काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरेर वर्षौँदेखि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारविरुद्ध सडक विभागले ठोस कदम चाल्न थालेको छ । विभागले थप ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
सडक विभागका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, जनकपुर, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ती ठेक्काहरूमाथि कारबाही प्रक्रिया सुरु गरेका हुन्।
विभागले शुक्रबार १७ वटा र शनिबार एक वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाइसकेको छ भने बाँकी ठेक्कामाथि पनि छानबिन जारी छ। जनकपुर सडक डिभिजनले २१ वटा, काठमाडौंले सात, ओखलढुंग्गा र अछामले पाँच–पाँच, पाल्पा र दमौलीले चार–चार र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक–एक ठेक्का तोड्ने तयारी गरिरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका थिए। उनका अनुसार लामो समयदेखि काम नगर्ने ठेकेदारका कारण जनताको सेवा ढिलो हुने, बजेट रोकिने र परियोजना अधुरो हुने समस्या बढ्दै गएको छ।
सडक विभागका तथ्यांक अनुसार हाल देशभर २५८ वटा ठेक्का रुग्ण अवस्थामा छन्। तीमध्ये धेरैजसोले पटकपटक म्याद थप गराउँदा पनि निर्माण कार्यमा प्रगति देखाउन सकेका छैनन्। विभागले सार्वजनिक सूचना जारी गर्दै ठेकेदारलाई अन्तिम मौका दिएको छ । १५ दिनभित्र काम सक्ने संशोधित कार्यतालिका, स्रोतसाधन परिचालनको योजना र ठेक्का नतोड्नुपर्ने कारणसहित उपस्थित हुन।
निर्धारित समयभित्र काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का सम्झौता रद्द गरी ठेकेदारलाई कालोसूचीमा राखिने चेतावनी दिइएको छ। साथै कार्यसम्पादन जमानत, धरौटी र पेस्की रकम जफत गरिने र बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गरिने विभागले जनाएको छ।
सरकारको पछिल्लो कदमलाई भौतिक पूर्वाधार क्षेत्रमा लामो समयदेखि देखिँदै आएको ढिलासुस्ती र निष्क्रियता अन्त्य गर्ने अभियानको रूपमा हेरिएको छ। विभागका अधिकारीहरूका अनुसार अब ठेक्का लिएर काम नगर्ने, बहाना बनाउने वा म्याद बढाउने चलनलाई पूर्णविराम लगाउने तयारी गरिएको छ।
.jpg)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: