Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

तीन दलको बैठकमा किन झोक्किए प्रचण्ड ?

\"Prachanda_shirsha\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस÷नेकपा एमाले र एमाओवादीको तीन दलीय बैठकमा ‘संविधान निर्माणका लागि गरिएको सहमतिप्रति कोही नढगमगाउन’ भन्दै थर्काएका छन् । एउटा स्वाधिन राष्ट्रले संविधान निर्माण गर्दा नाकाबन्दी खेप्नुपरिरहेको भन्दै प्रचण्डले आक्रोसपूर्ण रुपमा नेताहरुलाई सचेत गराएका थिए । बैठक स्रोतले भन्यो,–प्रचण्ड निकै आक्रामक रुपमा प्रस्तुत भए । उनले भारतीय हस्तक्षेप भईरहेको र नेताहरु आफ्नो देशको हितमा अडिन थालेपछि अनावश्यक दवाव खेप्न परिरहेको प्रति इंगित गर्दै नेताहरुसँग नहल्लिन र नझुक्न आग्रह गरेका थिए । पछिल्लो चरण मुख्य दलका नेताहरुलाई फुटाउन खोजिएको र संविधान निर्माणपछि बन्ने सरकार यसअघिको सहमतिअनुसार हुन नदिने खेलमा कोही लागिरहेको बताएका थिए । स्रोतले प्रचण्डलाई उल्लेख गर्दै भन्यो, –‘अब बन्ने प्रधानमन्त्रीलाई टेण्डर हाल्दै हिडिएँको छ । हामी खुट्टा उचाल्न थालेका छौं । के हामीले संविधान निर्माणपूर्व गरेको सहमति भुलेका हौं ?’ प्रचण्डले जनता स्वभिमानि भएको र नझुक्न खबरदारी गर्दै गरेको बेलामा नेताहरु स्वार्थमा अल्झन नहुने बरु नाकाबन्दीको विकल्प खोज्नुपर्ने बताएका थिए । उनले सरकारले नाकाबन्दीको बिकल्प खोज्न नसकेको र जनताप्रति अनुत्तरदायी रहेकोमा असन्तुष्टी समेत पोखेका थिए । जनता नाकाबन्दीको बिरद्ध लड्न र भोकै बस्न तयार हुँदा सरकारका जिम्मेवार नेताहरुले उल्टो बोल्दै हिडेकोमा समेत प्रचण्ड असन्तुष्ट छन् । स्रोतका अनुसार प्रचण्डले अहिले भारतीय नाकाबन्दीको विकल्पमा चिनिया पषसँग उत्तरका नाका खोल्न कुटनितिक पहल गरिरहेका छन् भने मधेस आन्दोलनका जायज मागहरु पुरा गरेर समाधान गर्नसमेत पहल गरिरहेका छन् । प्रचण्ड आन्तरिक मामला आफै सल्ट्याएर भारतलाई जवाफ दिन चाहन्छन् । नेपाली कांग्रेस तथा सरकारमा सहभागी मन्त्रीहरु भारतपरस्त भएका हुन् कि भन्ने प्रचण्डको  शंका छ । बैठकमा प्रचण्ड झोक्किएपछि अरु नेताहरु खासै बोलेनन् । न त उनको उत्तर नै कसैले दियो । यसअघि भारतीय गुप्तचर संस्था ‘र’ का पूर्वप्रमुख अवधेस विहारी माथुरले नेपालका सबैजसो नेताहरुलाई भेट्नुका साथै सम्भावित नेताहरुलाई प्रधानमन्त्री बन्न आग्रह गरेको समाचार प्रकाशित भएको थियो । भारतीय संस्थापन पक्ष नेपालका ठुला दलका नेताहरु प्रचण्ड, केपी शर्मा ओली र सुशिल कोईरालासँग चिढिएको छ । भारतीय स्वार्थअनुसार संविधान निर्माण नगरेको भन्दै मुख्य त एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भारत बदला लिने रणनितिमा छ । संविधान निर्माण गर्नुपूर्व दलहरुविच संविधान निर्माण पश्चात सुशिल कोईरालाले राजिनामा दिएर उमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको अनुमान गरिएको छ । भारतीय संस्थापन पक्ष बदला स्वरुप नेपालमा अबको प्रधानमन्त्री ओलीलाई नबनाउने योजनामा खेल्न थालेको नेताहरु बताउँछन् । प्रचण्डले तीन दलको बैठकमा मधेसका जायज मागहरु तत्काल सम्बोधन गर्न र भारतीय दादागिरीका विरुद्ध खरो उत्रन समेत आग्रह गरेको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending