Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

छयालीस दिनदेखि महोत्तरीको जनजीवन ठप्प

\"Mahottari महोत्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा जारी अनिश्चितकालीन मधेस बन्दका कारण विगत ४६ दिनदेखि महोत्तरीको जनजीवन ठप्प रहेको छ । प्रादेशिक सीमाङ्कनको विरोधमा मोर्चाले साउन ३० गतेदेखि नै जिल्लाका विभिन्न हाटबजार, कलकारखाना, उद्योग व्यापार, सङ्घसंस्था, स्कुल, कलेज, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरु पूर्णरुपमा बन्द गरेपछि जिल्लावासीको जनजीवन अस्तव्यस्त बनेको छ । अनिश्चितकालीन आमहडतालका कारण सर्वसाधारणलाई दैनिक उपभोगका वस्तुसहित अन्य आवश्यक कामकाज र विद्यार्थीको पठनपाठनलगायत सबै कुरा ठप्प रहेको छ र यसैकारण जिल्लावासीको जनजीवन कष्टकर बनेको छ । जिल्लामा डेढ महिनाभन्दा बढीदेखि लगातार यातायातका साधन नचल्दा दैनिक उपभोग्य सामग्री तथा आवश्यक खाद्यान्न वस्तुको अभाव हुनुका साथै डिजेल, पेट्रोल र ग्यासको समेत अभाव भएको छ । यसका साथै बिरामीलाई उपचारका लागि निकै समस्या भएको छ भने जिल्लाका सबै बिरामी उपचारका लागि भारत जान बाध्य भएका छन् । पाँचदिनदेखि महोत्तरीका १३ नाका बन्द यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगत पाँच दिनदेखि महोत्तरी जिल्लाका विभिन्न १३ वटा भारतीय नाका बन्द गरेको छ । जिल्लाको मुख्य भन्सार नाका भिठ्ठामोडसहित सहायक नाकाहरु मटिहानी, सम्सी, सिस्वाकटैया, रघुनाथपुर, इटहर्वाकट्टी, पर्सापतैली, बथनाहा, खैरबन्नी, सुगाभवानीपट्टी, नैन्ही, मरुवाही, मनरालगायतका सबै नाका बन्द गरिएको छ । महोत्तरी जिल्लाको भारतसँग जम्मा ३७।४८ किलोमिटर सीमाक्षेत्र जोडिएको छ भने सो क्षेत्रमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित १३ वटा गाविसमा सानो ठूलो गरी १३ वटा नाका पर्छन् । मोर्चाका कार्यकर्ताहरुले गत शुक्रबारदेखि नै ती सम्पूर्ण नाकामा २४ घन्टे धर्ना दिएर सीमा नाका बन्द गरेका छन्, जसकारण जिल्लावासीमा पनि दैनिक उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको छ । विगत पाँचदिनदेखि मोर्चाले महोत्तरीको सीमा नाकाबाट कुनै पनि सवारी साधन भारत जान दिएको छैन भने भारतबाट पनि नेपालमा कुनै साधन आउन नदिँदा सर्वसाधारण मार्कामा परेका छन् । सीमा नाकामा बिरामी तथा आपत्कालीन अवस्था भएका पैदल यात्रु मात्रै ओहोरदोहोर गर्न पाएका छन् भने उनले पनि औषधिबाहेकका सामान ल्याउन नसक्ने भएका छन् । यता जिल्लामा ४६ दिन लामो बन्दका कारण कुनै पनि हाटबजार खुल्न नपाउँदा दैनिक उपभोग्य सामग्रीलगायत कुनै पनि सामान नपाउँदा सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy