Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

ठुलो हुँदैमा सानालाई पेल्न मिल्दैनः चिनियाँ राष्ट्रपति

\"xiकाठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ठुलो हुँदैमा साना राष्ट्रलाई पेल्न नपाइने बताएका छन् । उनले संयुक्त राष्ट्रसंघको ७० औं महाँसभालाई संवोधन गर्ने क्रममा भारतले नेपालमा गरिरहेको नाकाबन्दी लाई इङगित गर्दै ठुला राष्ट्रहरुले आफु ठुलो र बलियो छु भन्दैमा साना राष्ट्रिहरुको आन्तरिक मामलामा हस्तक्षेप गर्न नहुने बताए । उनले देशको नाम उल्लेख नगरिकनै धनी वा गरिब, ठूला वा साना संसारका सबै देश समान रहेको’ स्मरण गराएका गराए । ठुला हुँदैमा साना, गरिव र कमजोर मुलुकहरु पेल्न नहुने उनको भनाइ रहेको थियो । सार्वभौम समानताको सिद्धान्तले राष्ट्रसंघको बडापत्रलाई मजबुत बनाएको छ, विश्वको भविष्य निर्माणमा सबै देशको भूमिका हुनैपर्छ,’ राष्ट्रसंघ महासभामा पहिलोपटक सम्बोधन गरेका राष्ट्रपति सीले भने, ‘ठूला, बलिया र धनीले साना, कमजोर र गरिबलाई पेल्न मिल्दैन । सार्वभौमिकताको सिद्धान्त भनेको भौगोलिक अखण्डता मात्र होइन । तिनको आन्तरिक मामिलामा पनि हस्तक्षेप हुनु हुदैन भन्ने हो उनले भने । सबै मुलुकले आफ्नो इच्छाअनुसार स्वतन्त्रतापूर्वक आफ्नो सामाजिक व्यवस्था अनि विकासको बाटो पहिल्याउन र जनताको जीवनस्तर उकास्न पाउनुपर्छ, यसको सबैले सम्मान गर्नु पर्ने उनको भनाई थियो । विश्वका प्रमुख राष्ट्रले द्वन्द्व, झगडा होइन आपसी सम्मान र जित हुने साझेदारी निर्माणको सिद्धान्त अवलम्बन गर्नुपर्ने उनले बताए । ठूला देशले साना देशलाई समान व्यवहार गर्नुपर्छ र आफ्नो स्वार्थ र चासोभन्दा सम्बन्धित देशको न्यायलाई अगाडि राखेर सम्बन्ध बढाउने सही मार्ग लिनुपर्छ,’ उनले भने । अरुलाई दबाव र हस्तक्षेपमा राखेरै आफ्नो जित हुन्छ भन्ने पुरानो र थोत्रिएको सोचाइलाई त्यागेर नयाँ र फराकिलो दृष्टिकोणको विकाश गर्नु पर्नेमा जोड दिदै उनले भने हामीले आफुहरुको विचको विवाद र मतभेदलाई संवाद र सहमतिबाटै हल गर्न सक्छौं ।’ करिब ३ वर्षअघि चीनको सर्वोच्च कार्यकारी पद सम्हालेका राष्ट्रपति सीले सम्बोधनका दौरान चिनियाँ विदेश नीतिलाई महासभामा राख्ने प्रयत्न गरे । चीन विश्व शान्तिका लागि निरन्तर सहभागी भइरहनेछ, हामी शान्तिपूर्ण विकासमा प्रतिबद्ध छौं,’ उनले वर्तमान नेपाल–भारतको सम्बन्धमा देखिएको खटपटतर्फ संकेत गर्दै भने, ‘चीनले कहिल्यै हेपाहापन, विस्तारित हुने वा प्रभावमा राख्ने सोच लिने छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending