काठमाडौँ । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको अभियुक्त रहेको भेटिएको छ । शाही विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
श्रीकृष्ण फुयाँलले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो । महाराजगञ्ज वृत्तले शाहीलाई उपस्थित गराइदिन भन्दै २०८२ वैशाख ३० मा वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको थियो ।
विभागले उनलाई ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेर विभागमा दर्ता भएको मुद्दा टुङ्ग्याएर उनलाई प्रहरीमा उपस्थित गराइएको थियो ।
प्रहरी वृत्त महाराजगञ्जमा दर्ता भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त उनी ३० हजार धरौटी बुझाएर छुटेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । उनी विरुद्ध प्रहरी वृत्त बौद्धले पनि बैंकिङ कसुर मुद्दा चलाएको थियो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।
उक्त टोलीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग समेत गरेको छ । उनको टिमले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै थुत्ने अभिव्यक्ति दिएको समेत भिडियो फुटेजमा देखिन्छ ।
त्यसपछि प्राइभेटहरूलाई मात्रै फोकस गर्ने नेपाल वायु सेवा निगम किन घाटामा, किन सरकारी जहाज छैनन् जस्ता प्रश्न गर्छन् । जहाज किन्ने आफ्नो क्षेत्राधिकार नै नभएको अधिकारीले सम्झाउँछन् ।
संसदीय छानबिन समितिले १५ अर्ब घोटाला गरेको भनेर किटान गर्दा पनि एक्लै च्यालेन्ज गरेर बस्ने भन्दै शाही धम्क्याउने शैलीमा प्रस्तुत हुन्छन् । प्रमाण ल्याओस् म सजाय भोग्न तयार हु भन्दै अधिकारीले प्रतिवाद गरेको भिडिओमा सुनिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - १७:४२
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...
फाल्गुन ६ गते, २०८२ - १७:०४
धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् । बुधवार धनगढीमा आयोज...
फाल्गुन ६ गते, २०८२ - १६:५३
ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेक...
फाल्गुन ६ गते, २०८२ - १६:४७
काठमाडौँ । नेपाली कांग्रेस ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी सभापति गगन...
फाल्गुन ६ गते, २०८२ - १६:३४
बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ । ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ...
फाल्गुन ६ गते, २०८२ - १६:१९
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्। ...
फाल्गुन ६ गते, २०८२ - १६:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...
फाल्गुन ६ गते, २०८२ - १५:५५
काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...
फाल्गुन ६ गते, २०८२ - १५:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...
फाल्गुन ६ गते, २०८२ - १५:२२
सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...



प्रतिकृया लेख्नुहोस्: