Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

माओवादीमा प्रचण्ड कमरेडको विकल्प छैन: मात्रिका यादव

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता मात्रिका यादवले पार्टी नेतृत्वमा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को विकल्प सोच्न पनि नसकिने बताएका छन् । एभरेष्ट दैनिकसँगको कुराकानीका क्रममा नेता यादवले पार्टी नेतृत्वका लागि संयोजक प्रचण्डको विकल्प नै नभएको बताए । 

पार्टीभित्र लोकप्रियता हासिल गर्नेहरूको त्रासित मानसिकताको उपजले नेतृत्वको बारेमा बेलाबेला प्रश्न उठाइने गरेकोमा दुःख व्यक्त गर्दै यादवले भने, "अहिले जुन किसिमले हावामा बग्ने प्रवृत्ति छ, त्यो हाम्रो पार्टीमा पनि देखिएको छ । यो केवल लोकप्रियता हासिल गर्ने त्रासित मानसिकताको उपज हो । जो असक्षम छ, जसले विचार नै दिन सक्दैन, जो क्रियाशील हुन सक्दैन, जसका कारणले पार्टीमा समस्या भएको छ—त्यस्ता मानिसहरू हट्दै जाँदा पनि पार्टीमा कुनै अर्थ रहँदैन ।"

नेतृत्वका लागि विचार, क्रियाशीलता र त्यसको कार्यान्वयन गर्ने क्षमताका आधार हुने भन्दै यादवले उमेरका आधारमा हेर्न नमिल्ने बताए । उनले भने, "उमेरको हिसाबले हेर्न मिल्दैन । सक्रियता, आँट, साहसको कुरा हेर्नुपर्छ । युवा हुँदैमा सक्षम हुने र उमेर बढ्दा असक्षम हुने हुँदैन । अध्यक्षको अहिलेको सक्रियता पार्टीमा सबैभन्दा अगाडि छ । यो त पुष्टि भइसकेको कुरा हो नि । कमरेड प्रचण्ड भन्दा अरु नेताहरु कसरी सही विकल्प हुन् ? "

नेता यादवले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उमेरले परिपक्व व्यक्तिलाई नै नेतृत्वमा ल्याइएको कुरा स्मरण गरे । उनले भने, "हाम्रो अध्यक्ष त जम्मा ७१ वर्षमा लाग्नु भएको छ । चीनका राष्ट्रपति ७२ वर्षका, अमेरिकाका राष्ट्रपति ७९ वर्षका, भारतका प्रधानमन्त्री ७५ वर्षका र रुसी राष्ट्रपति ७२ वर्षकै हुनुहुन्छ । जेनजीको आन्दोलन भए पनि हेर्नुस् त, अहिलेको प्रधानमन्त्री त हाम्रो प्रचण्ड कमरेडभन्दा दुई वर्ष बढीको हुनुहुन्छ नि । त्यसैले उमेरले होइन, राजनीतिक सक्रियता र विचारलाई आधार बनाएर नेतृत्वको विषयमा बहस हुनुपर्छ ।"

पार्टीका संयोजक प्रचण्डको सक्रियताले अहिले मुलुकमा प्रतिगमनकारी शक्ति सफल नभएको बताउँदै नेता यादवले पार्टीभित्र परिवर्तनविरोधी विसर्जनवादी शक्ति सक्रिय भएको आरोप लगाए । उनले भने, "पार्टी अध्यक्षको रूपमा जसरी पहल लिनुभयो, त्यसले नै प्रतिगमनकारी शक्ति सफल नभएका हुन् । संविधान जोगाउन र परिवर्तनका उपलब्धिहरू रक्षामा पार्टी नेतृत्वले लिएको पहल उदाहरणीय छ । सबै पार्टीले शिक्षा लिनुपर्ने गरी नेतृत्व अप्ठ्यारो बेलामा सक्रिय भएर लागेको छ । शारीरिक र वैचारिक रूपमा युवाहरूले समेत प्रतिस्पर्धा गर्न सक्दैनन् । यस्तो बेलामा नेतृत्वका बारेमा विसर्जनवादीहरूले विभिन्न प्रश्न उठाएका छन्, जसको कुनै अर्थ छैन ।"

बेलाबेला नेपालमा मौसमी अर्थात् बजारीया हल्ला आउने भन्दै नेता यादवले अहिले नेतृत्वका विषयमा पनि यस्तै हल्ला गरिएको बताए । उनले भने, "नेपालमा बेलाबेला मौसमी अर्थात् बजारीया हल्लाहरू आउने गरेका छन् । त्यही हल्लाको पछि दौडिएर लोकप्रिय बन्न खोज्ने प्रवृत्ति हाम्रो पार्टीमा पनि छ । क्रान्तिकारी धार त्यो प्रवृत्तिको विरोधमा उभिन्छ । त्यस्ता प्रवृत्ति सफल पनि हुँदैनन् ।"

अहिलेको परिस्थितिमा पार्टी नेतृत्वलाई सहयोग गर्नुपर्नेमा असहयोग भइरहेको भन्दै नेता यादवले अब जनयुद्धको समयमा जस्तै एकीकृत हुनुपर्नेमा जोड दिए । उनले भने, "नेतृत्वलाई विभिन्न प्रकारका खतरा छन्, उहाँले प्राप्त उपलब्धि रक्षाका लागि रूपान्तरणसहितको एकताको कुरा गर्नुभएको छ । सबैले नेतृत्वलाई साथ दिनुपर्नेमा अप्ठ्यारो पार्ने काम सह्य हुँदैन । जनयुद्धको समयमा जस्तै नेतृत्वमा एकाकार भएर अगाडि बढ्छौँ । सुधारको कुरा नेतृत्वदेखि तलसम्म हुनुपर्छ । "

नेपालको विकास र नेपाली जनताको चाहनाअनुसारको सुशासन, आर्थिक तथा सामाजिक क्रान्तिका बाँकी काम पूरा गर्न अहिलेको नेतृत्वको विकल्प नभएकोमा नेता यादवले जोड दिए । साभार: एभरेष्ट दैनिक डटकमबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: