इस्लामाबाद । इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सिआरएसएस) ले जारी गरेको नयाँ प्रतिवेदन अनुसार पाकिस्तानमा पछिल्लो तीन महिनामा आतङ्कवादी आक्रमण र सैन्य कारबाहीमा तीव्र वृद्धि भएपछि कम्तीमा ९०१ जनाको मृत्यु भएको छ ।
प्रतिवेदनमा भनिएको छ कि जुलाईदेखि सेप्टेम्बरसम्म ३२९ हिंसाका घटनामा ९०१ जनाको मृत्यु र ५९९ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । यो अघिल्लो तीन महिनाको तुलनामा ४६ प्रतिशतभन्दा बढी हो ।
यस वर्ष अहिलेसम्म पाकिस्तानमा दुई हजार ४१४ जनाको मृत्यु भइसकेको छ । यो गत वर्षको सम्पूर्ण वार्षिक मृत्युभन्दा लगभग बराबर छ । सन् २०२५ मा अझै तीन महिना बाँकी रहेका कारण विज्ञहरूले यसलाई एक दशकमा सबैभन्दा घातक वर्षहरूमध्ये एक बन्न सक्ने भविष्यवाणी गरेका छन् ।
प्रतिवेदनले हिंसाको ढाँचामा पनि परिवर्तन देखाएको छ । गत वर्ष अधिकांश मृत्यु आतङ्कवादी आक्रमणका कारण भएका थिए । तर यस वर्ष आधाभन्दा बढी मृत्यु सेना र प्रहरीको कारबाहीबाट भएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको कुल मृत्युमध्ये ५७ प्रतिशत आतङ्कवादी, २४ प्रतिशत नागरिक र १८ प्रतिशत सुरक्षाकर्मी रहेका छन् ।
खैबर पख्तुनख्वा (केपी) र बलुचिस्तान प्रान्तले देशमा भएको हिंसाको ठूलो हिस्सा भोगेका छन् । केपीमा ६३८ जनाको मृत्यु भएको छ । त्यहाँ २०० भन्दा बढी हिंसाका घटना भएका थिए । बलुचिस्तानमा कुल २३० जनाको मृत्यु भएको छ, जसमा अधिकांश पाकिस्तानी सैन्य कारबाहीका कारण भएको हो । सिन्ध प्रान्तमा पनि हिंसामा वृद्धि देखिएको छ । अघिल्लो अवधिमा आठ जनाको मृत्यु भएकोमा यस पटक २१ जनाको मृत्यु भएको छ ।
नागरिक मृत्युको सङ्ख्या बढ्दो छ । गत हप्ता खैबर पख्तुनख्वाको तिराह उपत्यकामा पाकिस्तानी वायुसेनाको आक्रमणमा महिला र बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।
पाकिस्तान प्रशासित जम्मू–काश्मीरमा भ्रष्टाचार र खराब जीवन अवस्थाको विरोधमा प्रदर्शन गर्दा कम्तीमा १० प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबार सिन्धको शिकारपुर जिल्लामा रेल ट्र्याकमा भएको विस्फोटमा सात जना घाइते भए, जसले जाफर एक्सप्रेसका चार कोच लिकबाट खसाएको छ ।
प्रतिवेदन अनुसार आतङ्कवादीहरूले सबैभन्दा धेरै मृत्युको सामना गरे पनि अधिकांश आक्रमणमा नागरिकहरू मुख्य लक्ष्य थिए । एक सय २३ आक्रमण सर्वसाधारणलाई, १०६ सुरक्षा फौजलाई र करिब १०० आतङ्कवादीलाई लक्षित गरिएको थियो । सुरक्षाकर्मीमा २०९ र आतङ्कवादीमा ३५ को तुलनामा ३५५ जना सर्वसाधारण घाइते भएका छन् ।
सिआरएसएसको प्रतिवेदनले पाकिस्तानको बिग्रँदै गएको सुरक्षा अवस्थाको गम्भीर चित्रण गरेको छ । यदि हालको प्रवृत्ति यस्तै रह्यो भने सन् २०२५ एक दशकमा पाकिस्तानको सबैभन्दा घातक वर्षहरूमध्ये एक बन्न सक्ने सम्भावना छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: