सिड्नी।अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीद्वारा गरिएको सह-आयोजनाको प्रस्ताव सोमबार अस्वीकार गरेको छ ।
दुवै देशबिचको प्रतिस्पर्धी बोलीले ब्राजिलको बेलेममा चलिरहेको यो वर्षको जलवायु वार्तालाई प्रभावित गर्दै लगेका कारण अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो । क्यानबेरा र अङ्कारा दुवैलाई हाल जारी गतिरोध अन्त्य गर्न तथा ब्राजिलको कूटनीतिक छविमा नकारात्मक प्रभाव नपार्न अन्तर्राष्ट्रिय समुदायबाट निकै दबाब परेको छ ।
कोप–३१ को आयोजक राष्ट्र सर्वसम्मतिले निर्धारण गर्नुपर्ने प्रक्रियाअनुसार अस्ट्रेलिया वा टर्की दुवै मध्ये कुनै एकले बोली फिर्ता नलिएसम्म वा सह-आयोजनामा सहमत नभएसम्म दुवै स्वतः बाहिरिने जोखिममा छन् । यस्तो स्थिति उत्पन्न भए कोप-३१ को जिम्मेवारी निर्धारित व्यवस्थाअनुसार जर्मनीमा सारिन सक्छ, जुन अभूतपूर्व कदम हुने छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार टर्कीसँग सह-आयोजना गर्ने प्रस्तावलाई स्पष्ट रूपमा खारेज गर्नु भएको थियो । उहाँले भन्नुभयो, “यो विकल्पै होइन र सबैलाई थाहा छ-त्यसैले यो प्रस्ताव अस्वीकार गरिएको हो ।” यसका विपरीत टर्कीको एक कूटनीतिक स्रोतले अङ्काराले ‘सह–अध्यक्षता’ मोडेलको वकालत गरिरहेकाले सम्भावित सहकार्यको ढोका खुला नै रहेको तर सहमति नजुटे पनि एक्लै आयोजक बन्न तयार रहेको उल्लेख गरेको छ ।
अस्ट्रेलियाले आफ्नो प्रशान्त छिमेक राष्ट्रसँग मिलेर दक्षिण अस्ट्रेलियाको एडिलेड सहरलाई सम्भावित आयोजक स्थलका रूपमा प्रस्ताव गरेको छ, जसले जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित प्रशान्त क्षेत्रलाई विश्वको ध्यान केन्द्रित गराउने उद्देश्य राखेको छ । प्रशान्त टापु राष्ट्रले विगतमा कोप शिखर सम्मेलनमा आफ्नो आवाज पर्याप्तरूपमा सुन्न नदिएको वा व्यावहारिक समाधान नदिएको गुनासो गर्दै आएका छन् ।
अस्ट्रेलिया स्वयम् पनि जलवायु जोखिमका दृष्टिले कमजोर मानिन्छ । व्यापक वनस्पति-जीवजन्तु तथा उच्च तापक्रमका कारण आगलागीदेखि चरम मौसमी असरसम्म धेरै चुनौती रहेका छन् । तर यदि अस्ट्रेलिया आयोजक बन्न सफल भयो भने यसले आफ्नो हरित नीतिको कठोर मूल्याङ्कनको सामना गर्नु पर्ने छ ।
विश्वकै दोस्रो ठूलो कोइला निर्यातकर्ता भएका कारण देशले जीवाश्म इन्धनबाट लाभ उठाउँदै आएको र जलवायु कार्यलाई राजनीतिक तथा आर्थिक विवादको विषय बनाएको आलोचना हुँदै आएको छ । देशभित्र वर्षौंदेखि जारी ‘जलवायु युद्ध’ ले उत्सर्जन नीतिमा प्रगति अवरुद्ध गर्दै आएको पनि व्यापकरूपमा चिन्ताको विषय बनेको छ ।
यदि अस्ट्रेलियाले कोप-३१ आयोजना गर्ने अवसर पायो भने प्रशान्त क्षेत्रमा पहिलो पटक यस्तो ठूलो अन्तर्राष्ट्रिय जलवायु सम्मेलन बस्ने छ, जुन ऐतिहासिक उपलब्धि हुने छ । टर्कीले पनि कोप-३१ ले विश्वका सबैभन्दा कमजोर क्षेत्र, विशेषतः प्रशान्त राष्ट्र, सम्बन्धी मुद्दालाई विशेष सत्रमार्फत प्राथमिकता दिनुपर्ने अपेक्षा राखेको बताइएको छ ।
अस्ट्रेलिया र टर्कीबिचको मतभेद समाधान गर्न ब्राजिलले एक विशेष दूत नियुक्त गरेको छ । तर कूटनीतिज्ञका अनुसार नोभेम्बर २१ मा कोप-३० सकिनुअघि सहमति बन्ने कुनै सङ्केत अहिलेसम्म देखिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: