Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सैनिक विमानबाट इन्धन ढुवानी गर्ने सरकारको तयारी

\"Doverकाठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण इन्धनको हाहाकार भैरहेकाबेला नेपाल सरकारले विदेशबाट सैनिक विमानमार्फत् इन्धन ओसार्ने प्रक्रिया अगाडि बढाएको छ । बंगलादेशबाट रसीयन विमान क्यानडीड, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी सरकारले गरेको हो ।

इन्धन अभावका कारण आन्तरिक उडानसमेत प्रभावित भएपछि सरकारले तेस्रो मुलुकबाट इन्धन ओसार्ने सोच बनाएको हो । भारतलाई इन्धन आपूर्ति रोकेपछि वाणिज्य, गृह, पर्यटन र अर्थ मन्त्रालयको सचिवस्तरीय बैठकले सरकारलाई सुझाव दिन ७ सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित प्राविधिक समितिले सरकारलाई चारवटा विकल्प सहितको सुझाव दिएको छ ।

पहिलो उपायको रुपमा चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल–७६ विमान भाडामा लिई हवाई इन्धन आपूर्ति गर्न सरकारलाई सुझाव दिइएको छ ।

चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल–७६ विमान व्यापारिक प्रयोजनका लागि प्रयोग हुन्छ । हाल यो विमान भारत, रसीया, युक्रेन लगायतका सेनाहरुले प्रयोग गरिरहेका छन् ।

प्राविधिक समितिले पहिलो उपाय सम्भव नभए चीन र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्न सकिने दोस्रो विकल्प दिएको छ । दोस्रो विकल्पअनुसार चीन र अमेरिकी सैनिक विमानबाट इन्धन नेपाल ओसार्न सकिने प्राविधिक समितिको ठहर छ ।

यसबाहेक एमआई–१७ हेलिकप्टरबाट पनि हवाई इन्धन आपूर्ती गर्न सकिने छ । यो तेस्रो उपायले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रहेका विमानस्थलसम्म नजिकैका भारतीय सहरबाट हवाई इन्धन ल्याउन सकिन्छ ।प्राविधिक समितिको बैठकले नेपाल वायुसेवा निगमको बोइङ ७५७ बाट पनि इन्धन आपूर्ती गर्न सकिने भनेको छ ।

तर, रसीयन विमान वा चिनियाँ र अमेरिकी सैनिक विमानबाट आपूर्ती गर्न सबैभन्दा उपयुक्त हुने प्राविधिक समितिले जनाएको छ ।संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार तत्कालको संकट टार्ने चार विकल्पसहितको उपाय सुझाइएको हो ।

हाल इन्धन अभाव भएपछि सरकारले अन्तराष्ट्रिय उडानका विमानहरुलाई आफ्नो पायक पर्ने देशमै इन्धन भर्न भनेको छ । आन्तरिक उडानमा प्रयोग भैरहेका विमानहरुलाई भने केही दिनलाई पुग्ने हवाई इन्धन रहेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

इन्धन अभाव भएपछि जोर विजोर र कोटा प्रणाली लागु गरेर पनि संकट नटरेपछि सरकारले विहीबारदेखि निजी सवारी साधनहरुलाई इन्धन नदिने निर्णय गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending