Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अन्तर्राष्ट्रिय कानुन मिचेर नाकाबन्दी

काठमाडाैं । अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विपक्षीय कानुन, सन्धि–सम्झौता उल्लंघन गर्दै भारतले नेपालमाथि नाकाबन्दी लगाएको छ । भूपरिवेष्ठित मुलुकले समुद्रसम्म जान पाउने वैधानिक र कानुनी अधिकारमाथि बन्देज लगाउँदै भारतले नाकाबन्दी गराएको अन्तर्राष्ट्रिय कानुनका विज्ञहरूले बताएका छन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– भूपरिवेष्ठित देशले पाउनुपर्ने अन्तर्राष्ट्रिय अधिकार नियतवश उपलब्ध नगराएको वा रोक लगाएको अवस्थामा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गराउन सकिने उनीहरूको भनाइ छ । नेपालमाथिको नाकाबन्दीका क्रममा भारतले सन् १९६५ मा भएको भियना सन्धि उल्लंघन गरेको छ । सन् १९८२ मा भएको सामुद्रिक कानुनले भूपरिवेष्ठित देशका लागि समुद्रसम्म पुग्ने र व्यापारिक कानुनी अधिकार दिएको छ । विश्वका ४५ वटा भूपरिवेष्ठित देशले उक्त कानुनी अधिकार प्राप्त गरेका छन् । उक्त कानुनी अधिकारअनुसार समुद्रसम्म जाने अधिकार भूपरिवेष्ठित देशलाई छ र तटीय देशले निर्वाध बाटो उपयोग गर्न दिनुपर्ने हुन्छ ।
पूर्वमहान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानुनविज्ञ प्रा.डा.युवराज संग्रौलाका अनुसार नेपालले भूपरिवेष्ठित देशको हैसियतले पाउने एउटा अधिकार र अर्को द्विपक्षीय रूपमा भएका सन्धि–सम्झौताअनुसार समुद्रसम्म जान पाउने अधिकार भारतले खोसेको छ । ‘भारतले भियना सन्धि, सामुद्रिक कानुन, डब्लुटिओ कानुनलगायत नेपालले भारतसँग गरेका द्विपक्षीय पारवहन र वाणिज्य सन्धिको उल्लंघन गरेको छ,’ प्रा.डा. संग्रौलाले नयाँ पत्रिकासँग भने ।
सन् १९८२ मा राष्ट्रसंघले पारित गरेको समुद्रसम्बन्धी सन्धिले भूपरिवेष्ठित देशका लागि केही विशेष अधिकार उपलब्ध गराएको छ । त्यो उपभोग गर्ने सन्दर्भमा चीन र भारतले नेपाललाई सहयोग गर्न मात्रै सक्छन्, अवरोध गर्न पाउँदैनन् । ‘सन्धिले प्रस्ट भनेको भूपरिवेष्ठित मुलुकले आफ्नो बाटो भएर समुद्रसँग जोडिएको देशसम्म निर्वाध रूपमा जान पाउनेछ र त्यसो गर्दा समुद्रसँग जोडिएको तटीय देशले भूपरिवेष्ठित देशलाई कुनै प्रकारका कर लगाउन मिल्दैन,’ संग्रौलाले भने ।
भूपरिवेष्ठित मुलुकलाई नाकाबन्दी नगरिने भएकाले यो अत्यन्त घृणित कार्य भएको कानुनविद् डा. विपिन अधिकारी बताउँछन् । ‘आपराधिक मुलुक भनेर दर्ज भएको अवस्थामा मात्रै राष्ट्रसंघको मानवतामुखी हस्तक्षेप गर्न सकिने प्रचलन छ, तर भारतले नेपालको सन्दर्भमा केही पनि उजुरी गरेको छैन,’ अधिकारीले नयाँ पत्रिकासँग भने । राष्ट्रसंघले गर्ने हस्तक्षेप गर्न पनि अन्तर्राष्ट्रिय रूपमा उक्त देशविरुद्ध उजुरी परेको हुनुपर्छ । साथै, अन्तर्राष्ट्रिय कानुन र सन्धिअनुसार तटीय मुलुकले भूपरिवेष्ठित देशलाई निर्वाध रूपमा आवागमन गर्न चाहिने सबै प्रकारका सुविधा उपलब्ध गराउनुपर्छ । अझ सामुद्रिक कानुनका अनुसार भूपरिवेष्ठित देशले उपयोग गर्ने तटीय देशभित्रको बाटो बनाइदिने तटीय देशको दायित्व हुन्छ ।
के छ अन्तर्राष्ट्रिय कानुनमा ?
भारतको नाकाबन्दीले अन्तर्राष्ट्रिय र द्विपक्षीय कानुन तथा सन्धि–सम्झौताको घोर उल्लंघन भएको छ । यसरी अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरी नाकाबन्दी गर्नु सार्वभौम मुलुकमाथि गरिएको भौतिक आक्रमणसरह हुने कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले बताए । ‘संयुक्त राष्ट्रसंघको सामुद्रिक महासन्धि, भियना महासन्धि, एसिया हाइवे सम्झौताहरूविपरीतसमेत भएकाले अन्तर्राष्ट्रिय न्यायालयमा जान सक्ने हैसियत, अधिकार र नैतिक बल नेपालसँग छ ।’
सन् १९७३ मा जमैकाको मोन्टेगो वेमा सम्पन्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनले १९८२ मा एक सय ६५ देशको उपस्थितिमा महासन्धि पारित गरेको थियो । उक्त महासन्धिमा नेपाल र भारतले पनि हस्ताक्षर गरेकाले दुवै देश पक्ष राष्ट्रका रूपमा रहेका छन् । सन्धिको भाग १० को धारा १२४ देखि धारा १३२ सम्म भूपरिवेष्ठित राष्ट्रहरूको समुद्रसम्म निर्वाध आवागमनको अधिकारबारे उल्लेख गरिएको छ । धारा १२५ उपधारा १ मा सामुद्रिक स्वतन्त्रताको अधिकार र मानव मात्रको साझा सम्पदाको उपभोग गर्नेलगायतका यो सन्धिद्वारा प्रदत्त अधिकारको उपभोगका प्रयोजनका लागि भूपरिवेष्ठित राष्ट्रहरूलाई समुद्रसम्मको निर्वाध पारवहनको अधिकार हुनेछ भनेर व्यवस्था गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending