Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रचण्ड-नेपाल एकताको निधोमा पुग्दा दुवैको पार्टी विभाजित, भुईँको टिप्न खोज्दा पोल्टाको झर्दै ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिवारको बैठकमा नेता जनार्दन शर्माले बिदाइ मन्तव्य जस्तै गरेर आफ्नो धारणा राखेर निस्किएको नेताहरूले जनाएका छन्।

नेता हरिबोल गजुरेलले पार्टीबाट अलग हुने सङ्केत दिने गरी शर्माले धारणा राखेको बताए। "उहाँले पृष्ठभूमि बाँध्दै प्रचण्डसँग लामो राजनीतिक सहकार्य भयो, अब सकिए जस्तो छ भन्ने मन्तव्य राख्नु भएको थियो," गजुरेलले बताए।

शर्मा निकट अर्का नेता सुदन किरातीका अनुसार नेकपा एकीकृत समाजवादीसँगको एकता स्वीकार गर्न उनीहरू तयार छैनन्।

"हामी विगतमा भएका गल्ती र कमजोरीप्रति क्षमा माग्दै अब नदोहर्‍याउने बाचाका साथ सहिदको सपना र बाँकी अभिभारा पूरा गर्ने गरी अघि बढ्छौँ," किरातीले बताए।

नेकपा माओवादी केन्द्रका नेताहरू शर्मा सहितको समूहले नयाँ पार्टी बनाउनकै निम्ति दस्ताबेज लेखन पनि सुरु गरिसकेको बताउँछन्। "उहाँहरू टाढा पुगिसके जस्तै छ," नेता गजुरेलले बताए।

निशानामा किन माधव नेपाल?

माओवादी केन्द्रभित्र विवाद र मतभेद चलिरहेकै थियो। तर प्रचण्डले जब नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने निर्णय लिए त्यसले आगोमा घ्यु थप्ने काम गरेको देखिन्छ।

नेता राम कार्कीका भनाइमा माधवकुमार नेपालको पार्टी नै बनिसकेको थिएन, त्यो बाटोमै थियो।

"दोस्रो कुरा माधव नेपालजीलाई जुन अभियोग लागेको छ, कम्तीमा अदालतको निर्णय पर्खिन सकिन्थ्यो," कार्की भन्छन्, "नवयुवाहरूको सबैभन्दा ठूलो चाहना भनेकै भ्रष्टाचारमुक्त नेपाल, अनि हामीले त्यही मुद्दा लागेका मान्छेलाई शिरमा राख्ने त?"

नेता किरातीले पनि कसैको रक्षा कबजको निम्ति पार्टी एकता गर्न लागिएको बताए।

उनका भनाइमा पार्टीभित्रै पुनर्संरचना र पुनर्गठनका मुद्दाहरू उठेका थिए र त्यसको सम्बोधन गरेर एकताबद्ध पार्टी निर्माण अहिलेको आवश्यकता थियो, त्यसपछि बृहत् वामपन्थी एकता र सहकार्यको कुरा अघि बढाइनु पर्थ्यो।

तर नेता गजुरेलले माधवकुमार नेपालको विषय बहाना मात्र भएको टिप्पणी गरेका छन्।

भुईँको टिप्न खोज्दा पोल्टाको झर्दै?

कतिपय मानिसहरू प्रचण्डले आफ्नै पार्टीमा विभाजित हुने गरी अरूसँगको एकता रोज्नुलाई भुईँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्थासँग चित्रण गर्छन्।

किन कि मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराई लगायतका नेतापछि माओवादी सशस्त्र द्वन्द्वकालदेखिका अन्य नेता पनि अलग हुने अवस्था देखिन्छ।

तर प्रचण्ड निकट नेता गजुरेल जेन जी आन्दोलनपछिको अवस्थालाई २०४६ सालको परिवर्तनपछिको स्थितिसँग जोड्छन्।

"त्यो बेला माओवादी विचार समूहहरूसँग एकता नगरेको भए जनयुद्धको पृष्ठभूमि तयार हुने थिएन," उनको भनाइ छ, "अहिले पनि ध्रुवीकरणको नेतृत्व हामीले नगर्दा गलत दिशातर्फ ध्रुवीकरण हुने जोखिम रहन्छ। त्यसैले चौतर्फी ध्रुवीकरणको यो बेला मिल्ने र जुट्ने कुरा स्वाभाविक हो।"

उनका भनाइमा विभाजनको जोखिम देखिए पनि एकताको निर्णयबाट माओवादी केन्द्र अब पछाडि फर्किँदैन।

माओवादी विभाजनपछिको योजना

नेता राम कार्की आफूहरूले पहिल्यैदेखि भन्दै आएको 'पुराना सबै पार्टीहरू विघटन भइसकेको र उनीहरू सबै यथास्थितिवादी रहेको' बिचारसँग अहिलेको परिस्थितिसँग जोड्छन्।

उनका भनाइमा अहिले सुकुम्वासी, असङ्गठित मजदुर र थोरै तलबमा जीवनयापन गर्नेहरूको पार्टीनै छैनन्।

"अहिलेका पार्टी कसैलाई सोध्नुस्, १५ वर्षपछि कस्तो नेपाल बनाउनुहुन्छ, कस्तो शिक्षित जनशक्ति चाहिन्छ, कृषि र उद्योग नीति के हो र शिक्षामा कस्तो परिवर्तन चाहनुहुन्छ, केही पनि छैन," उनी भन्छन्, "त्यसैले हामी अग्रगामी प्रगतिशील सोच सहितको अभियान चलाउँछौँ।"

अब नयाँ आधारमा नयाँ पार्टी बन्ने उनको भनाइ छ। त्यसको निम्ति विभिन्न छलफलहरू चलाउने उनले जानकारी दिए। "अब विभिन्न सामाजिक वर्गले आआफ्नो राजनीतिक प्रतिनिधि छान्ने बेला आयो," कार्कीको विश्लेषण छ।

प्रचण्डले माओवादी छाडेको भन्दै असन्तुष्टि उत्पन्न भएको पनि कतिपयको बुझाइ पाइन्छ।

माओवादी केन्द्रको सङ्गठनमा बलियो पकड रहेको बताइने जनार्दन शर्माले असन्तुष्ट पक्षको नेतृत्व गर्ने र नेत्रविक्रम चन्द लगायतका दलहरूसँग एकताको पहल गर्ने आकलन पनि पाइन्छ।

तर नेता गजुरेलले शर्माको साङ्गठनिक पकड बिस्तारै कमजोर भएको दाबी गर्दै भने, "माओवादी छाड्ने गरी नेकपा एमालेसँग एकीकरण गर्दा दस्ताबेज तयार गर्ने काम उहाँले गरेको हो, त्यस बेला पनि पार्टीको विधि र प्रक्रिया ख्याल नगरिएकै हो।"

दुवैतर्फ चिराचिरा?

शर्मा निकट मानिने कोशी प्रदेश सभाका सदस्य इन्द्र आङ्बोले पार्टी एकताको निर्णयको पक्षमा उभिएको बताए।

उनले भने, "हामीले पनि जनार्दनजीले उठाउँदै आएको मुद्दाहरूलाई साथ दिइरहेकै हो, अहिले पनि ती विषयवस्तु सहित एकता गरौँ, त्यहीँ छलफल गरौँ, त्यहीँ लडौँ भन्ने हाम्रो धारणा हो। तर एकताको विपक्षमा उभिने कदमलाई साथ दिन सकिन्न।"

उनले शर्मा लगायतका नेताको अडानले विभाजनको बाटो लिएको देखिएको बताए। "उहाँहरूले यो एकता स्विकार्दिनँ भन्ने, अनि एकता हुने निश्चित भइसकेपछि त अलि टाढै पुग्ने भइहाल्यो," नेता आङ्बोले बताए।

एकता घोषणा कार्तिक १९ गते गर्ने निर्णय भएको छ। त्यसमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित ८ वटा पार्टी र समूह छन्।

माओवादीमा जस्तै नेपालको पार्टीमा पनि विग्रह देखिएको छ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि एकताभन्दा बाहिर नै छन्।

उनीहरू पार्टी पुनर्गठन गर्ने योजनामा रहेको बताइन्छ। तर एकताको निर्णयमा असहमत देखिएका कतिपय नेताहरूले उनीहरूलाई पनि साथ नदिने निर्णयमा पुगेको बताएका छन्।

"हामी कि एकतालाई साथ दिन्छौँ, कि पुरानै घर एमालेमा फर्किन्छौँ," पूर्व सांसद किसान श्रेष्ठले भने, "साथीहरूसँग छलफलमै छौँ, मूल घरमा फर्किन पनि बाटोघाटो चार लेनको पिच हुनुपर्‍यो।"

तल्लो तहदेखिका नेता कार्यकर्ताले एमालेमै फर्किनु पर्ने दबाव दिइरहेको उनले जनकारी दिए। "तर बीचमा अल्झिन्नौँ, जता गए पनि एक्सप्रेस बस चढेर हिँड्छौँ," नेता श्रेष्ठले योजना सुनाए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending