बेलग्रेड । महिनौँको ढिलाइपछि सर्बियाको रूसी स्वामित्वमा रहेको एनआइएस तेल कम्पनीमाथि बिहीबारदेखि अमेरिकी प्रतिबन्ध औपचारिकरूपमा लागु भएको छ । यो कम्पनी देशको एक मात्र रिफाइनरी सञ्चालन गर्ने प्रमुख एकाइ हो ।
सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रूसी ऊर्जा क्षेत्रमाथि नियन्त्रण कडाइ गर्न अमेरिकाले सर्बियाको पेट्रोलियम उद्योग एनआइएसलाई यस वर्षको जनवरीमा नै प्रतिबन्धको सूचीमा राखेको थियो । तर उक्त निर्णय कार्यान्वयनमा केही समय ढिलाइ भएको थियो ।
कम्पनीका अनुसार बिहीबार बिहान ६ बजेदेखि अमेरिकी अर्थ मन्त्रालयले दिएको विशेष इजाजतपत्रको म्याद सकिएपछि प्रतिबन्ध पूर्णरूपमा लागु भएको हो । एनआइएसले भनेको छ, “हामी यो अवस्थाबाट पार पाउन प्रयासरत छौँ र अमेरिकी अर्थ मन्त्रालयसँग मिलेर प्रतिबन्ध सूचीबाट हट्ने पहल गर्दैछौँ ।” कम्पनीले हालका लागि प्रशोधनका लागि पर्याप्त कच्चा तेल भण्डारण भएको र पेट्रोल पम्पमा सबै प्रकारका इन्धन उपलब्ध रहेको स्पष्ट पारेको छ ।
राष्ट्रपति अलेक्सान्डर भुसिकले सोमबार चेतावनी दिँदै प्रतिबन्धले गम्भीर असर पार्ने बताएका थिए । उनका अनुसार यसको सबैभन्दा पहिले असर बैङ्किङ क्षेत्रमा देखिने छ । उनले भनेका थिए, “संसारमा कुनै पनि बैँक अमेरिकाको प्रतिबन्ध उल्लङ्घन गर्ने जोखिम लिन तयार हुँदैन ।” एनआइएसका अनुसार अब सर्बियाभित्रका पेट्रोल पम्पले घरेलु कार्ड र नगद मात्र स्वीकार गर्ने छन् । विदेशी भुक्तानी कार्डले ‘काम गर्न बन्द गर्ने’ अपेक्षा गरिएको छ ।
राष्ट्रपति भुसिकले कम्पनीको भविष्यबारे रुसका सेयरधनीको सम्भावित विनिवेशबारे पनि वार्ता भइरहेको जानकारी दिए । बेलग्रेडका अर्थशास्त्री गोरान रादोसाभलजेभिकका अनुसार एनआइएसले सर्बियाको करिब ८० प्रतिशत डिजेल र पेट्रोल आपूर्ति गर्ने भएकाले प्रतिबन्धको असर व्यापक हुन सक्छ । उनले चेतावनी दिए, “यसले वित्तीय क्षेत्रदेखि कृषि र एयर सर्बियाको जेट इन्धन आपूर्तिसम्म असर पुर्याउन सक्छ ।”
उनका अनुसार वित्तीय संस्थाले एनआइएससँग सबै कारोबार र सहयोग तुरुन्तै रोक्नुपर्ने छ, अन्यथा प्रतिबन्धित निकायसँग कारोबार गरेको बैँकको सूचीमा पर्ने जोखिम रहन्छ । रादोसाभलजेभिकका अनुसार सम्भावित समाधानका रूपमा कम्पनीबाट रूसी स्वामित्वको पूर्ण निकास विचार गर्न सकिन्छ, तर यो ‘अत्यन्त कठिन’ छ । उनले भने, “रुस आफ्नो सेयर बेच्न चाहँदैन । यद्यपि एनआइएस गाजप्रोमको राजस्वको सानो अंश हो, यसको राजनीतिक महत्त्व निकै ठुलो छ ।”
पश्चिमी दबाबका बाबजुद सर्बियाले मस्कोसँगको घनिष्ठ सम्बन्ध कायम राख्दै आएको छ । युरोपेली सङ्घ (इयु) मा सदस्यता खोजिरहे पनि सर्बियाले अझैसम्म रूसविरुद्ध प्रतिबन्ध लगाएको छैन । सर्बिया रूसी ग्यासमा अत्यधिक निर्भर रहेको छ । सन् २०२२ को वसन्तमा हस्ताक्षर गरिएको ग्यास आपूर्ति सम्झौता सकिन लागेकाले नयाँ सम्झौताका लागि वार्ता भइरहेको सरकारी स्रोतले जनाएको छ । हाल एनआइएसमा गाजप्रोम नेफ्टको ४५ प्रतिशत स्वामित्व छ, सर्बिया सरकारले करिब ३० प्रतिशत हिस्सा ओगटेको छ र बाँकी सेयर अल्पसङ्ख्यक लगानीकर्ताको स्वामित्वमा छ । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: