Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

तातोपानी नाका खुलाउन एमालेले विद्यार्थी टोली खटायो

\"tatopaniकाठमाडौं । भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली विहिबार त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार ९सामग्री० हस्तान्तरण गरी टोलीलाई बिदाइ गरेका हुन् । नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको नाका खुलाउन सहयोगी बन्नुले सङ्कटका बेला युवाहरू राष्ट्र निर्माण र स्वाभिमानको अभियानमा सामेल हुन्छन् भन्ने सन्देश दिएको बताए । उनले आन्दोलन नभएका भैरहवा, काँकडभिट्टाजस्ता भारतीय सीमाबाट पनि पेट्रोलियम पदार्थलगायतका सामग्रीका सवारी साधन आउन नसक्नुले भारतीय पक्षको नियतमा प्रश्न उठेकाले यस्तो व्यवहार सच्चाएर भूपरिवेष्टित मुलुक नेपालको पारवहन अधिकार प्राप्तिमा अवरोधक नबन्न आग्रह गरे । पोखरेलले भने – ‘यदि भूकम्पपछिको अवस्थामा भारतले नेपाललाई साँच्चै सहयोग गरेको हो भने अहिलेको व्यवहारले भूकम्पको घाउमा नुन छर्किएसरह भएको छ, यो व्यवहारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्राष्ट्रिय सम्बन्ध र छविमा समेत प्रतिकूल असर पर्ने र भारतीय अर्थतन्त्रमा पनि प्रभाव पर्ने कुरालाई हेक्का राख्न म आग्रह गर्दछु ।’ संविधान जारी भएपछि सञ्चालन गरिएको राष्ट्रिय जागरण अभियानअन्तर्गत करिब एक सयजनाको सो टोली त्यसतर्फ लागेको सङ्गठनका महासचिव नविना लामाले जानकारी दिइन । टोलीले तीन दिन पूर्ण श्रमदान ९स्वयम्सेवा० गर्नेछ । भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधन चल्न सक्ने गरी खुलाएको सो राजमार्ग खुलेको केही दिनपछि लिपिङ र तातोपानी बजार क्षेत्रमा सुक्खा पहिरोका कारण पुनः अवरुद्ध भएको थियो । बाटो खुलाउन सडक डिभिजन कार्यालय चरीकोट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि क्रियाशील छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending