Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

काेशीमा बाढी–पहिरो पीडितलाई सरकारले बनाइदिने

खबरडबली संवाददाता

काठमाडौँ । कोशी प्रदेश सरकारले हालैका बाढी–पहिरोबाट भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विस्थापित सबै परिवारका घर सरकारकै पहलमा निर्माण गरिने निर्णय गरेको हो ।

बैठकले सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र मोरङका घरहरूको पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने निर्णय गरेको छ । परिषद् बैठकले प्रभावित घरहरूको विस्तृत विवरण संकलन गर्दै निर्माण कार्यलाई समानान्तर रूपमा अघि बढाउने पनि तय गरेको छ ।

यस्तै, इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्नका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । राहत र पुनर्स्थापनाका लागि इलाम जिल्लामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई समन्वयको जिम्मेवारी दिइएको छ । सो टोलीले स्थलगत निरीक्षण गर्दै पुनर्निर्माण कार्यलाई तीव्रता दिनेछ ।

सुनसरी जिल्लाको समन्वय जिम्मेवारी वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले वहन गर्नेछन् । त्यस्तै, झापा जिल्लाको पुनर्निर्माण तथा समन्वय कार्य खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई तोकिएको छ ।

बैठकले चालु आर्थिक वर्षका खर्च र योजनाहरू समीक्षा गरी आवश्यक परेमा कटौती गरेर पुनर्निर्माणमा बजेट पुनः विनियोजन गर्न प्रदेश सरकारलाई सिफारिस गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयलाई सबै खालका सडक र आवागमन मार्गहरू तत्काल खोल्न आफ्ना संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ ।

मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहत कार्यमा कुनै कसर बाँकी नराखी तीव्र गतिमा अघि बढ्न सबै निकायलाई निर्देशन दिएका छन् । बैठकले सम्पूर्ण नागरिक, उद्योगी–व्यवसायी, अधिकारकर्मी, राजनीतिक दल, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई विपद् प्रभावित क्षेत्रका लागि सक्दो सहयोग गर्न आह्वान गर्ने निर्णय पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख कमल थापाले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: