Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

लाचारी र निर्लज्जताको अर्को नाम प्रधानमन्त्री सुशील कोइराला

\"Koiralaकाठमाडौं । एक हप्तादेखि भारतीय नाकाबन्दीका कारण देश नै ठप्प छ । डिजेल, पेट्रोलको हाहाकारले देश आक्रान्त छ । बिरामी अस्पतालसम्म पुग्न पाएका छैनन् । उपचारको अभावमा अनाहकमा नागरिकले ज्यान गुमाउनुपर्ने  स्थिति सिर्जना हुँदैछ । भएको खाद्यान्न सकिंदैछ, खाना पकाउने ग्यासका सिलिण्डर रित्तिंदै गइसके । भारतको अघोषित नाकाबन्दी काठमाडौंका सडकमामात्र देखिएको छैन, दुरदराजका वस्तीमासमेत देखिन थालिसक्यो ।   तर, संविधान निर्माण गरेको जस्तो ऐतिहासिक कार्यमा समर्थन गर्नुको सट्टा तराई मधेसका दलहरुलाई बोकेर भारतले नाकाबन्दी गर्दा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री सुशील कोइरालाको कुटनीतिक पहल असाध्यै कमजोर, सुस्त, अव्यवहारिक देखिएको छ । न कुटनीतिक पहल छ, न विकल्प खोज्नै उनी तयार छन् ।   पीडित नागरिकको चिन्ता र चासो अनि राष्ट्रियता सामाजिक संजालमा पोखिएको छ । सामाजिक संजालमा भारतको यही दादागिरीविरुद्ध आक्रोश पोखिएको छ । भूपरिवेष्ठित देश नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय पारवहनको अधिकार हनन भएको छ । भारत छिमेकीको दुःखमा दुष्ट व्यवहार प्रदर्शन गर्दै अमानवीय बनिरहेको छ । भारतको यस्तो दादागिरी अन्तर्राष्ट्रिय मञ्चमा लान उनी तयार छैनन् । तर, यसको ठीक उल्टो भारतीय अत्याचारविरुद्ध सुशील कोइराला नेतृत्वको सरकार सुस्त मात्र होइन, लाचार देखिएको छ, विकल्पहीन देखिएको छ । गैह्रजिम्मेवार देखिएको छ ।   सामान्य मानवीय मर्यादासमेत ख्याल नगरी भुपरिवेष्ठित देशमाथि गरिएको हदैसम्मको नाकाबन्दीलाई कुटनीतिक पहल गरी फिर्ता लिन लगाउने, अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउने कदम चाल्नुपर्ने भए पनि सरकार कानमा तेल हालेर सुतेको छ ।   जनताप्रति जवाफदेही र दिनुपर्ने सरकार लाचारी र निर्लज्जताको हद पार गर्दै छ । जुन व्यवहारले पनि देखाउँदै छन् । देशमा संकट छ, जनता आक्रान्त छन्, तर पनि राष्ट्रियताका लागि उनीहरुले धैर्यधारण गरेका छन् । जनताको यही विवेकीपनालाई सरकार कमजोर ठानिरहेछ र उही भारतलाई बल पुग्ने गरी सुस्त र निर्लज्ज बसिरहेको छ । यो आरोप होइन तथ्यले पुष्टि गर्दैछन् ।   देशका संकट गहिरिंदै जाँदा कुटनीतिक र राजनीतिक कदम चाल्नुपर्ने टड्कारो आवश्यकता छ । तर, सरकारका प्रधानमन्त्रीको ध्यान यसतर्फ छैन । राजीनामा दिएर नयाँ सरकारको बाटो खोल्न ढिलाई भइसकेको छ । तर, प्रधानमन्त्री सुशील कोइराला सत्ता संचालनको ‘लामो रेस’मा भएझैं सत्ता सहयोगी दल एमालेका मन्त्रीलाई फिर्ता बोलाउँदै छन् । राजीनामा दिएर संकट समाधानका लागि लाग्नुपर्ने बेलामा उनको यो हर्कतको संकेत र सन्देशले उनी व्यवहारिक, कुशल र इमान्दार छैनन् भन्ने दुधे बालकले पनि बुझ्ने विषय हो ।   साँच्चै उनले भनेजस्तै सहमति, सहकार्य र एकताको लागि नै उनको राजनीति हो भने जाँदाजाँदै मन्त्री फिर्ता बोलाउने र अर्को बनाउने जस्तो अव्यवहारिक हर्कत उनी किन गर्दैछन् ? उनले गर्नुपर्ने त राजीनामा दिने अनि सबै दललाई आह्वान गरेर भारतीय नाकाबन्दी विरुद्ध जुझ्ने राष्ट्रिय बनाउ भन्नुपर्ने हो ।   तर, उनी ठीक उल्टो दौडमा छन् । जुन अहिलेको संकटमा मुलुकका जनताले खोेजेको विकल्प होइन । उर्जामन्त्री राधा ज्ञवाली र खेलकुद मन्त्रीको हर्कत विवादास्पद भएको अहिले होइन झण्डै आधा एक वर्ष अघिदेखिकै हो । सरकार नै नरहने भएपछि उनीहरुलाई जाँदाजादै नसिहतको आवश्यकता ठूलो की भारतको कठोर नाकाबन्दी ठूलो किन बुझ्दैनन् प्रधानन्त्री यो कुरा ? किन बुझाउदैनन् उनलाई उनका आसेपासेले यो कुरा ?   समस्या भारतसँग कुटनीतिक पहल गरेर टुंग्याउन अहोरात्र लाग्नुपर्ने हो । तर, सरकारका मन्त्री र भारतका लागि राजदुत भारतीय लबीका लम्किरहेका छन् । विजयकुमार गच्छदारले बरु ‘भारतीय नाकाबन्दी ठीक होइन, दर्शै, तिहारजस्ता चाडबाडका बेलामा यस्तो गर्नु गल्ती हो, तुरुन्तै खोज्नुपर्छ’ भन्दैछन् । तर, जनताको आशा र अपेक्षा विपरीत भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय र संचारमन्त्री मिनेन्द्र रिजाल भारतकै कित्तामा उभिएका छन् । उपाध्याय भन्दै छन्, ‘भारतले नाकाबन्दी गरेकै छैन । मोदीले दुई चार दिनमा वक्तव्य निकालेपछि समस्या समाधान हुन सक्छ ।’   सरकारका अर्का चल्दाफुर्दा संचारमन्त्री विदेशसम्म पुगेर नेपालमा नाकाबन्दी गरिएको छैन भन्ने सन्देश प्रभाहित गर्न सफल भइसके । भारतीय मिडियाले संविधानका विषयमा तथ्य बंग्याएर अनर्गल प्रचार गरेकै कारण भारतीयमा नेपालको संविधान राम्रो छैन भन्ने भ्रम बाँडेका छन् । त्यसैले यस्तो भ्रमबाट आक्रान्त नेपालीलाई यो पच्ने विषय रहेन । केबल संचालकहरुले भारतीय मिडियाको अनर्गल प्रचार सहन नसकेर भारतीय टिभीहरु बन्द गरे । तर, उनै मन्त्री रिजालले तत्काल खोल्न भन्दै लिखित निर्देशन दिए । राष्ट्रियताका लागि स्वतःस्फूर्त रुपमा व्यवसायीहरुले गरेको सो कदमलाई उनले कारवाही गर्ने चेतावनी दिएका छन् ।   देश संकटमा परेको बेला जनतालाई अभिभावकत्व प्रदान गर्ने सरकारको दायित्व र जिम्मेवारी यो भन्दा माथि हुन सक्दैन ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending