लन्डन । युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि आक्रमण तीव्र पार्दै आएको छ । अगस्टको सुरुदेखि मात्रै ३० भन्दा बढी आक्रमण । आक्रमणको उद्देश्य मस्कोको युद्ध वित्तपोषण क्षमतालाई कमजोर पार्नु रहेको छ ।
रुस विश्वको तेस्रो ठूलो तेल उत्पादक र दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता हो । अक्सफोर्ड इन्स्टिच्युट फर एनर्जी स्टडिजका अनुसार सन् २०२४ मा तेल र ग्यासबाट प्राप्त आम्दानीले रुसको कुल बजेटको करिब ३० प्रतिशत हिस्सा ओगटेको थियो ।
ऊर्जा अनुसन्धान समूह क्ललरका विश्लेषक होमायुन फालक्षाहीका अनुसार किएभको आक्रमण अहिले ‘धेरै प्रभावकारी’ देखिएको छ, जसले रूसी रिफाइनरी उत्पादन दर करिब १० प्रतिशतले घटाएको छ ।
अभावको जोखिम देखिँदै मस्कोले पेट्रोलियम उत्पादनहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ र पेट्रोल निर्यातमाथिको रोकथाम विस्तार गरेको छ । रुसको रिफाइनरी उत्पादन सेप्टेम्बरको मध्यसम्म दैनिक ४९ लाख ब्यारेलमा झरेको छ । ऊर्जा विश्लेषक जानिव शाहका अनुसार यो सन् २०२५ को पहिलो छ महिनाको तुलनामा करिब चार लाख ब्यारेल कम हो ।
यसले रूसी कच्चा तेल र परिष्कृत उत्पादनहरूको मूल्यबीचको अन्तरलाई उल्लेखनीय रूपमा बढाएको छ । पम्पमा पेट्रोलको मूल्यमा परेको असर रूसी उपभोक्ताले पहिले नै महसुस गरिरहेका छन् । रोसस्टाटका तथ्याङ्कअनुसार सेप्टेम्बर १ सम्म खुद्रा पेट्रोलको मूल्य सन् २०२४ को अन्त्यको तुलनामा ६।७ प्रतिशतले बढिसकेको छ । यद्यपि सोही अवधिमा कच्चा तेलको मूल्य घटेको थियो ।
क्षतिग्रस्त तेल पूर्वाधारहरू पुनः सञ्चालनमा ल्याउन ‘लामो समय’ लाग्ने सम्भावना रहेकाले विश्लेषक शाहका अनुसार दीर्घकालमा रुसको स्थिति झनै बिग्रन सक्छ ।
तेलको विश्वव्यापी मूल्य घट्दै गएको र बजारले आगामी महिनाहरूमा आपूर्ति प्रचुर मात्रामा हुने अपेक्षा गरेको समयमा यस्तो भइरहको छ । एसईबी बैंकका विश्लेषक बार्ने सिल्ड्रपले भने, “युक्रेनले रूसी रिफाइनरीहरूमा आक्रमण क्षमतामा सुधार गर्दै जाँदा स्थिति अझ गम्भीर बन्दै जाने सम्भावना छ ।” साथै उनले रूसी तेल निर्यात बन्द र घरेलु रेशनिङ (प्रत्येक व्यक्तिलाई निश्चित मात्रामा (वस्तु) मात्र राख्न दिइने अनुमति) को सुरुआत हुन सक्ने पनि चेतावनी दिए ।
अमेरिकाका लागि युक्रेनका दूत किथ केलगले युक्रेनले अमेरिकी हतियार प्रयोग गरेर रुसमाथि लामो दूरीका आक्रमण गर्न सक्ने सङ्केत दिएका छन् ।
रुसले केही तेल निर्यात पुनःमार्ग निर्धारण गर्न खोजे पनि यसले कठिन लजिस्टिक समस्या भोगिरहेको छ । साथै, यसको कच्चा तेल खरिद गर्न इच्छुक देशहरूको सङ्ख्या सीमित हुँदै गएको छ ।
सरे क्लिन एनर्जी कन्सल्टेन्सीका निर्देशक आदि इमसिरोभिकका अनुसार मस्कोमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अहिलेसम्म अपेक्षित प्रभाव पार्न सकेका छैनन् । “केही प्रतिबन्ध ढिलो कार्यान्वयन भएकाले राष्ट्रपति भ्लादिमिर पुटिनले समानान्तर व्यापार प्रणाली निर्माण गर्न पर्याप्त समय पाउनुभयो”, उनले भने ।
यसैबीच, वासिङ्टनले भारतका केही उत्पादनमा भन्सार शुल्क दोब्बर बनाउँदा पनि भारतको रूसी तेल खरिदमा खासै कमी आएको छैन । अर्कोतर्फ, पश्चिमी तेल कम्पनीहरू फिर्ता भएपछि रुसमा ऊर्जा पूर्वाधारमा लगानी घट्दै गएको छ, जसले निकट भविष्यमा उत्पादन क्षमतामा बाधा पुर्याउने देखिन्छ ।
फालशााहीका अनुसार हाल रुसले दैनिक करिब ९२ लाख ५० हजार मिलियन ब्यारेल तेल उत्पादन गरिरहेको छ । यो युद्धअघि रहेको लगभग एक करोड ब्यारेल प्रतिदिन (एमबिपिडी) को तुलनामा कम हो । हाल यसको अधिकतम उत्पादन क्षमता ९४ लाख ५० हजार एमबिपिडीमा सीमित छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: