Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

एमाओवादीले मधेसमा अभियान चलाउने

\"parisdada-400\"काठमाडाैं । एकीकृत माओवादीले प्रदेश नम्बर २ मा विशेष अभियान चलाउने तयारी गरेको छ । तराई–मधेसमा अनिश्चितकालीन बन्द जारी रहेकै अवस्थामा एमाओवादीले यस्तो अभियान चलाउने भएको हो ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ –पार्टीका प्रमुख नेता, मधेसबाट प्रतिनिधित्व गर्ने नेता र त्यस क्षेत्रमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको मंगलबार बसेको बैठकले २ नम्बर प्रदेशका सबै जिल्लामा स्थानीयस्तरसम्म प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।   अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बसेको बैठकले पोलिटब्युरो सदस्य रामचन्द्र झा, प्रभु साह, केन्द्रीय सदस्यहरू रामकुमार शर्मा र रामरिझन यादवले पार्टी छाड्दा पार्टीको जनाधारमा ठूलो घाटा नहुने निष्कर्ष निकालेको छ । सोमबार सम्पन्न एमाओवादी केन्द्रीय समिति बैठकले प्रभु साह, रामकुमार शर्मा र रामरिझन यादवलाई स्पष्टीकरण लिएर चित्तबुझ्दो जवाफ नदिए कारबाही गर्ने निर्णय गरेको थियो । ‘आठै जिल्लाका इन्चार्जहरूको रिपोर्टबाट पार्टीको बैठक बहिष्कार गरेका नेताहरूले पार्टी छाड्दा पनि जनाधारमा ठूलो समस्या नल्याउने निष्कर्ष निस्किएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘केही न केही घाटा त लाग्छ नै, तैपनि हामी चिरेर जान सक्छौँ ।’पेरिसडाँडामा मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूको बैठक चल्दै गर्दा रामचन्द्र झालगायत नेताहरू भने जनकपुरमा एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्वागत गर्दै थिए ।   बैठकमा अध्यक्ष प्रचण्डले मधेसी नेताहरूलाई संविधानको राम्रो र नराम्रो पक्ष लिएर कार्यकर्ता र जनतालाई बुझाउन गाउँ पुग्न निर्देशन दिएका छन् । ‘संविधानले हाम्रा धेरै उपलब्धिलाई संस्थागत गरेका छन्, केही हाम्रा माग सम्बोधन हुन सकेका छैनन्, हामी सम्बोधन भएका र नभएका दुवै विषय लिएर कार्यकर्ता र जनतालाई स्पष्ट पार्न जान्छौँ,’ केन्द्रीय सदस्य उमेशकुमार यादवले भने, ‘मधेसी जनताले केही नै नपाएजस्तो भ्रामक प्रचार गरिएको छ, हामी त्यसलाई चिर्छौँ ।’   अर्का कन्ेद्रीय सदस्य रामचन्द्र मण्डलले मौलिक हकमा समानुपातिक समावेशी प्रतिनिधित्व राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर २ मा राख्नुपर्ने र नवलपरासीदेखि कञ्चनपुरसम्म एउटै प्रदेश बनाउनुपर्ने पार्टीको फरक मत जनतामा लैजाने बताए । ‘मधेसले केही पनि पाएन कि भन्ने भ्रम छ, हामीले पाएका र नपाएका कुरा लैजान्छौँ,’ उनले भने । एमाओवादीका मधेसी नेताहरूले भारतले गरेको नाकाबन्दीको समेत भन्डाफोर गर्ने निर्णय गरेका छन् । ‘मधेसवादी पार्टीका नेताका कारण सबै मधेसीलाई एउटै आँखाले हेर्ने गरिएको छ, जुन बेठीक हो, हामी भारतीय हस्तक्षविरुद्ध उत्रन्छौँ,’ एक नेताले भने, ‘मधेसवादी नेताहरूको गलत क्रियाकलापको भन्डाफोर पनि गर्छौैँ ।’ केन्द्रीय सदस्य ज्वाला साहले मधेसमा भट्टराईको समानान्तर समिति भएको भन्दै आधिकारिक समितिलाई सक्रिय बनाएर लैजानुपर्ने कुरा उठेको जानकारी दिइन् । संसद् सुरु हुनासाथ संविधान संशोधन मधेसी नेताहरूसँगको बैठकमा अध्यक्ष प्रचण्डले प्रमुख दलबीच भएको सहमतिअनुसार व्यवस्थापिका–संसद् बैठक सुरु भएलगत्तै संविधान संशोधन प्रक्रिया अगाडि बढाउने जानकारी गराएका थिए । उनले संविधान संशोधन गरेर मधेसी र थारूको माग सम्बोधनमा लाग्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending