हामी नयाँ सत्ता, अदालत र सरकार बनाउँछौं -धर्मेन्द्र बास्तोला ‘कञ्चन’
आश्विन १४ गते, २०७२ बिहिवार 1st October, 2015 Thu०९:३९:१९ मा प्रकाशित
मंसिर ८ मै संविधान घोषणा हुने चर्चा चल्दा किरण–बादल नेतृत्वको पार्टीमा बसेर त्यस्तो संविधानको प्रतिकार गर्न असम्भव हुने भयो भन्दै अलग पार्टी बनाउनुभएका तपाईंहरुले त झन् १० महिनापछि असोज ३ मा संविधान घोषणा हुँदा समेत खासै प्रतिरोध गर्न सक्नुभएन नि, होइन ?
खासमा यो राजनीतिक कुरा हो र राजनीतिक प्रतिरोधको कुरा हो, त्यो हामीले गरेका छौं । राजनीतिक हिसाबले हामीले स्पष्ट गरेका छौं कि संसद्वादीहरुले एकलौटी रुपमा शान्ति प्रक्रियाबाट पछाडि फर्के । माओवादी आन्दोलन जो नेपाली जनताको चाहना र आकांक्षा हो, जो नेपालका अहिलेका ठोस अन्तर्विरोधहरु हुन्, जसको समाधानका लागि नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ– त्यसमाथि कुठाराघात गरेपछि नेपाली जनताले पनि उनीहरुको हैकम र अधिनायकत्व मात्रुपर्छ भत्रे छैन । जनताले त्यसको प्रतिवाद गर्न सक्छन् भनेर हामीले प्रष्ट्याएका छौं । कथित नयाँ संविधानका विरुद्ध यो नै हाम्रो सशक्त प्रतिरोध हो ।
‘नयाँ संविधान’ प्रति अहिले तपाईंहरुले गरिरहेको विरोध र असहमतिलाई त जनसंख्याको ठूलो हिस्साले सुनेजस्तो र टेरेजस्तो देखिँदैन नि ? यत्ति मात्रै विरोधका लागि त एमाओवादीभित्रै बसेको भए पनि हुने रहेछ, झन् किरण–बादलसँग समेत सम्बन्धविच्छेदको त के नै अर्थ देखियो र ?
कुरा त्यस्तो होइन । यसबीच हामीले राजनीतिक हिसाबले जे–जति गरेका छौं, ती सामान्य प्रकारका छैनन् । अहिले संसदवादको हावा चलेका कारण धेरै मानिसहरु त्यसको वरिपरी नै घुमेका देखिन्छन् । तर, सामान्यतया विश्वभरमै पुँजीवादले र विशेशतः नेपालमा संसदवाद या दलाल पुँजीवादले खडा गरेका राजनीतिक–वैचारिक विभ्रमहरुलाई तोड्दै हामीले वैज्ञानिक समाजवादको आदर्श स्थापित गर्दै लगेका छौं र नेपाली जनतालाई त्यो बाटोमा उत्साहपूर्वक अघि बढाएका छौं । त्यसकारण हामीले जे गरेका छौं र जुन राजनीतिक अडान तथा नीतिका साथ अगाडि बढेका छौं, त्यसलाई पार्टीमा भएको विभाजनको अर्थ र केवल विरोधको कुरासँग मात्र हेर्न सकित्र । भलै, तपाईंले प्रश्न उठाउनुभएका दुई पटकका विभाजनको औचित्य र महत्व त भविष्यमा क्रमशः स्पष्ट हुने नै छ ।
‘संसदवादी’ हरुले ‘नयाँ संविधान’ घोषणा गरेकै दिन तपाईंहरुले पनि ‘जनगणतन्त्र नेपालको संविधानसम्बन्धी अवधारणा’ सार्वजनिक गर्नुभयो, के यसलाई नेपालको संविधान २०७२ कै ‘समानान्तर संविधान’ मान्न सकिन्छ ? त्यही नै हो त नेकपा माओवादीको आशय ?
हामीले प्रस्तुत गरेको अवधारणा जनवादी गणतन्त्र नेपालको संविधानमा हुने आधारभूत कुराको प्रारम्भिक खाका हो । र तपाईंले सोध्नुभएजस्तो यो एक हिसाबमा समानान्तर संविधान र समानान्तर सत्ता पनि हो । किनभने, संसद्वादीहरुले हालै घोषणा गरेको कथित संविधानले संसद्वादी सत्ताको प्रतिनिधित्व गर्छ र हामीले प्रस्तुत गरेको खाकाले जनवादी सत्ताको प्रतिनिधित्व गर्छ ।
उसोभए तपाईंहरुले केन्द्र, प्रदेश र स्थानीय तहसम्म सोही अवधारणा (तपाईंहरुको संविधान) अनुसारका समानान्तर राज्य संरचना पनि त घोषणा गर्दै हुनुहुन्छ होला नि ?
हो । संसद्वादीहरुले माओवादीसँगका सम्पूर्ण सहमतिलाई तोडेर पुरानो सत्तामै एकलौटी ढंगले फर्किसकेपछि नेपाली जनता संसद्वादीहरुका हर्कतलाई खारेज गरेर जनताको जनवादी सत्तामा जान स्वतन्त्र छन् । त्यसकारण केन्द्रदेखि गाउँसम्म नै पुरानो वर्गको संसद्वादी सत्ताका ठाउँमा नयाँ जनसत्ता, पुराना अदालतहरुका ठाउँमा नयाँ अदालत र पुरानो संसद्वादी सरकारका ठाउँमा नयाँ जनसरकारहरु बन्छन्, यो कुरा त सुनिश्चित नै छ ।
वैकल्पिक राजनीतिक धार, वैकल्पिक संविधान–कानुन र वैकल्पिक सत्तासम्मका कुरा गर्नुभयो, तर अझैसम्म तपाईंहरु स्वयम् पनि कार्यनीतिकै अलमलमा हुनुहुन्छ भनिन्छ नि ?
त्यो कुरा सही होइन । हामी रणनीतिक र कार्यनीतिक प्रश्नमा एकदमै स्पष्ट छौं । दसवर्षे महान् जनयुद्धप्रति नेतृत्वको एउटा तप्काले गरेको विश्वासघातलाई चिर्दै जनयुद्धका बाँकी कार्यभार एकीकृत जनक्रान्तिको माध्यमबाट पूरा गर्न सकिन्छ र गर्नुपर्छ भन्नेमा हामी पूर्णतः स्पष्ट छौं ।
गतसाता जनजिब्रोलाई अन्तर्वार्ता दिँदै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले ‘एकीकृत जनक्रान्ति’ भन्ने तपाईंहरुको कार्यनीति कुनै हालतमा प्रयोग हुन नसक्ने र त्यसमार्फत क्रान्ति हुनै नसक्ने उल्लेख गर्नुभयो नि ? तपाईंहरु बाहेक देशका कुनै पक्ष र शक्ति पनि एकीकृत जनक्रान्तिप्रति आशावादी र विश्वस्त देखिएका छैनन्, उनीहरुलाई कसरी आश्वस्त पार्नुहुन्छ ?
पार्टी विभाजन भइसकेपछि किरणजीहरुसँग राम्रोगरी हाम्रो छलफल हुन पाएको छैन । छलफल भयो भने निश्चित रुपले उहाँले बुझ्नुहुने छ र भत्रुहुने छ– अबको नेपालमा क्रान्ति गर्ने वैचारिक, राजनीतिक र संगठनात्मक विधि भनेको एकीकृत जनक्रान्तिको कार्यदिशा नै हो । अरु पक्ष र जनसमुदायलाई यसबारे बुझाउने, प्रशिक्षित गर्ने र व्यवहारबाट सिद्ध गर्ने प्रक्रिया त निरन्तर अगाडि बढिरहेने नै छ ।
नेपालमा अब एक शताब्दीसम्म पनि क्रान्ति, उच्च स्तरको संघर्ष र झन् सशस्त्र प्रतिरोध त सम्भवै छैन भनेर थुप्रै उपल्लो स्तरका माओवादी नेताहरुले नै बताउँदै हिँडेका छन्, तपाईंहरुले चाहिँ किन ‘क्रान्तिको सपना’ साँचिरहनु भएको ?
यस्तो तुच्छ, आधारहीन र कायरतापूर्ण अभिव्यक्ति माओवादीको उपल्लो स्तरको नेताले व्यक्त गर्ने कुरै होइन । यदि कोही साँच्चै नै उपल्लो स्तरको माओवादी नेता हो भने उसले त्यसो भत्र पनि सक्दैन । यस्तो कुरा त माओवादी विचारबाट पतन भएर तल्लो स्तरमा पुगेका अवसरवादी, सिद्धान्तहीन, भ्रष्ट र व्यापारीले मात्रै भत्रे कुरा हो । कुनै समयमा माओवादी आन्दोलनको उपल्लो स्तरमा पुगेका तर विचार–सिद्धान्तबाट च्युत भैसकेका केही सिद्धान्तहीनहरु, भ्रष्टहरु, त्याग–बलिदानको पवित्र राजनीतिलाई लुट–खसोटको व्यापारमा बदलेका पाखण्डीहरुले यसो भन्दै हिँडेको हामीले पनि सुनेका छौं र तपाईंले पनि त्यही कुरा सुनेको हुनुपर्छ । तिनका बर्बराहटको कुनै अर्थ छैन किनभने हिजो ०५२ सालमा हामीले जनयुद्ध सुरु गर्दा पनि त्यतिबेलाका संशोधनवादी–अवसरवादीहरुले यसै भनेका थिए ।
जहाँसम्म हामीले क्रान्किो सपना साँचिरहेको कुरा तपाईंले उठाउनुभयो, साँच्चै नै हामीले साँचेको यो महान् सपना हो । सबै उत्पीडित जनताले यही सपना साँचेका छन् र तिनको साथमा हामी छौं । सबै उत्पीडित जनताले क्रान्तिबाट समाजमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको सपना देखेका छन् । जनताका यी सपनाहरु अत्यन्तै स्वाभाविक र जायज छन्, सभ्य समाजको निर्माण गर्ने यी सपनाहरु निश्चित रुपले पूरा हुने छन्, त्यसको अगुवाई गर्ने प्रयास हामीले गरिरहेका छौं ।
विगतको त्यति भयानक जनप्रतिरोध र त्यत्रो उचाइमा पुगेको क्रान्तिमा त यति ठूलो धोका भयो, तपाईंहरुले पनि क्रान्तिलाई के टुंगोमा पु¥याउनुहोला र भनेर क्रान्ति नै चाहनेहरुमध्ये पनि धेरैले आशंका गरिरहेका छन् नि ?
महान् जनयुद्धको नेतृत्व गरेका केही नेताहरुले नै जनताको विजयको डिलमा आएर संसदवादसामु नाङ्गो र भद्दा किसिमले आत्मसमर्पण गरेर नेपाली जनताप्रति गद्धारी गरेको हुनाले आम जनतामा माओवादी नेतृत्वप्रति आशंका र अविश्वास पैदा हुनु स्वाभाविकै हो । यो सामान्य मनोविज्ञानको कुरा नै हो । तर, विज्ञानको कुरा के हो भने हरेक वस्तु सामान्यबाट विशिष्टमा विकशित हुन्छ र विशिष्ट चाहिँ सामान्य बन्छ । नेपालको विशिष्टतामा हे¥यौं भने पनि यो कुरा सजिलै देख्न सकिन्छ । तमाम आन्दोलन, तिनको असफलता, केही उपलब्धि र त्यसैमा टेकेर पुनः आन्दोलन । यस्तो चक्र सामान्यतः विश्वमा र विशेतः नेपालको इतिहासमा पटकपटक देख्न पाइन्छ । अब हुने आन्दोलनले पुरानो सत्तालाई पूरै बढार्ने छ । त्यसकारण यहाँ धेरै शंका गर्नुपर्ने कुरा छैन ।
बारम्बार ‘कांग्रेस–एमाले–एमाओवादीले शान्ति सम्झौता भंग गरिसके, हामीले पनि त्यसलाई मान्नुपर्ने कुनै कारण छैन’ भन्दै आउनुभएको छ । के हो यसको तात्पर्य ? तपाईंहरुले शान्ति सम्झौता नमान्दैमा के हुन्छ र नेपालमा ?
शान्ति सम्झौता भनेको नयाँ नेपाल निर्माण गर्नेगरी माओवादी क्रान्तिकारीहरु र संसद्वादीहरुबीच भएको सहमति हो । पुरानो सत्ताले जनताको जीवनमा परिवर्तन ल्याउन सकेन, देशमा परिवर्तन आउन सकेन, देशले सामन्त तथा दलाल पुँजीवादले थोपरेको जंगली युगलाई पार गरेर मानव सभ्यतामा पदार्पण गर्न सकेन । त्यसकारण यस्तो बर्बर, पाखण्डी, जनतामाथि अत्याचार थोपर्ने सत्ताको अन्त्य गर्न जनयुद्ध भयो र देशका संसद्वादीहरुले उनीहरुको बर्बर, निरंकुश, लुटाहा तथा जंगदी राजनीतिक शैली त्यागेर आधुनिक सभ्यतामा आउने प्रतिबद्धता रोल्पमा भएको वार्ता र सहमति हुँदै विकसित शान्ति सम्झौतासम्ममा जनाए । त्यसैले नेपालको एक कालखण्डमा शान्ति सम्झौताको आवश्यकता प¥यो । त्यो सम्झौताको तात्पर्य संसद्वादीहरुमा वर्तमान राजनीति र समाजले अपेक्षा गरेअनुरुपको राजनीतिक, वैचारिक, सांस्कृतिक परिवर्तन आउनुपर्छ भत्रे थियो । तर, अहिले ती सबै सहमतिहरु उल्लंघन गरेर संसद्वादीहरु उही पुरानै बर्बरता, पाखण्ड र पराधिनताको जंगली युगतिर फर्किसके तर जनता त्यस्तो युगमा फर्कन सक्दैनन् । नेपाली जनता एक्काईसौं शताब्दीको सभ्य र सम्पत्र मानवजाति बत्र चाहन्छन् । त्यसैले अबका नेपाली जनताले फेरि पनि साम्राज्यवाद–विस्तारवादको आडमा टिकेका सामन्त तथा दलाल नोकरशाही पुँजीवाद र तिनको सत्ताका विरुद्ध संघर्ष गर्ने छन् । निश्चित रुपले देश शान्ति चाहन्छ, प्रगति चाहन्छ र उत्रति चाहन्छ । तर, संसद्वादीहरुले सत्ताको आडमा बर्बरता थोपरेर शान्ति भंग गरेका छन् । हामीले भनेको स्पष्ट कुरा के हो भने संसद्वादीहरुले शान्ति भंग गरेर जनतामाथि विगतका उत्पीडन कायम राख्ने क्रम छाड्दैनन् भने त्यसको अवश्य नै प्रतिरोध हुन्छ ।
‘संसदवादी’ हरु निर्धक्कसाथ आफ्नो बाटो अघि बढिसके, संसद्वाद नमान्ने तपाईंहरु अब के–के गर्नुहुन्छ ? अलि ठोसमा भन्नोस् न ।
संसद्वादीहरु हिजो पनि निर्धक्क थिए र आज पनि छन् । तर, उनीहरुको निद्रा त्यतिबेला हराम भएको थियो, जतिबेला तत्कालीन राजा ज्ञानेन्द्रले उनीहरुको सरकार निलम्बन गरेर तिनलाई आ–आफ्नै घरमा कैद गरिदिएको थियो । तर, बाहिरबाहिर उनीहरु निर्धक्क जस्तो देखिए पनि अहिले तिनको मुटु काँपिरहेको छ । देशमा दस हजारभन्दा बढी सहिदहरुको रगतमा गणतन्त्र आयो । गणतन्त्रको उच्चारण गर्न नसक्नेहरु अहिले त्यसको मसिहा बनेको अभिनय गरिरहेका छन् । तर, संसदवादीहरुले यतिबेला ती सहिदहरु र तिनका परिवारहरु तथा राज्यद्वारा बेपत्ता बनाइएका हजारौं योद्धाहरु र तिनका परिवारजनहरु, राज्यको बर्बरताद्वारा घाइते–अपांग तुल्याइएका हजारौं योद्धाहरु तथा जनयुद्धमा लामबद्ध भएका लाखौं जनताको घोर अपमान गरेका छन् र देश तथा जनतामाथि गम्भीर धोखाधडी गरेका छन् । यो अपराध उनीहरुको मष्तिष्कमा रातदिन ‘भूत’ भएर सवार हुने गरेको छ, त्यसले उनीहरुमा चैन आउन किमार्थ दिएको छैन । तपाईंले हेर्नुभयो भने असोज ३ गते आइतबार कथित संविधानको घोषण गरियो, भोलिपल्ट ४ गते नै त्यसको संशोधन गर्ने बाध्यता आइहाल्यो । अब संसद्वादीहरुका अगाडि चाहे साम्राज्यवाद–विस्तारवादका सामु होस्, चाहे जनताका सामु– आत्मसमर्पण बाहेक अर्को बाटो नै छैन । त्यसकारण हामी जनताका अधुरा मुद्धाहरुलाई पूरा गर्न, देशमा नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद स्थापना गर्न, संसद्वादीहरुको अराजक, बर्बर तथा असभ्य समाज र राज्यसत्ताको अन्त्य गरेर सुन्दर, सभ्य, स्वाभिमान र समृद्ध समाज निर्माण गर्ने संघर्षमा लागिसकेका छौं, यसमा दृढतापूर्वक अघि बढ्छौं ।
(विप्लव नेतृत्वको माओवादीका स्थायी समिति सदस्य बास्ताेलासँग केदारनाथ गौतमले लिएकाे अन्तर्वार्ता)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: