काठमाडौँ । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको अभियुक्त रहेको भेटिएको छ । शाही विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
श्रीकृष्ण फुयाँलले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो । महाराजगञ्ज वृत्तले शाहीलाई उपस्थित गराइदिन भन्दै २०८२ वैशाख ३० मा वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको थियो ।
विभागले उनलाई ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेर विभागमा दर्ता भएको मुद्दा टुङ्ग्याएर उनलाई प्रहरीमा उपस्थित गराइएको थियो ।
प्रहरी वृत्त महाराजगञ्जमा दर्ता भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त उनी ३० हजार धरौटी बुझाएर छुटेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । उनी विरुद्ध प्रहरी वृत्त बौद्धले पनि बैंकिङ कसुर मुद्दा चलाएको थियो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।
उक्त टोलीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग समेत गरेको छ । उनको टिमले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै थुत्ने अभिव्यक्ति दिएको समेत भिडियो फुटेजमा देखिन्छ ।
त्यसपछि प्राइभेटहरूलाई मात्रै फोकस गर्ने नेपाल वायु सेवा निगम किन घाटामा, किन सरकारी जहाज छैनन् जस्ता प्रश्न गर्छन् । जहाज किन्ने आफ्नो क्षेत्राधिकार नै नभएको अधिकारीले सम्झाउँछन् ।
संसदीय छानबिन समितिले १५ अर्ब घोटाला गरेको भनेर किटान गर्दा पनि एक्लै च्यालेन्ज गरेर बस्ने भन्दै शाही धम्क्याउने शैलीमा प्रस्तुत हुन्छन् । प्रमाण ल्याओस् म सजाय भोग्न तयार हु भन्दै अधिकारीले प्रतिवाद गरेको भिडिओमा सुनिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: