Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

युरोपका मौरी र पुतलीको अस्तित्व सङ्कटमा : आइयुसिएन

खबरडबली संवाददाता
युराेप । युरोपका जङ्गली परागणकर्ताको अस्तित्व गम्भीर जोखिममा परेको प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) ले चेतावनी दिएको छ । उक्त सङ्घले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा दर्जनौँ मौरी र पुतलीका प्रजातिहरू खतराको सूचीमा पुगेको बताइएको छ ।
 
युरोपका लगभग सबै फूल फुल्ने बोटबिरुवा जङ्गली परागणकर्ता, विशेष गरी मौरीमा निर्भर छन् । तर बास स्थानको क्षति, कीटनाशकको अत्यधिक प्रयोग र जलवायु परिवर्तनका कारण यी महत्वपूर्ण प्रजाति लोप हुने सङ्कटमा पुगेका हुन् । प्राकृतिक विश्वको अवस्थाबारे अहिलेसम्मको सबैभन्दा व्यापक मूल्याङ्कनका क्रममा आइयुसिएनले करिब एक सयवटा नयाँ मौरी प्रजातिलाई पनि खतरामा परेको सूचीमा समावेश गरेको छ ।
 
सन् २०१४ मा ७७ मौरी प्रजाति जोखिममा थिए भने हाल एक हजार ९२८ प्रजातिमध्ये कम्तीमा १७२ जङ्गली मौरी लोप हुने खतरा रहेको जनाइएको छ । “जङ्गली मौरीको सङ्ख्या तीव्ररूपमा घटिरहेको छ र तिनलाई व्यवस्थापित मौरी उपनिवेशले सजिलै प्रतिस्थापन गर्न सक्दैनन्”, युनिभर्सिटी अफ मोन्सका अनुसन्धानकर्ता डेनिस मिचेजले भने, “यदि जङ्गली मौरीहरू हराए भने, धेरै जङ्गली बोटबिरुवा पनि नष्ट हुनेछन्ज-समा सुन्दर फूलले भरिएका घाँसेमैदान र दुर्लभ अर्किड प्रजाति पनि समावेश छन् ।”
 
मूल्याङ्कनले पछिल्लो दशकमा खतरामा परेका युरोपेली पुतली प्रजातिको सङ्ख्या ७६ प्रतिशतले बढेको पनि देखाएको छ । युरोपका लागि अद्वितीय मानिएका पुतली प्रजातिको ४० प्रतिशतभन्दा बढी अहिले खतरामा परेको वा नजिक पुगेको सूचीमा छन् । पोर्चुगलको मडेइरा टापुमा मात्र पाइने मडेइरान ठूलो सेतो पुतली अब विलुप्त भएको आधिकारिकरूपमा पुष्टि गरिएको छ ।
 
आइयुसिएनका महानिर्देशक ग्रेथेल एगुइलरले भने, “मौरी र पुतली केवल सौन्दर्यका प्रतीक मात्र होइनन्, तिनीहरू हाम्रो स्वास्थ्य, खाद्य प्रणाली र अर्थतन्त्रका लागि जीवनरेखा हुन् । ती नै हाम्रो फलफूल, तरकारी र बिउको उत्पादन कायम राख्ने मुख्य आधार हुन् ।” हाल युरोपका ९० प्रतिशतसम्म फूल फुल्ने बोटबिरुवा कीट परागणमा निर्भर छन्, जसमा पाँच मध्ये चार वटा बाली र जङ्गली फूलका प्रजाति समावेश छन् ।
 
आवासको क्षतिले जङ्गली मौरी र पुतलीको अस्तित्वमा सबैभन्दा ठूलो खतरा पुर्याइरहेको आइयुसिएनले जनाएको छ । खेतीपाती र वन विस्तारले फूलले भरिएका घाँसेमैदान जस्ता परागणकर्ताका लागि महत्वपूर्ण क्षेत्र नष्ट गरिरहेका छन् । मल र कीटनाशकको अत्यधिक प्रयोगले फूलको विविधता घटाउँदै परागण गर्ने कीटहरुको जनसङ्ख्या र व्यवहार्यतामा नकारात्मक असर पारिरहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।
 
जलवायु परिवर्तनले अहिले युरोपका आधाभन्दा बढी खतरामा परेका पुतली प्रजातिलाई असर पुर्याइरहेको छ । लामो खडेरी र बढ्दो डढेलोले तिनीहरूको बासस्थान नष्ट गरिरहेको छ, जसको पुनः स्थापना वर्षौं लाग्ने बताइएको छ । मौरीमा तापक्रम वृद्धिको असर मिश्रित देखिएको छ-चिसो वातावरणमा अनुकूलित बम्बल मौरी पीडित भइरहेका छन् ।
 
तातो वातावरणमा फस्टाउने बढई मौरीले तुलनात्मकरूपमा फाइदा उठाइरहेका छन् । आइयुसिएनले युरोपेली सरकार र विश्व समुदायलाई मौरी तथा परागणकर्ताको संरक्षणका लागि तत्काल ठोस कदम चाल्न आह्वान गरेको छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा ३१ जना नेपालमा कार्यरत समावेश

ललितपुर । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष...

जेनजी आन्दोलनमा आगजनीमा संलग्न मकवानपुरमा पाँच जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँ...

सरकार–प्रसाईं समूह छलफल: आन्दोलन शान्तिपूर्ण गर्ने, दल दर्ता गरेर चुनावमा जाने

काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’बीच बुधबार सिंहदरबारमा वार्ता भएको छ । गृह ...

एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसः विश्वव्यापी सर्वेक्षणको निष्कर्ष

पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज ग...

चुनावी तयारीको ६० प्रतिशत काम सम्पन्न: निर्वाचन आयाेग

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीमध्ये करिब ६० प्रतिशत काम सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाध...

जावलाखेलस्थित सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबा...

एमाले दम्भ र अहङ्कारले भत्किएको घर हाे: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्...

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

काठमाडौं । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठम...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

मनिला । फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बुधबा...

बेमाैसमी वर्षाका कारण धान उत्पादनमा ३ लाख मेट्रिक टनले कमी आउने

काठमाडौं । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending