Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

एकसाता भित्रै चीनसँगको केरुङ नाका खुलिसक्ने

\"kerung\"काठमाडौं । एकसाता भित्रै रसुवागढीको केरुङ नाका खोल्ने लक्ष्यका साथ चीनले काम अगाडी बढाएको छ । नेपालले संविधानसभाबाट नयाँ संविधान जारी गरे सँगै असन्तुष्ट बनेको भारतले अघोषित नाकाबन्दी लगाएसँगै नेपालमा पेट्रोलियम पर्दाथ लगाएत अन्य वस्तुहरुको आयात ठप्प भए सँगै सरकारले चीनतर्फको नाका खुलाउनका लगाी कुटनितिक पहल गरेपछि एक साता भित्र केरुङ नाका खुलाउन चीन तयर भएको हो । गत वैशाखको विनशकारी भुकम्पका कारण गएको पहिरोका कारण उत्तर तिरको छिमेकी राष्ट्र चीनसँगको तातोपानी र रसुवा नाका अवरुद्ध छ भारतिय नाकाबन्दीकोे विकल्प खोज्नु पर्ने र सरकारले चीनसँगको उत्तरी नाका रसुवागढी र तातोपानी नाका तत्काल खुलाउन पहल गर्नुपर्ने आवाज उठेपछि  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार काठमाडौंमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई भेटेर उत्तरका नाका खोल्न आग्रह गरेका थिए। जवाफमा ऊले नेपालका लागि आवश्यक जुनसुकै सहयोग गर्न चीन तयार रहेको प्रतिक्रिया दिएका थिए। ५२ वर्षअघि निर्माण गरिएको तिब्बतको केरुङ सुक्खा बन्दरगाहको पुनरुत्थानसँगै रसुवागढी अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालनमा आएको चार महिनापछि भूकम्पका कारण बन्द भएको थियो । नेपाल तर्फ खासै धेरै अवरोध नभएको कारण बाटोमा रहेको पहिरो ३ दिनमा हटाइसक्ने र एक साता भित्र नाका सञ्चालन गरिसक्ने चीनको योजना रहेको छ । त्यस्तै चीनसँगको अर्को तातोपानी नाका पनि छिट्टै खुलाउने चीनीयाँ पक्षले जनाएको छ । रसुवागढी नाका व्यवस्थित गर्न सके भारतले दुःख दिन खोजे चीनबाट अत्यावश्यक वस्तु आपूर्ति गर्न सजिलो हुनेछ । चीनको सिगात्से आइपुगेको रेलमार्ग सन् २०२० भित्रै रसुवागढीबाट ३५ किलोमिटर परको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ। उक्त रेलमार्ग रसुवागढी हुँदै नेपालसम्म जोड्ने बेइजिङको योजना छ। उक्त योजनाले मूर्त रुपले लिए भारतको दादागिरीबाट  सर्वसाधारण नेपाली प्रताडित हुन नपर्ने बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending