Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एकसय पचास चेपाङले नयाँ घर पाउँने

चितवन, सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा चितवनका १५० चेपाङ परिवारलाई नयाँ घर बनाइ दिने भएको छ । घर निर्माण हुने भएपछि शक्तिखोर–७ भोर्लाघारीकी पार्वती चेपाङ निक्कै खुसी छन् । उनले भनिन–‘झुप्रोमा बसे थ्यो, अब घर पाउने भो, राम्रो लाछ’ –पार्वतीले भनिन्– ‘अब हाम्लाई कमाउने बाटो पनि दिनुपर्‍यो ।’ चितवनको शक्तिखोर गाविसमा फारम भर्न आइपुग्नुभएकी पार्वतीसँगै दलवहादुर चेपाङ पनि चेपाङले घर पाउने भएपछि खुसी छन् । आयआर्जनका कार्यक्रम नहुँदा उनीहरु बर्सेनि भोकमरीमा पर्ने गर्छन् । घर निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले जनाएको छ । २०६७ सालदेखि जिल्लाका गरिब चेपाङ परिवारलाई छनोट गरी सरकारले नयाँ घर दिँदै आएको छ । अहिलेसम्म यहाँ छ सय भन्दा बढी घर निर्माण भइसकेको कार्यालयले जनाएको छ । यो वर्ष चितवनको कविलास, पिप्ले, कोराक, शक्तिखोर, लोथर, सिद्धिलगायत गाविसमा नयाँ घर निर्माण गरिने छ । उक्त घरका लागि जनता आवास कार्यक्रममार्फत प्रत्येक घर डेढ लाख रुपैयाँ सहयोग आउने गरेको छ । १० हजारभन्दा बढी घरधनीले नै श्रमदान गर्नुपर्छ । शौचालयका लागि थप १० हजार दिइने छ । सबै घर भूकम्प प्रतिरोधात्मक हुन्छन् । यो वर्ष शक्तिखोर गाविसमा मात्रै १९ वटा घर बन्न लागेको छ । यसअघि सय घर यहाँ बनिसकेका छन् । कहिले सम्म घरका लागि एक सय १७ जनाले निवेदन दिएकामा गरिब छानेर १९ जनाको छनोट भएको शक्तिखोर गाविसका कार्यालय सहायक भीमबहादुर चेपाङले बताए । फागुन दोस्रो साता छनोट भएका उनीहरुको फारम आइसकेको र अब काम सुरु हुने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending