Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

फूलले रंगिएको रुपन्देही : किसान उत्साहित, उत्पादन र कारोबार दुवै बढे तर माग धान्न अझै मुस्किल

खबरडबली संवाददाता

बुटवल । तिहारको रौनक नजिकिँदै जाँदा रुपन्देहीका खेतबारी सुनौलो र बैजनी रंगले सजिएका छन्। सयपत्रीको पहेँलो चमक र मखमलीको बैजनी रङले खेतबारी मात्र होइन, किसानका अनुहारमा पनि खुशीको झल्को ल्याएको छ।

बुटवलदेखि तिलोत्तमा र देवदहसम्म फैलिएका बारीहरू अहिले फूलको बास्नाले मुग्ध छन्। बिहानको हिउँदो घामसँगै फूल टिप्ने र माला उन्ने महिलाको व्यस्तता हेर्दा लाग्छ— यो चाड किसानका लागि मात्र होइन, परिश्रमको पर्व पनि हो।

परिवर्तनको रंग : निराशाबाट उत्साहसम्म

केही वर्षअघिसम्म भारतीय फूलको प्रभुत्वका कारण स्थानीय किसानहरू निराश हुन्थे। बजार नपाएर र मूल्य नपाएर लगानी उठाउनै धौ-धौ पर्थ्यो। तर अहिले त्यही किसानहरू उत्साहित छन्।

बुटवल उपमहानगरपालिकासहितका स्थानीय सरकारहरूले प्लास्टिकका फूल र मालामाथि प्रतिबन्ध लगाएको र पुष्प खेतीमा प्रोत्साहन दिएका कारण किसानमा नयाँ जोश आएको हो। यसले स्थानीय फूललाई बजारसम्म पु-याउने सहज बाटो खोलिदिएको छ।

‘पहिले बजारमा भारतकै फूल चल्थ्यो, अब हाम्रो बारीकै फूलले माला बन्छ,’ बुटवल–१५ का किसान राजेश कुँवर मुस्कुराउँदै भन्छन्। पाँच जना साथीहरूसँग मिलेर १० कठ्ठा क्षेत्रफलमा फूल खेती गर्दै आएका उनी भन्छन्, ‘यसपालि फूल राम्रै फुलेको छ, बजारको पनि चिन्ता छैन।’

उनको बारीमा अहिले फूल टिप्ने र माला उन्ने काममा १६ जना महिलाले रोजगारी पाएका छन्। “प्रतिकिलो ४५० देखि ५०० रुपैयाँ वा प्रतिमाला १ रुपैयाँभन्दा बढी मूल्य पाउने अपेक्षा छ,” कुँवरले गर्वसाथ भने।

आँकडामा फूलेको आशा

लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार यस वर्ष सयपत्रीको उत्पादन ३ लाख २५ हजार किलोग्राम पुगेको छ, जुन गत वर्षको तुलनामा १७ हजार किलोग्राम बढी हो। त्यस्तै, मखमली मालाको उत्पादन पनि २४ हजारबाट बढेर २६ हजार पुगेको छ।

निर्देशनालयका बागवानी निर्देशक सन्देश धिताल भन्छन्, “स्थानीय सरकारको अग्रसरताले फूल खेती व्यावसायिक हुँदै गएको छ। यसले किसानको आयमा सुधार ल्याउँदै प्रदेशलाई पुष्प उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा अग्रसर बनाएको छ।”

उत्पादनसँगै कारोबारमा पनि वृद्धि भएको छ। निर्देशनालयको अनुमान अनुसार, यस वर्ष तिहारमा सयपत्री फूलको मात्रै १३ करोड रुपैयाँको कारोबार हुनेछ। मखमली फूलले पनि करिब १० लाख रुपैयाँभन्दा बढी बजार पाउनेछ।

महिलाको हातमा रोजगारी, गाउँमा आत्मबल

फूल खेतीले गाउँघरमा महिलाको भूमिकासमेत विस्तार गरेको छ। बुटवल र तिलोत्तमा क्षेत्रमा सयौं महिलाहरू फूल टिप्ने, माला उन्ने र बिक्रीमा संलग्न छन्।

तिलोत्तमा–४ की नवीना भण्डारी क्षितिज कृषक समूहकी सदस्य हुन्। उनी भन्छिन्, “पहिले खेती भनेको धान–गहुँ मात्रै सोच्थ्यौं, तर अहिले फूलले पनि आम्दानी दिने कुरा सिक्यौं। घरको जिम्मेवारी र आम्दानी दुवै सन्तुलनमा राख्न सजिलो भएको छ।”

माग र आपूर्तिको खाडल अझै बाँकी

तर सबै कुरा सहज छैन। फ्लोरिकल्चर एसोसिएसन रुपन्देहीका पूर्वअध्यक्ष किरण श्रेष्ठका अनुसार तिहारमा रुपन्देहीमा मात्रै करिब ७० हजार मालाको माग हुन्छ, तर स्थानीय उत्पादनले ४० हजारको हाराहारीमा मात्र आपूर्ति गर्न सक्छ।

“माग र आपूर्तिबीचको खाडल अहिले पनि छ,” श्रेष्ठ भन्छन्, “तर खुसीको कुरा के हो भने, अब भारतबाट ठूलो परिमाणमा फूल आयात गर्नुपरेको छैन। स्थानीय उत्पादनले नै बजारको ठूलो हिस्सा धानेको छ।”

बजार व्यवस्थापन र स्थानीय सहयोग

किसानहरूलाई बजारको सुनिश्चितता दिन बुटवल उपमहानगरले शहरका ११ ठाउँमा फूल बिक्री केन्द्र तोकेको छ । ट्राफिक चोक, बीपी चोक, अस्पताल लाइन, राजमार्ग चौराहा, गोलपार्क लगायत।

नगर प्रमुख खेलराज पाण्डे भन्छन्, “हामीले प्लास्टिकजन्य माला बन्द गरेर स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छौं। यसले किसानमा आत्मविश्वास र बजारमा नेपाली फूलको पहिचान दुवै बढाएको छ।”

आत्मनिर्भरतातर्फको बाटो

तिहारको आगमनसँगै रुपन्देहीका बारीहरू फूलले मात्र होइन, आशाले पनि रंगिएका छन्। सयपत्री र मखमलीको सुगन्धसँगै यहाँका किसानहरूले आत्मनिर्भरताको सपना देख्न थालेका छन्।

सरकारी प्रोत्साहन, किसानको मिहिनेत र बजारको सहयोग निरन्तर रह्यो भने, अब आउने तिहारहरूमा नेपाली फूलले मात्र देशका घर–आँगन सजिने दिन टाढा छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending