सल्यान । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शारदा नगरपालिका–९, ज्वालापुरबाट थापाचौरतर्फ विवाहका लागि जन्ती लैजाँदै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप दिउँसो अनियन्त्रित भई करिब २०० मिटर तल खसेको छ । जिपमा सवार ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरी र स्थानीयवासीको सहकार्यमा उद्धार गरिएका घाइतेहरूलाई जिल्ला अस्पताल सल्यान लगेर उपचार सुरु गरिएको छ ।
प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार गुमी कवर (६० वर्ष, शारदा नपा–१०) – टाउको, छाती र ढाडमा गम्भीर चोट रहेको छ । त्यस्तै, शोभा कवर (१४ वर्ष) पेट, कम्मर र दायाँ खुट्टामा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।
मध्यम घाइतेमा हरिकला कवर (१४ वर्ष) को दाहिने खुट्टा भाँचिएको, कमला गिरी (२० वर्ष, दुलही) नाक, पेट र ढाडमा चोट लागेको छ । यस्तै, सामान्य घाइतेहरूमा प्रविन कवर (१८ वर्ष) बायाँ हातमा चोट, रेनुका कवर (१४ वर्ष) दायाँ हातमा भित्री चोट, हेमराज कवर (१७ वर्ष) ढाडमा चोट, कुमारी बुढाथोकी (२६ वर्ष) छातीमा चोट रहेको छ ।
त्यस्तै, प्रमिला गिरी (४२ वर्ष) टाउको र घाँटीमा चोट छ । चेतराम गिरी (२४ वर्ष, दुलाहा)– पेटमा चोट लागेको छ । बिमला गिरी (१५ वर्ष) बायाँ खुट्टामा चोट, रुपराल गिरी (३३ वर्ष) – टाउकोमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेमबहादुर केसीले दुर्घटनाको कारण सवारी अनियन्त्रित भई सडकबाट तल खस्नुभएको अनुमान गरिएको बताए । उनका अनुसार चालक हरिबहादुर बुढा फरार रहेको र उनको खोजी जारी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: