भएको थियो। प्रचण्डका एक सहयोगी नेताका अनुसार भारतले लगाएको आर्थिक नाकाबन्दी खोल्न उनले कूटनीतिक पहललाई तीव्रता दिएका छन्।   चीन, भारत र संयुक्त राष्ट्रसंघमा पनि नेपालमाथि भारतले लगाएको नाकाबन्दी अन्त्य गराउन अध्यक्ष दाहालले कूटनीतिक पहल गरिरहेको उनका स्वकीय सचिव चूडामणि खड्काले बताए । ‘संविधान निर्माणपछि आएको जटिलता र भारतले लगाएको अघोषित नाकाबन्दीले दैनिक जीवनमा पारेको प्रभावबारे अध्यक्षले चिनियाँ राजदूतसँग छलफल गर्नुभएको हो’ खड्काले भने। प्रचण्डले तातोपानी र रसुवागढी नाकालाई छिटो सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि राजदूत ऊसँग छलफल गरेका छन्। स्रोतका अनुसार चीनले छिटोभन्दा छिटो तातोपानी र रसुवागढी नाका सञ्चालन गर्ने र भारतीय आर्थिक नाकाबन्दीले पारेको प्रभाव कम गर्न आफ्नातर्फबाट आपूर्ति बढाउने आश्वासन नेताहरूलाई दिएको छ। संविधानसभाबाट ९० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी पारित भएको संविधानलाई चीनले स्वागत गरेकोमा दाहालले राजदूत ऊमार्फत चीन सरकारलाई धन्यवाद दिएको खड्काले बताए। भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले तीन घन्टाभित्र आर्थिक नाकाबन्दी खुल्ने जानकारी दिए पनि अहिलेसम्म नखुलेकोमा प्रचण्डलेले चिन्ता व्यक्त गरेका छन् । ‘भारतीय प्रधानमन्त्रीका राइट ह्यान्डसँग पनि कुराकानी भएको छ। मैले कुरा गर्दा सायद मोदी पनि त्यहीं हुनुहुन्थ्यो। उहाँले मलाई तीन घन्टाभित्र नाकाबन्दी खुल्छ भन्नुभएको थियो तर धेरै घन्टा भइसक्यो अझै खुलेको छैनु, दाहालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा भनेका थिए। स्रोतका अनुसार दाहालले डोभलसँग आइतबार बिहान कुराकानी गरेका हुन्। बैठकमा दाहालले नाकाबन्दी खुलाउन भारतसँग कूटनीतिक पहल भइरहेको उल्लेख गर्दै उत्ताउलो व्यवहार नदेखाउन नेतालाई सचेत गराएको एक मधेसी नेताले बताए।   \'आर्थिक नाकाबन्दीसम्म आउँदा यो भारतीय हस्तक्षेप नै हो। हाम्राबारे कतिपय भ्रमपूर्ण कुरा पनि भारत सरकारसमक्ष पुर्‍याइएका छन्। त्यसलाई हामीले चिर्न सक्नुपर्छ\', ती नेताले दाहालको भनाइ उद्धृत गर्दै भने, \'घरको झगडालाई घरभित्रै मिलाउन संविधान संशोधनको प्रक्रिया अगाडि बढाइँदैछ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending