Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

तिहारको अवसरमा निःशुल्क ६० जीबी डेटा दिने भन्दै ठगी धन्दा, कतै तपाईं फस्नुभयो कि ?

खबरडबली संवाददाता

काठमाडौँ । तिहारको अवसरमा वर्ल्डलिङ्क, नेपाल टेलिकम र एनसेलले ६० जीबी डेटा निःशुल्क उपलब्ध गराउने भन्दै फिशिङ लिङ्क फैलिएको पाइएको छ । प्रयोगकर्तालाई शंकास्पद साइटमा पुर्‍याउने उद्देश्यले यस्तो जालसाजीपूर्ण लिङ्क फैलाइएको हो ।

यही सँघारमा व्यापक रूपमा सर्कुलेट भएको ‘jveox.site’ नामक लिङ्क हाल डाउन छ । यद्यपि यसले ठुलो संख्यामा प्रयोगकर्तालाई प्रभावित गरिसकेको देखिन्छ । यस लिङ्कमा क्लिक गरेर प्रयोगकर्ताले आफ्नो जानकारी राख्दा उक्त लिङ्क स्वतः फेसबुकका साथी वा ह्वाट्सएप कन्ट्याक्टमा फर्वार्ड हुन्छ । यसले गर्दा अन्य व्यक्तिले वास्तविक व्यक्तिबाट आएको ठानेर क्लिक गर्छन् र यसरी यो जाल अझै फैलिँदै जान्छ ।

तिहारको उपलक्ष्यमा निःशुल्क ६० जीबी डेटा उपलब्ध गराउने भन्दै फैलिएको लिङ्क यसअघि नेपालमा फैलिने फिशिङ लिङ्कसँग मिल्दोजुल्दो छ । 

उक्त लिङ्कमा क्लिक गर्दा करिब दुई हजार कमेन्ट देखिन्छन्, जुन वास्तवमा नक्कली अकाउन्टबाट गरिएका हुन्छन् । खासगरी त्यस्ता कमेन्टमा ‘मैले उपहार पाएँ’ भन्दै अन्य प्रयोगकर्तालाई विश्वास दिलाउन खोजिएको हुन्छ । केहीले यसमा आशंका व्यक्त गरे पनि धेरैले यसलाई सही ठानेर शेयर गर्ने गरेका छन् ।

स्क्यामरले पठाएको लिङ्क खोल्दा नेपालको झण्डा र त्यसमुनि एउटा स्टाटस राखिएको हुन्छ । उक्त पेजमा केही प्रक्रिया पूरा गरेपछि पुरस्कार पाइने आश्वासन दिइन्छ ।

पोस्टमा प्रयोगकर्तालाई अर्को वेबसाइटमा रिडाइरेक्ट गर्ने भनिएको हुन्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो नेटवर्क छानेर मोबाइल नम्बर राख्नुपर्ने र त्यसमा आएको ओटीपी कोड राख्नुपर्ने भनिन्छ ।

पेजको तलपट्टि ‘तपाईंको निःशुल्क पुरस्कारहरू दावी गर्नुहोस्’ लेखिएको बटन राखिएको हुन्छ । उक्त बटनमा ट्याप गर्दा साइट रिडाइरेक्ट हुन्छ र एउटा ‘टेस्ट’ गराउने पेज खुल्छ, जहाँ प्रयोगकर्तालाई विभिन्न विकल्पहरू छान्न भनिएको हुन्छ ।

त्यसपछि ‘मेगास्ट्रोम प्रो’ नामको अर्को साइट खुल्छ, जहाँ नेपाल टेलिकम, एनसेल लगायतको लोगो राखिएको हुन्छ । त्यसमध्ये कुनै एउटा विकल्प छानेपछि ‘गिफ्ट पाउन लिङ्क क्लिक गर्नुहोस्’ भनिएको हुन्छ। कतिपय अवस्थामा बैंकबाट उपहार प्राप्त भएको भनिन्छ भने, कतिपय अवस्थामा एक्सटेन्सन डाउनलोड गर्न भनिन्छ । यसरी हरेक पटक फरक-फरक लिङ्कमा रिडाइरेक्ट गराइरहेको देखिन्छ ।

‘रोटेटर लिङ्क’ को प्रयोग

यस्ता लिङ्कलाई ‘रोटेटिङ रिडाइरेक्ट लिङ्क’ वा ‘रोटेटर लिङ्क’ भनिन्छ । सामान्यतया एफिलियट प्रोग्राम वा अनलाइन मार्केटिङका लागि यस्ता लिङ्क प्रयोग गरिन्छ । कतिपयले यस्ता लिङ्क मार्केटिङ गर्न प्रयोग गर्छन् भने, कतिपयले प्रयोगकर्तालाई फिशिङ लिङ्कमा पुर्‍याउन प्रयोग गर्छन् । यसरी अनधिकृत साइटमा पुग्दा डिभाइसमा मालवेयर वा भाइरस इन्स्टल हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

यस्ता लिङ्कमा क्लिक गर्दा अनावश्यक सब्स्क्रिप्सन प्याकेज खरिद हुने वा असान्दर्भिक वेबसाइटहरूमा पुगिने सम्भावना उच्च हुन्छ । यस विशेष लिङ्कमा पनि स्क्यामरले एफिलियट मार्केटिङ गरेर आर्थिक लाभ उठाउने उद्देश्यले यस्तो जालसाजी गरेको देखिन्छ ।

जोगिने कसरी ?

अपरिचित वा शंकास्पद लिङ्कहरूमा क्लिक नगर्नुहोस् ।

निःशुल्क डेटा वा उपहारको लोभ देखाउने मेसेज सजिलै विश्वास नगर्नुहोस् ।

आधिकारिक स्रोत (कम्पनीको वेबसाइट वा सामाजिक सञ्जालको आधिकारिक पेज) बाट मात्र सूचनाहरू पुष्टि गर्नुहोस् ।

कुनै पनि वेबसाइटमा आफ्नो व्यक्तिगत जानकारी (मोबाइल नम्बर, ओटीपी कोड आदि) प्रविष्ट गर्नुअघि सतर्क रहनुहोस् ।

आफ्ना साथीभाइ र परिवारलाई पनि यस्ता ठगीका बारेमा जानकारी गराउनुहोस् ।

कसैबाट यस्तो मेसेज आएको पाउनुभयो भने उसलाई गाली गर्नुको सट्टा यसबारे बुझाउनुहोस् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

ब्राउन सुगर र नियन्त्रित लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...

प्रलोपा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच एकता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...

प्रतिनिधिसभा निर्वाचनअघि नेकपा–माओवादी एकताको प्रयास, सघन छलफल जारी

समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास

‘अप्रेसन ब्राभो सेरा’: चुनावी सुरक्षा कि गाउँघरको मौन खतरा उजागर ?

म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...

समानुपातिक सूची संशोधनको समयसीमा: दलभित्रको शक्ति संघर्षको निर्णायक घडी

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...

खुसी बोकेको बसले फर्कायो मृत्युको खबर, मालिकामा विद्यार्थी बोकेको बसको ठक्करबाट दुईकाे मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending