Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

ओलीको छायाँभित्र बढ्दै असहमतिको स्वर

खबरडबली संवाददाता

काठमाडौं।  नेकपा (एमाले) भित्र फेरि एकपटक नेतृत्व र निर्णय प्रक्रियाप्रतिको असन्तोष मुखरित हुन थालेको छ। ललितपुरमा सम्पन्न केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंहको अभिव्यक्तिले त्यही असन्तोषको संकेत गरेको छ।

सिंहले बैठकमा स्पष्ट रूपमा भने  “आफैंले दुई–दुई पटक संसद् विघटन गर्ने, र अहिले पुनःस्थापनाको माग गर्ने? यो त हास्यास्पद कुरा हो।” उनी ओलीको शैली र राजनीतिक निर्णयप्रति प्रश्न उठाउने साहस देखाउने विरलामध्येका एक हुन्।

एमालेमा यस्ता सिधा प्रश्नहरू हालका वर्षमा सार्वजनिक रूपमा उठ्न छोडेका थिए। तर सिंहको बोलीले पार्टीभित्र लुकेर बसिरहेको असहमतिको स्वर फेरि सतहमा ल्याएको छ।

असहमतिको पुनरागमन

एमाले अध्यक्ष केपी शर्मा ओली दशकौंदेखि दलभित्र निर्विवाद शक्तिको रूपमा स्थापित छन्। निर्णयहरू केन्द्रित छन् उनीमाथि। तर पछिल्ला केही घटनाक्रमले त्यस एकछत्र प्रभावमा दरार परेको देखिन्छ। पार्टीभित्रका कतिपय नेताहरू ओलीको शैलीप्रति असन्तुष्ट छन्—तर खुलेर बोल्ने डर अझै बाँकी छ।

अरविन्द सिंहको कुरा त्यस सन्दर्भमा प्रतीकात्मक छ। उनले ओलीलाई व्यक्तिगत रूपमा मात्र होइन, संस्थागत उत्तरदायित्वका सन्दर्भमा पनि प्रश्न गरेका छन्। “पार्टीलाई पुनःस्थापनाको मागमा उभ्याउनु त्यो पनि आफूले नै संसद् विघटन गरेको इतिहास बिर्सेर कसरी सम्भव हुन्छ?”

उनको प्रश्नमा केबल व्यङ्ग्य छैन, त्यसमा उत्तरदायित्व र निरन्तरताको प्रश्न पनि छ।

ओलीको निर्णय शैली र आलोचना

केपी ओलीको नेतृत्व शैली सधैं निर्णायक, कहिलेकाहीँ त एकछत्र भनेर व्याख्या गरिन्छ।
उनले २०७७ मा दुईपटक संसद् विघटन गरे, जसको प्रत्यक्ष परिणामस्वरूप एमाले पार्टीमा विभाजन भयो।

पछिल्लो समय भने उनी पुनः एमालेलाई एकतामा बाँध्ने प्रयासमा छन्। तर सिंहजस्ता नेताहरूको दृष्टिमा, अतीतको जिम्मेवारी नलिएर पुनःस्थापनाको कुरा गर्नु आत्मविरोध हो।

पार्टीभित्र धेरैलाई लागेको छ। ओली अझै पनि “स्वीकृत नेतृत्व” त हुन्, तर “साझा नेतृत्व” बन्न सकेका छैनन्। त्यसैले अहिलेको बहस केपी ओलीको प्रस्तावभन्दा बढी उनको राजनीतिक शैलीको पुनर्मूल्यांकन हो।

मौन नेताहरूका  फुस्किन थालेका शब्द

एमालेमा आन्तरिक असहमति नयाँ कुरा होइन। तर यस्ता आवाजहरू प्रायः बन्द ढोकाभित्र सीमित रहँदै आएका छन्। अहिले सिंहको अभिव्यक्ति सार्वजनिक बनेपछि धेरै नेताहरूको मौनता अर्थपूर्ण भएको छ।

कतिपय नेताहरूको भनाइमा, “एमाले अहिले विचारभन्दा बढी व्यक्तिपरक चरणमा अड्किएको छ। त्यहाँ आलोचनालाई सहजै स्वीकार्ने संस्कार छैन।” तर, पार्टीभित्रका नयाँ पुस्ताका केही सदस्यहरू यसलाई अवसरका रूपमा पनि हेर्छन्। उनीहरूका अनुसार “यदि अब पनि पार्टीभित्र असहमतिको आवाजलाई दबाइयो भने, त्यो भविष्यमा विस्फोटको रूप लिन सक्छ।”

एमालेको आगामी दिशानिर्देशमा प्रभाव

एमाले अहिले आन्तरिक समीक्षाको क्रममा छ। पार्टी पुनःसंरचना, स्थानीय तहसम्म सशक्त बनाउने कार्ययोजना, र आगामी निर्वाचनको तयारी—यी सबै विषयमा चर्चा चलिरहेका छन्।
तर, सिंहजस्ता नेताहरूले उठाएको प्रश्नले पार्टीभित्रको नैतिक र वैचारिक विमर्शलाई केन्द्रमा ल्याइदिएको छ।

कसैले सोध्न सक्छ सिंह एक व्यक्ति हुन्, उनी बोलेर के फरक पर्छ?  तर, इतिहास भन्छ पार्टीहरू भित्रका असहमतिको स्वर प्रायः यस्तै एक–दुई व्यक्ति हुँदै व्यापक बन्दै गएका छन्।

अन्ततः ओलीका लागि सन्देश

अरविन्द सिंहको टिप्पणीले एमाले नेतृत्वलाई एउटा ठ्याक्कै सन्देश दिएको छ । अब ‘अघिल्लो गल्ती’ नस्वीकारिकन नयाँ दिशा खोज्नु सम्भव छैन। ओलीले चाहें पार्टीभित्रको आलोचनालाई अवसरका रूपमा लिनेछन् भने त्यो नेतृत्वको परिपक्वता हुनेछ।

तर, यदि यस्तो आवाजलाई फेरि ‘अवज्ञा’ भनेर खारेज गरियो भने, एमाले भित्रको मौनता फेरि विस्फोट बन्ने संकेत आजै देखिन थालेको छ।

एमालेको केन्द्रीय समितिको बैठकले केवल संगठनात्मक एजेन्डा होइन, नेतृत्व शैलीको पनि परीक्षण गरिरहेको छ। सिंहजस्ता नेताहरूले उठाएको प्रश्नले पार्टीभित्रको आलोचना संस्कार पुनःजागृत गरेको छ। 
र, अब त्यो आवाजलाई कसरी सम्बोधन गर्छन् त्यो नै तय गर्नेछ,  के ओली नेतृत्व अझै अडिग रहन्छ कि असहमतिको स्वरले नयाँ बाटो खोल्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending