Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतमा च्यातियो नेपालको राष्ट्रिय झण्डा

\"nepal\'s-National-Flag-final\"

रुपन्देही । भारतको सुनौली बजारमा नेपालको राष्ट्रिय झण्डा च्यातिएको छ । झण्डा जलाउने प्रयास भए पनि भारतीय सुरक्षाकर्मीहरुले रोकेका छन् ।

सुनौली बजार रुपन्देहीको सीमानासँग जोडिएको भारतको ब्यापारिक केन्द्र हो । त्यहाँ नेपाली व्यापारी र सर्बसाधारणसमेत किनमेल गर्न जान्छन् ।

झण्डा जलाउने प्रयास

त्यहाँका स्थानीय युवाहरुले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा डल्लो पारेर माटोमा दलेका छन् । सो क्रममा झण्डा च्यातिएको छ । झण्डा जलाउने तयारीका साथ भेला भएका युवाहरुलाई भारतीय सुरक्षाकर्मीले रोकेका थिए ।

उनीहरुले नेपाल सरकार विरुद्ध नाराबाजी गर्दै नेपालका नेताहरुको पुत्लासमेत जलाएका छन् । नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएको भन्दै उनीहरुले पनि बदलास्वरुप नेपालका नेताहरुको पुत्ला जलाएका हुन् ।

मंगलबार दिउँसो रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा धर्नामा बस्न खोजेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले भारतीय भूमिबाट ढुंगामुढा भएको थियो । नेपाली पक्षबाट पनि भारतीय भूमि तर्फ ढुंगा प्रहार गर्न खोज्दा नेपालका सुरक्षाकर्मीहरुले रोकेका थिए ।

भारतीय भूमिबाट ढुंगा प्रहार भएपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । स्थिति सामान्य नभएपछि तमलोपाका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीको नेतृत्वमा बेलहिया नाकामा धर्ना बस्ने पूर्व निर्धारित कार्यक्रम स्थगित भएको थियो । धर्नाको नेतृत्व गर्न भन्दै काठमाडौंको पहिलो उडानबाट भैरहवा पुगिसकेका त्रिपाठी प्रतिकूल परिस्थितिका कारण गृहजिल्ला नवलपरासी गएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending