Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

छठमा चढाइने कृषिजन्य तरकारी तेब्बरमा बिक्री, छैन अनुगमन

खबरडबली संवाददाता

राजविराज। छठ पर्वमा प्रसादको रूपमा प्रयोग हुने तरकारीजन्य उत्पादनहरूको मूल्य तेब्बरले वृद्धि भएको छ। सामान्य दिनको तुलनामा छठमा चढाइने लौका, फूलकोबी, भण्टा, मूला र फर्सी तेब्बर दरमा बिक्री भइरहेको उपभोक्ता डोमन साह बताउछन् ।

तरकारी व्यापारीहरूका अनुसार पछिल्लो समयमा परेको लगातार भारी वर्षाले स्थानीय बाली नष्ट गरेपछि बजारमा तरकारीको आपूर्ति घटेको छ। यही कारण मूल्यमा तीव्र वृद्धि भएको हो।

राजविराजका किसान रामचन्द्र महतो भन्छन्, “यो वर्ष वर्षाको कारण लौका, भण्टा, फूलकोबी जस्ता मौसमी बाली लगभग सखाप भयो। केही मात्र जोगाउन सकेका छौं, त्यसैले मूल्य बढ्नु स्वाभाविक हो।”

यता व्यापारी रामु साहले भने, “स्थानीय उत्पादन नपुग्दा हामी बाहिरी जिल्लाबाट तरकारी ल्याउँछौं। सुनसरीको इनरुवा, धनुषाको ढल्केबर, सर्लाहीको लालबन्दी, उदयपुरको गाईघाट र मकवानपुरको हेटौंडाबाट ढुवानी गर्दा भाडा, मजदुरी र पेट्रोल खर्च धेरै पर्छ। त्यसैले महँगोमा बेच्न बाध्य छौं।”

हाल बजारमा लौका प्रति थान २५० देखि ३५० रुपियाँ, भण्टा प्रति किलो १४० रुपियाँ, फूलकोबी प्रति किलो १८० रुपियाँ, मूला प्रति किलो ११० रुपियाँ र फर्सी प्रति किलो ८० रुपियाँमा बिक्री भइरहेको छ। यो मूल्य अन्य दिनको तुलनामा तेब्बर मात्र होइन, कतिपय वस्तुमा चार गुणासम्म वृद्धि भएको उपभोक्ताहरू बताउँछन्।

राजविराजकी गृहिणी सुनीतादेवी मण्डल भन्छिन्, “छठमा प्रसाद चढाउनका लागि लौका र फूलकोबी चाहिन्छ। तर बजारमा गएर हेर्दा मूल्य सुनेरै छक्क पर्‍यौं। परिवारका सबै सदस्यको लागि प्रसाद तयार गर्न मात्र हजारौं खर्च पर्छ।”

यता, चाडबाडमा लक्षित बजार अनुगमन टोली यतिखेर कतै भेटिदैन । यसले छठ पर्वमा अत्यधिक नाफा लिन खोज्ने व्यापारीहरु को लागि राम्रो अवसर पाए जस्तो भएको छ।

स्थानीय किसानहरू भने निराश छन्। सप्तरीको तिलाठी, हनुमाननगर, कोशीटप्पु आसपासका क्षेत्रका किसानहरूका अनुसार असिनापात र लगातारको वर्षाले फूलकोबी, भण्टा, लौकालगायत बालीमा ठूलो क्षति पुर्‍याएको छ। किसान रामेश्वर यादव भन्छन्, “तरकारी बेचेर छठको खर्च चलाउने सोच थियो, तर यस वर्ष बाली नै नष्ट भयो। अब बजारमा उपभोक्ताले महँगो तिरेर खानुपर्ने भयो।”

मूल्यवृद्धिका बाबजुद बजारमा किनमेलको चहलपहल भने बढ्दै गएको छ। नहाय–खाय विधि सम्पन्न भएसँगै ब्रतालुहरू प्रसादका सामग्री खरिदमा व्यस्त देखिन्छन्। बजारमा लौका, फूलकोबी, मूला, अदुवा, केरा, उखु, नरिवल लगायतका वस्तुको माग अत्यधिक छ।

राजविराजसहित सप्तरीका सबै प्रमुख बजार अहिले “छठ विशेष बजार” बनेका छन्। व्यापारी र उपभोक्ता दुवैलाई मूल्यले तातो बनाएको भए पनि, श्रद्धा र विश्वासको यो पर्वको तयारी उत्साहका साथ भइरहेको देखिन्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending