Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

अस्ट्रेलियाद्वारा टर्कीसँग संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन सह-आयोजनाको प्रस्ताव अस्वीकार

खबरडबली संवाददाता

सिड्नी।अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीद्वारा गरिएको सह-आयोजनाको प्रस्ताव सोमबार अस्वीकार गरेको छ । 

दुवै देशबिचको प्रतिस्पर्धी बोलीले ब्राजिलको बेलेममा चलिरहेको यो वर्षको जलवायु वार्तालाई प्रभावित गर्दै लगेका कारण अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो । क्यानबेरा र अङ्कारा दुवैलाई हाल जारी गतिरोध अन्त्य गर्न तथा ब्राजिलको कूटनीतिक छविमा नकारात्मक प्रभाव नपार्न अन्तर्राष्ट्रिय समुदायबाट निकै दबाब परेको छ । 

कोप–३१ को आयोजक राष्ट्र सर्वसम्मतिले निर्धारण गर्नुपर्ने प्रक्रियाअनुसार अस्ट्रेलिया वा टर्की दुवै मध्ये कुनै एकले बोली फिर्ता नलिएसम्म वा सह-आयोजनामा सहमत नभएसम्म दुवै स्वतः बाहिरिने जोखिममा छन् । यस्तो स्थिति उत्पन्न भए कोप-३१ को जिम्मेवारी निर्धारित व्यवस्थाअनुसार जर्मनीमा सारिन सक्छ, जुन अभूतपूर्व कदम हुने छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार टर्कीसँग सह-आयोजना गर्ने प्रस्तावलाई स्पष्ट रूपमा खारेज गर्नु भएको थियो । उहाँले भन्नुभयो, “यो विकल्पै होइन र सबैलाई थाहा छ-त्यसैले यो प्रस्ताव अस्वीकार गरिएको हो ।” यसका विपरीत टर्कीको एक कूटनीतिक स्रोतले अङ्काराले ‘सह–अध्यक्षता’ मोडेलको वकालत गरिरहेकाले सम्भावित सहकार्यको ढोका खुला नै रहेको तर सहमति नजुटे पनि एक्लै आयोजक बन्न तयार रहेको उल्लेख गरेको छ ।

अस्ट्रेलियाले आफ्नो प्रशान्त छिमेक राष्ट्रसँग मिलेर दक्षिण अस्ट्रेलियाको एडिलेड सहरलाई सम्भावित आयोजक स्थलका रूपमा प्रस्ताव गरेको छ, जसले जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित प्रशान्त क्षेत्रलाई विश्वको ध्यान केन्द्रित गराउने उद्देश्य राखेको छ । प्रशान्त टापु राष्ट्रले विगतमा कोप शिखर सम्मेलनमा आफ्नो आवाज पर्याप्तरूपमा सुन्न नदिएको वा व्यावहारिक समाधान नदिएको गुनासो गर्दै आएका छन् ।

अस्ट्रेलिया स्वयम् पनि जलवायु जोखिमका दृष्टिले कमजोर मानिन्छ । व्यापक वनस्पति-जीवजन्तु तथा उच्च तापक्रमका कारण आगलागीदेखि चरम मौसमी असरसम्म धेरै चुनौती रहेका छन् । तर यदि अस्ट्रेलिया आयोजक बन्न सफल भयो भने यसले आफ्नो हरित नीतिको कठोर मूल्याङ्कनको सामना गर्नु पर्ने छ । 

विश्वकै दोस्रो ठूलो कोइला निर्यातकर्ता भएका कारण देशले जीवाश्म इन्धनबाट लाभ उठाउँदै आएको र जलवायु कार्यलाई राजनीतिक तथा आर्थिक विवादको विषय बनाएको आलोचना हुँदै आएको छ । देशभित्र वर्षौंदेखि जारी ‘जलवायु युद्ध’ ले उत्सर्जन नीतिमा प्रगति अवरुद्ध गर्दै आएको पनि व्यापकरूपमा चिन्ताको विषय बनेको छ ।

यदि अस्ट्रेलियाले कोप-३१ आयोजना गर्ने अवसर पायो भने प्रशान्त क्षेत्रमा पहिलो पटक यस्तो ठूलो अन्तर्राष्ट्रिय जलवायु सम्मेलन बस्ने छ, जुन ऐतिहासिक उपलब्धि हुने छ । टर्कीले पनि कोप-३१ ले विश्वका सबैभन्दा कमजोर क्षेत्र, विशेषतः प्रशान्त राष्ट्र, सम्बन्धी मुद्दालाई विशेष सत्रमार्फत प्राथमिकता दिनुपर्ने अपेक्षा राखेको बताइएको छ ।

अस्ट्रेलिया र टर्कीबिचको मतभेद समाधान गर्न ब्राजिलले एक विशेष दूत नियुक्त गरेको छ । तर कूटनीतिज्ञका अनुसार नोभेम्बर २१ मा कोप-३० सकिनुअघि सहमति बन्ने कुनै सङ्केत अहिलेसम्म देखिएको छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगमा बयान दिन उपस्थित भए रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । सोमबार लेखक आयोगमा बय...

नख्खुबाट भागेका एक कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चि...

महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति शुरु

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...

अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...

चिसो बढेपछि चन्द्रपुरका विद्यालय आजदेखि बन्द

रौतहट। रौतहटमा  चिसो अत्याधिक बढेपछि चन्द्रपुर  नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...

मोरङमा गाँजा तस्करी पक्राउ गर्न लगातार हवाई फायर, एम्बुलेन्सबाट ४८० किलो गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...

आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending