Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

टीकापुर हत्याको घटनामा सशस्त्रका आइजिपी 'मुख्य दोषी' ठहर

\"Koshraj\" काठमाडौं । उग्र भीडको आक्रमणमा परी एकजना एसएसपीसहित नौजनाको ज्यान जाने गरी भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामाथि छानविनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरिक्षक कोषराज वन्तलाई ‘मुख्य दोषी’ ठहर गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराज शर्मामो नेतृतवमा गठित पाँच सदस्यीय समितिले आइजिपी वन्तको निषेधात्मक आदेशका कारण भीडद्धारा बल प्रयोग भई प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने लगायतको ज्यान खतरामा परेपछि पनि फिल्डमा भएका सशस्त्र प्रहरीले प्रतिकारात्मक कारवाही नगरेको र नौ जनाको ज्यान गएको ठहर गरेको छ ।
भीडको हमलामा एसएसपी न्यौपाने, अन्य सात प्रहरीसँगै एउटा दूधेबालकको ज्यान गएको थियो र दर्जनौं सर्वसाधारण तथा प्रहरी घाइते भएका थिए।छानबिन समितिले सोमबार अपराह्न उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई प्रतिवेदन बुझाएको थियो।
बालुवाटार स्रोतका अनुसार गौतमले त्यसै साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर प्रतिवेदनबारे जानकारी दिएका थिए।आफ्नो गलत आदेशलाई ढाकछोप गर्न आईजीपी वन्तद्वारा केही प्रयासहरूसमेत गरिएका थिए।
यस क्रममा केही प्रहरी अधिकृतलाई २४ घन्टे लगाएर सरुवा गरेको गृह स्रोतले बतायो। गृह मन्त्रायका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार समितिले प्रतिवेदन बुझाइसकेको र कार्यान्वयनमा आएपछिमात्र यो सार्वजानिक गर्ने नीति मन्त्रालयले बनाएको छ।
अन्नपूर्णसँग कुरा गर्दै ढकालले भने, ‘प्रतिवेदन आएको छ, सरकारले कार्यान्वयनमा लगेपछिमात्रै प्रतिवेदनमा उल्लेख भएकोबारे भन्न सकिन्छ।\' प्रतिवेदनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा सौहार्दता र सहकार्य हुन नसक्दा सुरक्षा फौजतर्फ ठूलो क्षति भएको उल्लेख गरेको छ।
स्रोतका अनुसार सशस्त्र प्रहरीका टीकापुर गणका एसपी लक्ष्मण सिंहको आन्दोलनरत पक्षका मुख्य व्यक्ति नेपाल सद्भावना पार्टीका स्थानीय नेता रेशमलाल चौधरीसँग \'मित\' को साइनो रहेको र दुईजनाबीच नियमित सम्पर्क हुने गरेको उल्लेख पनि छ। गृह स्रोतले भन्यो, ‘एसपी सिंह उल्टै आन्दोलनकारीका पक्षमा उपयोग भएको ठहर पनि प्रतिवेदनले गरेको छ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending