Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

राष्ट्रपतिको राजीनामामा तघारो

\"Rambaran_Yadav\"काठमाडौं । नयाँ संविधानले पहिलो संसद् बसेको एक महिनाभित्रै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख सबैले अलगअलग चरणमा राजीनामा गर्नुपर्ने व्यवस्था गरे पनि कानुनको अभावमा यसको कार्यान्वयनबारे अनेक अड्कलबाजी हुन थालेका छन्।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानअनुसार संसद्को शुक्रबार बस्ने बैठकको सुरुमै राजीनामा दिने घोषणा गरे पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखबाट त्यो प्रतिबद्धता आएको छैन । कानुनको अभावमा उक्त संवैधानिक व्यवस्था लागू गर्ने अवस्था नरहेको विज्ञ बताउँछन्। संसद्को अधिवेशन सुरु हुन तीन दिनमात्र बाँकी रहे पनि यो विषयलाई कसरी निकास दिने भन्नेबारे प्रमुख दलहरूबीच खासै गृहकार्य भएको छैन। तीन दलबीच भएको सहमतिअनुसार संसद्को बैठक जारी रहेको अवस्थामा सात दिनभित्र र नभएको अवस्थामा १४ दिनभित्र नयाँ प्रधानमन्त्री चयन गर्ने, सभामुख र उपसभामुखको चयन २० दिनभित्र तथा राष्ट्रपति र उपराष्ट्रपतिको चयन एक महिनाभित्रै हुनैपर्ने प्रावधान छ। कानुनमन्त्री नरहरि आचार्यले प्रधानमन्त्रीले शुक्रबार संसद् बसेपछि आफ्ना बारेमा निर्णय लिने जानकारी दिए। संविधानमा उल्लेख भएअनुसार र प्रमुख दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको राजीनामाका लागि व्यवस्था गर्न रूपान्तरित संसद्को नियमावली बनिसकेको छैन। अपूरो संवैधानिक व्यवस्थाले गर्दा स्वतः मार्गप्रशस्त गर्नेबाहेक ती पदमा नयाँ चयनको अर्को व्यवस्था नहुने विज्ञ बताउँछन्।रूपान्तरित संसद् नियमावलीबारे जिज्ञासामा कानुनमन्त्री आचार्यले भने, ‘यसबारे संसद्को शुक्रबार बस्ने बैठकले केही सोच्ने नै छ। रूपान्तरित संसदीय नियमावली संसद्को चिन्ताको विषय हो। उसले राष्ट्रपति, उपराष्ट्रपतिबारेसमेत सम्बोधन हुनसक्ने गरी नियमावली ल्याउने प्रक्रिया र विधि मिलाउन सक्छ, मिलाउनुपर्छ।ु संविधान घोषणा भएको १२ औं दिन १५ गते शुक्रबार अपराह्न १ बजे बस्ने संसद्को बैठकअघि नै, बैठकपछि वा दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधान र दलहरूबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्री पदबाट राजीनामा दिने सोचाइ बनाएको जानकारी बालुवाटार स्रोतले दिएको छ। प्रधानमन्त्रीले राजीनामा दिएपछि सहमतिको सरकार गठनका लागि सात दिनको म्याद दिइने र त्यस अवधिभित्र संविधानसभामा रहेका ३१ दलबीच सहमति हुन नसके बहुमतको प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट सभामुखलाई पत्राचार गर्ने प्रावधान संविधानमा उल्लेख छ। प्रधानमन्त्रीको राजीनामा र चयनका लागि संविधान र संसदीय नियमावली प्रस्ट रहे पनि राष्ट्रपति र उपराष्ट्रपतिको राजीनामा र चयनका लागि त्यसअनुसारको संसदीय नियमावली छैन । राष्ट्रपति र उपराष्ट्रपतिले संविधानको व्यवस्था स्वीकार गरेर राजीनामा गरेनन् भने तत्कालै ती पद खाली गराउन नसकिने स्रोत बताउँछ । रूपान्तरित संसद्को नियमावलीबिना प्रधानमन्त्रीकै चुनाव गर्नसमेत अप्ठ्यारो हुन्छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending