Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

राजनीतिक सहमतिको आधारमा सिमांकन हेरफेर गर्न सकिन्छः तीन दल

\"baluwatar-400\"काठमाडाैं । सिमांकनको बिषयमा प्रदेशहरुको  सिमांकनमा हेरफेर गर्न प्रमुख तीन दलका नेताहरु सकारात्मक देखिएका छन् । मधेसी मोर्चाकोले उठाउँदै आएको मागप्रति तीन दलहरुका शिर्ष नेताहरु बीचमा सकारात्मक छलफल भइरहेको बताइएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मधेसी मोर्चाको मागलाई लिएर प्रमुख तीन दलको बैठक भएको थियो । उत्त बैठकले मधेसी मोर्चाले उठाएका मागलाई सकारात्मक रुपमा लिएर वार्ताको वातावरण बनाउने निर्णय गरेको हो । मधेसी मोर्चाले विगतमा भएका ८ बुँदे र २२ बुँदे सहमति कार्यन्वयनको राजनैतिक प्रतिवद्धता माग गर्दै आएको छ । उसले जिल्ला हरुमा घोषणा गरिएको दंगा ग्रस्त घोषणा फिर्ता गरिनु पर्ने , तराइ आन्दोलनका क्रममा मारिएकाहरुलाई शहिद घोषणा गरिनु पर्ने, आन्दोलनमा क्रममा घाइते भएका को निशुल्क उपचार गर्नु पर्ने , पिडित परिवारलाई क्षतिपुर्ति दिनु पर्ने , गिरफ्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिह गरिनु पर्ने शर्त राख्दै आएको छ । बैठकमा सात प्रदेशको सीमांकन हेरफेर गर्न सकिने र  राजनीतिक सहमतिका आधारमा प्रदेशहरुको सीमा हेरफर गर्न सकिने प्रस्ताव मधेसी मोर्चासमक्ष राख्ने निर्णय गरेको छ । तीनदलले तत्काल संविधान संशोधन गरेर समानुपातिक समावेशी र निर्वाचन क्षेत्रसम्वन्धी विषय सम्बोधन गर्न सकिने बताएका छन् । नयाँ संविधानमा संशोधन गरेर सामाजिक न्यायको हकमा समानुपातिक समावेशी राख्ने र हालको जिल्लाको भूगोलमा एक निर्वाचन क्षेत्र नहट्ने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने तीनदलको प्रस्ताव छ । वार्त टोलीका सदस्यहरु अहिले तीनदलको बैठकले गरेको निर्णयको नयाँ प्रस्तव सहित मधेसी मोर्चाका नेता तथा तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न तमलोपाको कार्यलय विजुली बजार जाने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE