Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सैनिक विमानबाट इन्धन ढुवानी गर्ने सरकारको तयारी

\"Doverकाठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण इन्धनको हाहाकार भैरहेकाबेला नेपाल सरकारले विदेशबाट सैनिक विमानमार्फत् इन्धन ओसार्ने प्रक्रिया अगाडि बढाएको छ । बंगलादेशबाट रसीयन विमान क्यानडीड, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी सरकारले गरेको हो ।

इन्धन अभावका कारण आन्तरिक उडानसमेत प्रभावित भएपछि सरकारले तेस्रो मुलुकबाट इन्धन ओसार्ने सोच बनाएको हो । भारतलाई इन्धन आपूर्ति रोकेपछि वाणिज्य, गृह, पर्यटन र अर्थ मन्त्रालयको सचिवस्तरीय बैठकले सरकारलाई सुझाव दिन ७ सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित प्राविधिक समितिले सरकारलाई चारवटा विकल्प सहितको सुझाव दिएको छ ।

पहिलो उपायको रुपमा चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल–७६ विमान भाडामा लिई हवाई इन्धन आपूर्ति गर्न सरकारलाई सुझाव दिइएको छ ।

चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल–७६ विमान व्यापारिक प्रयोजनका लागि प्रयोग हुन्छ । हाल यो विमान भारत, रसीया, युक्रेन लगायतका सेनाहरुले प्रयोग गरिरहेका छन् ।

प्राविधिक समितिले पहिलो उपाय सम्भव नभए चीन र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्न सकिने दोस्रो विकल्प दिएको छ । दोस्रो विकल्पअनुसार चीन र अमेरिकी सैनिक विमानबाट इन्धन नेपाल ओसार्न सकिने प्राविधिक समितिको ठहर छ ।

यसबाहेक एमआई–१७ हेलिकप्टरबाट पनि हवाई इन्धन आपूर्ती गर्न सकिने छ । यो तेस्रो उपायले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रहेका विमानस्थलसम्म नजिकैका भारतीय सहरबाट हवाई इन्धन ल्याउन सकिन्छ ।प्राविधिक समितिको बैठकले नेपाल वायुसेवा निगमको बोइङ ७५७ बाट पनि इन्धन आपूर्ती गर्न सकिने भनेको छ ।

तर, रसीयन विमान वा चिनियाँ र अमेरिकी सैनिक विमानबाट आपूर्ती गर्न सबैभन्दा उपयुक्त हुने प्राविधिक समितिले जनाएको छ ।संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार तत्कालको संकट टार्ने चार विकल्पसहितको उपाय सुझाइएको हो ।

हाल इन्धन अभाव भएपछि सरकारले अन्तराष्ट्रिय उडानका विमानहरुलाई आफ्नो पायक पर्ने देशमै इन्धन भर्न भनेको छ । आन्तरिक उडानमा प्रयोग भैरहेका विमानहरुलाई भने केही दिनलाई पुग्ने हवाई इन्धन रहेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

इन्धन अभाव भएपछि जोर विजोर र कोटा प्रणाली लागु गरेर पनि संकट नटरेपछि सरकारले विहीबारदेखि निजी सवारी साधनहरुलाई इन्धन नदिने निर्णय गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: