काठमाडौं । छैटौँ शताब्दीमा निर्माण भएको ऐतिहासिक ब्रह्मा मूर्तिसहितको मन्दिरमा सोमबार मूर्तिको पुनःस्थापना गरिएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ को पहलमा पाशुपत क्षेत्रमा मन्दिर निर्माण गरी मूर्तिलाई पुनःस्थापना गरिएको हो। उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो।
पाँचाङ्ग निर्णायक समितिले तोकेको समयअनुसार सोमबार बिहान बाजागाजासहित मूर्तिलाई प्रहरी वृत्तबाट नयाँ मन्दिरमा सारिएको थियो। वडा अध्यक्ष आशामान संगतका अनुसार, मूर्तिको मन्दिरमा पुनःस्थापना गरिएको र औपचारिक उद्घाटन कार्तिक २१ मा काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुने छ। सर्वसाधारणको लागि मन्दिर उद्घाटनपछि पूजाआजा खुला गरिने जानकारी उनले दिए।
वडा अध्यक्ष संगतले भने, “ब्रह्माको मूर्ति नेपालमा यही एकमात्र रहेको छ। विष्णुको मूर्तिलाई पनि पुनर्निर्माणको तयारी चलिरहेको छ, यद्यपि पुरातत्त्व विभागका कारण केही ढिला भएको छ।”
ऐतिहासिक विवरणअनुसार, छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको चतुरमुख मूर्तिसहितको मन्दिर १९९० सालको भूकम्पअघि नै भत्केको थियो। भत्केपछि मूर्ति हराएको थियो र पछि धोबीखोलामा भेटिएर ४० वर्षसम्म प्रहरी वृत्त गौशालामा राखिएको थियो।
मूर्ति पुनःस्थापना कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोल, वडा अध्यक्ष संगत, वडा सदस्य, सम्पदाविद्, संस्कृतिविद् लगायत स्थानीयको उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: