Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

नाकाबन्दी लगाउने भारतीय सरकार असफल हुन्छः गृहमन्त्री

\"bamdev-Gautam\"काठमाडौं  । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकार असफल हुने दाबी गरे । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा उपप्रधानमन्त्री गौतमले २०४५ सालमा नेपालमा नाकाबन्दी लगाएपछि त्यसबेलाको भारतीय काँग्रेस नेतृत्वको सरकार असफल भएको प्रसङ्ग उल्लेख गरे।। यसपटक पनि नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकारले त्यही असफलता भोग्नुपर्ने जिकिर गर्दै उनले भने  –‘नाकाबन्दी संसारभरका कानुनको उल्लङ्घन र भूपरिवेष्टित देशले पाएको अधिकार उल्लङ्घन गरेर भएको छ । भारतको संविधानको विरुद्धमा गएर नाकाबन्दी गरिएको छ । त्यसैले भारतका जनताले निर्णय गरेर नेपाली जनतालाई न्याय दिनेछन् ।’ सरकारले नाकाबन्दी खुलाउन  कूटनीतिक प्रयास गरिरहेको जानकारी गराउँदै उपप्रधानमन्त्री गौतमले भारतले यसो गर्ला भन्ने आफूहरुले नसोचेको बताए । आन्दोलनरत दलसँग वार्ता गर्न सरकार सदैव तयार रहेको र त्यसका लागि अथक प्रयत्न गरिरहेको जानकारी गराउँदै उनले मधेसमा कुनै माग नभई र विषय नै नभई आन्दोलन गरिएको आरोप लगाए । उनले ११ निर्वाचन क्षेत्र जितेकाले २२९ निर्वाचन क्षेत्र जितेकालाई हल्लाउने  भनी प्रश्न गरे । नाकाबन्दीमा आपूर्ति सहज बनाउन सरकारले चीनतर्फको बाटो सञ्चालन गर्न प्रयास गरिरहेको जानकारी गराउँदै उहाँले तातोपानी र रसुवाका नाका छिट्टै सञ्चालनमा आउने जानकारी गराए । वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले अघोषित नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको सञ्चिति कम हुँदै गएको र सञ्चितिलाई व्यवस्थित रुपमा वितरण गरिएको जानकारी गराए । सचिव उपाध्यायले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको वितरणमा समेत कडा अनुगमन गरी कुनै पनि विकृति आउन नदिने विश्वास दिलाए । बैठकमा आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ४५ दिनदेखिको निरन्तरको आन्दोलन र बन्दका बाबजुद पनि पेट्रोलियम पदार्थको आपूर्ति गरिँदै आएपनि अघोषित नाकाबन्दीका कारण मौज्दात पेट्रोलियम पदार्थ सकिँदै गएको बताए । बैठकमा समितिका सभापति शेरधन राईले सुरक्षाको प्रबन्ध गरी तराई–मधेसमा यातायात सहज गर्न र दसैँ तिहारमा खाद्यान्न आपूर्ति सहज र व्यवस्थित गर्न सरकारलाई निर्देशन दिए । सभापति राईले असहज अवस्थामा बजारमा देखिने विकृति नियन्त्रण गर्न, अघोषित नाकाबन्दी खोल्नका लागि पहल थाल्न र तत्काल उत्तरी नाका सञ्चालन गर्नका लागि सरकारलाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy