काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरेर वर्षौँदेखि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारविरुद्ध सडक विभागले ठोस कदम चाल्न थालेको छ । विभागले थप ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
सडक विभागका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, जनकपुर, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ती ठेक्काहरूमाथि कारबाही प्रक्रिया सुरु गरेका हुन्।
विभागले शुक्रबार १७ वटा र शनिबार एक वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाइसकेको छ भने बाँकी ठेक्कामाथि पनि छानबिन जारी छ। जनकपुर सडक डिभिजनले २१ वटा, काठमाडौंले सात, ओखलढुंग्गा र अछामले पाँच–पाँच, पाल्पा र दमौलीले चार–चार र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक–एक ठेक्का तोड्ने तयारी गरिरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका थिए। उनका अनुसार लामो समयदेखि काम नगर्ने ठेकेदारका कारण जनताको सेवा ढिलो हुने, बजेट रोकिने र परियोजना अधुरो हुने समस्या बढ्दै गएको छ।
सडक विभागका तथ्यांक अनुसार हाल देशभर २५८ वटा ठेक्का रुग्ण अवस्थामा छन्। तीमध्ये धेरैजसोले पटकपटक म्याद थप गराउँदा पनि निर्माण कार्यमा प्रगति देखाउन सकेका छैनन्। विभागले सार्वजनिक सूचना जारी गर्दै ठेकेदारलाई अन्तिम मौका दिएको छ । १५ दिनभित्र काम सक्ने संशोधित कार्यतालिका, स्रोतसाधन परिचालनको योजना र ठेक्का नतोड्नुपर्ने कारणसहित उपस्थित हुन।
निर्धारित समयभित्र काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का सम्झौता रद्द गरी ठेकेदारलाई कालोसूचीमा राखिने चेतावनी दिइएको छ। साथै कार्यसम्पादन जमानत, धरौटी र पेस्की रकम जफत गरिने र बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गरिने विभागले जनाएको छ।
सरकारको पछिल्लो कदमलाई भौतिक पूर्वाधार क्षेत्रमा लामो समयदेखि देखिँदै आएको ढिलासुस्ती र निष्क्रियता अन्त्य गर्ने अभियानको रूपमा हेरिएको छ। विभागका अधिकारीहरूका अनुसार अब ठेक्का लिएर काम नगर्ने, बहाना बनाउने वा म्याद बढाउने चलनलाई पूर्णविराम लगाउने तयारी गरिएको छ।
.jpg)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: