Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

दिउँसोदेखि खुलेको सुनौली नाकाबाट के –के भित्रिए ? (अपडेटसहित)

\"oil\"

भैरहवा । रुपन्देहीको सुनौली नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिएका छन् ।

बुधबार नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको रोकिएका मालबाहक साधनहरु नेपालमा पठाउने निर्णय भएको थियो । त्यसलगत्तै सुनौली नाकाबाट निर्वाधरुपमा मालबाहक सवारी–साधन नेपाल भित्रिन थालेका हुन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार अहिलेसम्म १ सय ४ ओटा ट्रक, २१ ओटा बस, एलपी ग्यासको ४ बुलेट, पेट्रोल–डिजल का ४, कार्बनको ४ ट्रक, अक्सिजन बोकेको एक गाडी, नयाँ गाडी १२, र ३ ओटा पीकअप भ्यान भित्रिएका छन् ।

६४ ओटा ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहुँ, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु कम्बल, टायरलगायतका सामग्री हरुपनि भित्रिएका छन् । मालबाहक गाडीहरु भित्रिने क्रम अहिले पनि जारी छ ।

मधेसी मोर्चाका कार्यकर्ताहरुलाई दशगजाबाट हटाइएपछि भारतबाट निर्वाधरुपमा सवारी–साधन भित्रिएका हुन् । भारतमा रोकिएका तेलका ट्यांकर र अन्य मालबाहक सवारी–साधनहरु भारतीय प्रहरीले कडा सुरक्षाका साथ सीमासम्म ल्याइरहेको छ ।

भारतीय बजार सुनौलीमा प्रहरीचौकीमा बसेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी राजश्व गस्तीका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खनाल, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रविन्द्र प्याकुरेल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी र भारतको तर्फबाट महाराजगन्जका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम सिंह र भारतीय सुरक्षा बलका अधिकारीहरु सहभागी थिए ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending