Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

पारसलाई कारवाही, कप्तानबाटै हटाइयो

\"Paras-Khadka\"काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ ।   आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए । स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो । क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरित काम गरेको निष्कर्ष निकालेको थियो ।   पारसले पटकपटक क्रिकेट व्यवस्थापनप्रति असन्तुष्टी व्यक्त गर्दै आएका छन् । क्रिकेटको विकासमा क्यान बोर्ड जिम्मेवार नभएको आरोप पनि उनले लगाउँदै आएका छन् ।
पारस सन् २००९ देखि सिनियर टोलीका कप्तान थिए । क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले पारसलाई कप्तानबाट हटाउने निर्णय गरिएको बारे केही बताउन चाहेनन्। उनले भने, \'पछिल्लो समयमा खेलाडीहरू क्यानविरुद्ध राजनीति गरिरहेका छन् । खेलाडीको अनुशासनविपरीत गतिविधिलाई लिएर क्यान गम्भीरचाहिँ भएको छ।\'
खेलाडीले आफ्नो कमजोरी ढाकछोप गर्न पनि क्यानलाई दोषी देखाउने गरेको कर्माचार्यले बताए।\'नेपाली टोलीले टीट्वेन्टी विश्वकप छनोटमा राम्रो खेल्न सकेन तर त्यसको सम्पूर्ण दोष खेलाडीले क्यानलाई लगाए। हामीले सक्नेजति सबै सुविधा दिएकै थियौं\', कर्माचार्यले भने। उनले क्यानबाट तलब खाएर क्यानकै विरुद्ध बोल्नु अशोभनीय भएको बताए।
खेलाडी सधैं क्यानप्रति \'बायस\' भएको आरोप पनि उनले लगाए। \'खेलाडीहरू सधैं क्यानविरुद्ध खनिने गरेका छन्। खेलाडीले वर्तमान क्यान बोर्डबाट पाउनुपर्ने सबै पाइसकेका छन्। त्यसैले उनीहरू अर्को क्यान नेतृत्वको कुरा गरिरहेका छन्। भोलि आउने क्यानको कार्यसमितिलाई पनि उनीहरूले टिक्न दिने छैनन्\', कर्माचार्यले भने।
क्रिकेट खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेलाई नेपालमा नराखे आफूहरूले नखेल्ने चेतावनी पनि दिएका थिए। कप्तान पारससहित खेलाडीहरूको उक्त रबैयाबाट क्यान बोर्ड निकै असन्तुष्ट बनेको थियो।
पारसकै कप्तानीमा नेपालले केही वर्षयता अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। नयाँ कप्तानका विषयमा विनोद भण्डारी र शरद भेषावकरको चर्चा रहेको स्रोतले जनाएको छ। नेपालले आगामी नोभेम्बरमा वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुआन्युगिनीसँग यूएईमा खेल्दैछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending