Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अघोषित नाकाबन्दीले नेपाल भारत सम्बन्धमा चिसोपनः गगन थापा

\"DSC_0534\"भक्तपुर । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान निमार्णमा भारतले प्रत्यक्ष प्रभाव जमाउन नसकेपछि लगाएको अघोषित नाकाबन्दीले नेपाल भारत सम्बन्धमा चिसोपन देखिएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले मधेशमा भएको आन्दोलनलाई अघि सारेर सुरक्षाको अवस्था देखाउँदै जसरी अघोषित नाकाबन्दी गरेको छ त्यसले नेपाल भारतको सम्बन्धलाई दिर्घकालिन असर पारेको बताएका हुन । थापाले संविधान निमार्णको समयमा भारतले आफ्नो दुत पठाएर हस्तक्षेप गर्नेदेखि पछि देशको सार्वभौमिकताको रक्षाका लागि ९० प्रतिशतको सहमतीले संविधान जारी गरिएको र आफ्नो प्रभाव देख्न नसके पछि मधेश आन्दोलनको बहानामा भारत नाकाबन्दीसम्मको गतिविधिमा उत्रनु अन्तराष्ट्रिय मापदण्ड बिपरित भएको बताए । उनले भने– ‘नेपाल जस्तो भुपरिबेष्ठित देशमा जसरी सुरक्षाको अवस्था भन्दै नाकाबन्दी गरेको छ यो गलत छ । घोषित अघोषित कुनै पनि नाकाबन्दी गर्न नपाउने भन्दै विभिन्न अन्तराष्ट्रिय कानुनको अभावका कारण नेपाल अन्तराष्ट्रिय अदालतमा जान नसक्ने बताए  । उनले नेपालभित्र उठेका समस्याको समाधान नेपालीले नै गर्ने हो जसकारण भ्रामक विषयहरु जनतामाझ लगेर मधेशलाई अन्धकारमा नराख्न र काठमाडौलाई दबाव दिएर मधेश आन्दोलनका नाममा नाकाबन्दी गर्न छाडेर तत्काल वार्तामा आउनु पर्ने भन्दै उनले भने –‘संविधानमा केहि संसोधन गरी समस्या समाधान गर्न सकिन्छ । मधेशका नेताहरुले तत्काल आन्दोलन त्याग्नु पर्ने र यता संसोधनको प्रक्रिया समेत जारी राख्नु पर्ने उनको टिप्पणी थियो । थापाले विगतका दिनमा नेपालका नेताहरुले भारतका नेताहरुसँग कोठे सम्बन्ध गाँस्दै आफ्नो लाभको लागि उपयोग गर्ने गरेता पनि त्यस्ता सम्बन्धले कुनै काम गर्न नसकेको स्पष्ट भईसकेकाले अवका दिनमा राष्ट्रिय हितलाई ध्यान दिएर स्वार्थ केन्द्रित सम्बन्ध त्याग्न राजनीतिक दलका नेताहरु अग्रसर बन्नु पर्नेमा जोड दिए । उनले नेपाल सरकारको योजना कति कम्जोर छ भन्ने विषय यो नाकाबन्दीले प्रष्ट परिसकेको भन्दै नेपाललाई परनिर्भर देशको रुपमा अगाडी लाने हो या दिर्घकालिन सोचलाई कार्यान्वयन गर्ने संकल्पका साथ अव एक जुट भएर आत्मनिर्भर भएर अगाडी बढ्ने हो भन्ने नीति निर्माताहरुले सोच्ने बेला आएको छ । थापाले उत्तरतर्फको नाका खोल्ने विषयमा सरकारले पहल गरिरहेको र केहि दिनमै उत्तरतर्फको नाका खुल्ने बताउँदै उनले भने ‘नेपाल आत्म निर्भर बन्न नसके दक्षिण मात्र नभए उत्तर तर्फले समेत कुनै पनि बेला नाकाबन्दी गरे पाँच दिन पनि नेपाली बाँच्न नसक्ने अवस्था देखिएकाले दुबै छिमेकीसँग सुमधुर सम्बन्ध गाँस्दै आत्मनिर्भर तर्फ अग्रसर बन्नु पर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending