काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गरे कानुनले उनलाई “ठाउँमा ल्याउने” चेतावनी दिएका छन्।
अनलाइनखबरसँगको अन्तर्वार्तामा गृहमन्त्री अर्यालले भने, “उहाँ ‘सुपर सिटिजन’ होइन। पूर्वराजाले पनि आफूलाई ‘पूर्वराजा’ भन्छन्। अब ओलीजीलाई कानुनभन्दा माथि छु भन्ने लागेको होला, तर कानुनको दायरामा ल्याएरै छाडिन्छ।”
ओलीले आफूलाई देशभर हिँडडुल गर्न रोक्ने अधिकार कसैलाई छैन भन्दै सरकारले आफ्नो आवतजावत रोक्न खोजेको दाबी गरेका थिए। तर गृहमन्त्री अर्यालले त्यो “सरकारको हैन, जाँचबुझ आयोगको निर्णय” भएको स्पष्ट पारे।
उनले भने, “सरकारले होइन, स्वतन्त्र आयोगले रोक लगाएको हो। ओलीजीले अफवाह फैलाउनुभएन। उहाँको मति सुध्रिनुपर्छ।”
अर्यालले ओलीमाथि “देशलाई भड्खालोमा पुर्याउने लापरवाही” गरेको आरोप पनि लगाए। “सुरक्षा निकायले चेतावनी दिँदादिँदै उहाँले बेवास्ता गर्नुभयो। त्यसकै परिणामस्वरूप ठूलो धनजनको क्षति भयो,” उनले भने।
ओलीको सुरक्षा टोली घटाएर स्थानीय जनप्रतिनिधिको बढाएको भन्ने दाबी असत्य भएको बताउँदै गृहमन्त्रीले भने, “मैले कसैको सुरक्षा घटाएको छैन। उहाँ पनि सामान्य नागरिक सरहको व्यवहार पाउनुहुन्छ, विशेष होइन।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:०३
काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...
पौष १८ गते, २०८२ - १९:४५
ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...
पौष १८ गते, २०८२ - १४:५८
काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...
पौष १८ गते, २०८२ - १४:५७
दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...
पौष १८ गते, २०८२ - १४:२१
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...
पौष १८ गते, २०८२ - १४:१९
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...
पौष १८ गते, २०८२ - १३:०२
समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास
पौष १८ गते, २०८२ - १२:५४
म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...
पौष १८ गते, २०८२ - १२:४८
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...
पौष १८ गते, २०८२ - १२:४४
विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न




प्रतिकृया लेख्नुहोस्: