Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब

खबरडबली संवाददाता

लन्डन । युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि आक्रमण तीव्र पार्दै आएको छ । अगस्टको सुरुदेखि मात्रै ३० भन्दा बढी आक्रमण । आक्रमणको उद्देश्य मस्कोको युद्ध वित्तपोषण क्षमतालाई कमजोर पार्नु रहेको छ ।

रुस विश्वको तेस्रो ठूलो तेल उत्पादक र दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता हो । अक्सफोर्ड इन्स्टिच्युट फर एनर्जी स्टडिजका अनुसार सन् २०२४ मा तेल र ग्यासबाट प्राप्त आम्दानीले रुसको कुल बजेटको करिब ३० प्रतिशत हिस्सा ओगटेको थियो ।

ऊर्जा अनुसन्धान समूह क्ललरका विश्लेषक होमायुन फालक्षाहीका अनुसार किएभको आक्रमण अहिले ‘धेरै प्रभावकारी’ देखिएको छ, जसले रूसी रिफाइनरी उत्पादन दर करिब १० प्रतिशतले घटाएको छ ।

अभावको जोखिम देखिँदै मस्कोले पेट्रोलियम उत्पादनहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ र पेट्रोल निर्यातमाथिको रोकथाम विस्तार गरेको छ । रुसको रिफाइनरी उत्पादन सेप्टेम्बरको मध्यसम्म दैनिक ४९ लाख ब्यारेलमा झरेको छ । ऊर्जा विश्लेषक जानिव शाहका अनुसार यो सन् २०२५ को पहिलो छ महिनाको तुलनामा करिब चार लाख ब्यारेल कम हो ।

यसले रूसी कच्चा तेल र परिष्कृत उत्पादनहरूको मूल्यबीचको अन्तरलाई उल्लेखनीय रूपमा बढाएको छ । पम्पमा पेट्रोलको मूल्यमा परेको असर रूसी उपभोक्ताले पहिले नै महसुस गरिरहेका छन् । रोसस्टाटका तथ्याङ्कअनुसार सेप्टेम्बर १ सम्म खुद्रा पेट्रोलको मूल्य सन् २०२४ को अन्त्यको तुलनामा ६।७ प्रतिशतले बढिसकेको छ । यद्यपि सोही अवधिमा कच्चा तेलको मूल्य घटेको थियो ।

क्षतिग्रस्त तेल पूर्वाधारहरू पुनः सञ्चालनमा ल्याउन ‘लामो समय’ लाग्ने सम्भावना रहेकाले विश्लेषक शाहका अनुसार दीर्घकालमा रुसको स्थिति झनै बिग्रन सक्छ ।

तेलको विश्वव्यापी मूल्य घट्दै गएको र बजारले आगामी महिनाहरूमा आपूर्ति प्रचुर मात्रामा हुने अपेक्षा गरेको समयमा यस्तो भइरहको छ । एसईबी बैंकका विश्लेषक बार्ने सिल्ड्रपले भने, “युक्रेनले रूसी रिफाइनरीहरूमा आक्रमण क्षमतामा सुधार गर्दै जाँदा स्थिति अझ गम्भीर बन्दै जाने सम्भावना छ ।” साथै उनले रूसी तेल निर्यात बन्द र घरेलु रेशनिङ (प्रत्येक व्यक्तिलाई निश्चित मात्रामा (वस्तु) मात्र राख्न दिइने अनुमति) को सुरुआत हुन सक्ने पनि चेतावनी दिए ।

अमेरिकाका लागि युक्रेनका दूत किथ केलगले युक्रेनले अमेरिकी हतियार प्रयोग गरेर रुसमाथि लामो दूरीका आक्रमण गर्न सक्ने सङ्केत दिएका छन् ।

रुसले केही तेल निर्यात पुनःमार्ग निर्धारण गर्न खोजे पनि यसले कठिन लजिस्टिक समस्या भोगिरहेको छ । साथै, यसको कच्चा तेल खरिद गर्न इच्छुक देशहरूको सङ्ख्या सीमित हुँदै गएको छ ।

सरे क्लिन एनर्जी कन्सल्टेन्सीका निर्देशक आदि इमसिरोभिकका अनुसार मस्कोमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अहिलेसम्म अपेक्षित प्रभाव पार्न सकेका छैनन् । “केही प्रतिबन्ध ढिलो कार्यान्वयन भएकाले राष्ट्रपति भ्लादिमिर पुटिनले समानान्तर व्यापार प्रणाली निर्माण गर्न पर्याप्त समय पाउनुभयो”, उनले भने ।

यसैबीच, वासिङ्टनले भारतका केही उत्पादनमा भन्सार शुल्क दोब्बर बनाउँदा पनि भारतको रूसी तेल खरिदमा खासै कमी आएको छैन । अर्कोतर्फ, पश्चिमी तेल कम्पनीहरू फिर्ता भएपछि रुसमा ऊर्जा पूर्वाधारमा लगानी घट्दै गएको छ, जसले निकट भविष्यमा उत्पादन क्षमतामा बाधा पुर्‍याउने देखिन्छ ।

फालशााहीका अनुसार हाल रुसले दैनिक करिब ९२ लाख ५० हजार मिलियन ब्यारेल तेल उत्पादन गरिरहेको छ । यो युद्धअघि रहेको लगभग एक करोड ब्यारेल प्रतिदिन (एमबिपिडी) को तुलनामा कम हो । हाल यसको अधिकतम उत्पादन क्षमता ९४ लाख ५० हजार एमबिपिडीमा सीमित छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending