Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

राष्ट्रिय सहिदपार्क निर्माणमा भ्रष्टाचार : जोगिन मन्त्रालय फकाउँदै

\"park_cover\"काठमाण्डौ । काठमाडौंको गोकर्णमा निर्माणाधीन राष्ट्रिय सहिद पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले आफूमाथि लागेको अनियमितताको आरोपबाट जोगिन मन्त्रालय फकाउने जुक्ति निकालेका छन् । पार्क निर्माणको क्रममा काम पनि अघि नबढाएको र अनियमिता गरेको आरोप लागेपछि अध्यक्ष सिग्देलले शान्ति तथा पुनर्निर्माण मन्त्रालयलाई फकाएर आफू आरोपबाट उम्कने जुक्ति लगाएका हुन् । २०६२–०६३ को जनआन्दोलनपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको अगुवाईमा तत्कालीन गोकर्ण गाविसमा ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको सम्झनामा राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) बनाउने घोषणा गरिएको थियो । परियोजना २०७१ साल वैशाखमा कार्यान्वयनमा आउनुपर्ने हो । तर यति लामो समय बितिसक्दा पनि पार्क निर्माणको काम ३० प्रतिशत पनि सम्पन्न नभएको र अरु बाटो नबन्दै हेलिप्याड बनाएर रकम सक्ने काम भएको भन्दै सिग्देलविरुद्ध स्थानीय बासिन्दा आक्रोसित भएका छन् । आफूविरुद्ध लागेको भन्दै उनले बिहीबार व्यवस्थापन समितिका ३ जनाविरुद्ध स्पष्टीकरण लिइ जबर्जस्ती निर्णय गराउन लगाएर मन्त्रालयलाई चित्त बुझाउन लागेको समितिका एक सदस्यले जानकारी दिए । अध्यक्ष सिग्देलले आप्mनो बदनाम गराउन खोजेको भन्दै व्यवस्थापन समितिका सदस्यहरु राजेन्द्र गौतम, किरण केसी र प्रकाशमणी पोख्रेललाई पत्र काटेर स्पष्टीकरण लिएका हुन् । स्रोतका अनुसार शान्ति तथा पुनर्निर्माणमन्त्री नरहरि आचार्यले कैयौं पटक औपचारिक बैठकमा अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै पद छोड्न चेतावनी दिइसकेका छन् । मुलगेटबाट पार्कसम्म जानका लागि निर्माण गरेको सिंढीको बिल उनले ४२ लाख पास गरेका स्थानीय ठेकेदार राजन गौतमले बताए । गौतम भन्छन्– ‘मलाई सिंढीको सानो ठेक्का दिएको थियो, मैले समयमै काम सम्पन्न गरें । तर, बिल पास हुन ६ महिनाभन्दा बढी लाग्यो ।’ काठमाडौंको यज्ञडोल (जगडोल) सामुदायिक वन गोकर्णमा करिब ४४ करोडको लगानीमा निर्माण हुन लागेको उक्त परियोजना पार्क निर्माण कार्यदल कार्यसम्पादन समितिको लापरवाही र कमाउधन्दाकै कारण अलपत्र परेको उपभोक्ताले गुनासो गरेका छन् । २०५९ वैशाख १ गतेको मन्त्रिपरिषद् सामाजिक समितिको निर्णयले पार्कभित्र काटिएका ४ सय ४५ ओटा रुख वनकै सम्पत्तिको रुपमा रहने निर्णय गरेको थियो । त्यति मात्र होइन समितिको २०६९–०७० को भेलाले पनि त्यस्तै निर्णय गरेको छ । तर, ती रुख काटिएको तीन वर्ष बित्नै लाग्दा  पनि त्यसको हिसाब–किताब नराखिएको सामुदायिक वन उपभोक्ता समितिका सदस्य जनजित केसीले बताए । केसी भन्छन्– ‘झण्डै १५ लाख बजेट खर्च गरेर ४ सय ४५ वटा रुख काटियो, झण्डै ५० लाखको सम्पत्ति हुन सक्छ त्यो, तर अहिले कुहिएर गोबरको गुइँठा जस्तो बनिसकेको छ ।’ व्यवस्थापन समितिका एक सदस्यले भने, ‘भ्रष्टाचारका लागि प्रमाण जुटाउँदै छौं, प्रमाण जुटाएपछि अख्तियार जाने तयारी गरिरहेका छौं ।’ सिग्देलले पार्क निर्माणका क्रममा बनाएको पर्खालका नाममा रकम कुम्ल्याएको स्थानीयको आरोप छ । पार्कको पर्खालमध्ये झण्डै २ सय ५० मिटर तार कम्पाउण्ड निर्माण गरेका छन् । तर, त्यो पर्खालको हिसाब मिलान पक्की पर्खालको भनेर गरिएको श्रोतले बताएको छ । तर सिग्देलले भने सबै ठेक्कापटटठाको काम मन्त्रालयबाटै हुने भन्दै आफूले अनियमितता नगरेको र आफूले तलव मात्र खाले गरेको दावी गरेका छन् । सिग्देलले सरकारबाट विशिष्ट श्रेणीको तलब–भत्ता र सेवा–सुविधा पाउँदै आएका छन् । तीन जनासँग स्पष्टीकरण लिएपछि अध्यक्ष सिग्देल र कोषाध्यक्ष श्रेष्ठले बाहिर आएको समाचारमा सत्यता नभएको दावीसहित निर्णय शान्ति मन्त्रालयमा पाठाएर फकाउने तयारी गरेको श्रोतको दावी छ । काम ३० प्रतिशत पनि छैन, हेलिप्याड बनिसक्यो पार्क निर्माणको काम ३० प्रतिशत पनि सकिएको छैन । तर, सिग्देलले हतार हतार हेलिप्याड बनाइसकेका छन् । अहिले उक्त हेलिप्याड स्थानीय युवाहरुको मोटरसाइकल स्टन्ट गर्ने थलो बनेको छ । मोटरसाइकल स्टन्टका क्रममा दुई जनाको मृत्यु भइसकेको छ । पार्कभित्रका रुखमा पनि हिनामिना २०५९ वैशाख १ गते मन्त्रिपरिषद् सामाजिक समितिको निर्णयले पार्कभित्र काटिएका ४ सय ४५ ओटा रुख वनकै सम्पत्तिको रुपमा रहने भनिएको छ । समितिको०७० को भेलाले पनि त्यस्तै निर्णय गरेको छ । तर, ती रुख काटिएको तीन वर्ष बित्नै लाग्दा पनि त्यसको हिसाब–किताब राखिएको छैन । वन मन्त्रालयसँग १ रुख कटान गर्दा २५ रुख रोप्ने सम्झौता भए पनि त्यतातिर ध्यान नदिइएको सामुदायिक वन उपभोक्ता समितिका सदस्य जनजित केसीले बताए । केसी भन्छन्– ‘झण्डै १५ लाख बजेट खर्च गरेर ४ सय ४५ वटा रुख काटियो, झण्डै ५० लाखको सम्पत्ति हुन सक्छ त्यो, तर अहिले कुहिएर गोबरको गुइँठा जस्तो बनिसकेको छ । आफ्नै हात जगन्नाथ सिग्देलले पार्क निर्माणका चल्तीको बाटो छोडेर आफ्नै जग्गाबाट पार्कसम्म जाने बाटो निर्माण गरेका छन् । उनको चारआना जग्गाकै छेउबाट नियम मिचेर बाटो लगेपछि उनको जग्गाको भाउ अहिले एक्कासि उक्लिएको छ । यता सिग्देलले भने ‘त्यो मेरो जग्गा होइन, छोराको हो, उसैले किनेको होला थाहा भएन । छोराको व्यवहार मैले सोध–खोज गर्ने कुरा पनि भएन ।’ रित्तो डाँडो हेर्न १० रुपैयाँ शुल्क सहिद पार्क बनिसकेको छैन । खण्डहर डाँडोमा घेरा मात्र हालिएको छ । तर, त्यहाँ छिर्नलाई १० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर सहिद पार्क अवलोकन गर्न जानेहरुले केही नभएको भन्दै कर्मचारीलाई अभद्र व्यवहार समेत गर्ने  गरेका छन् । अहिलेसम्म १०–१२ पटक हातपातसमेत भइसकेको स्थानीय बताउँछन् । रातारात तीन वर्ष थपियो आयोजना सिग्देलले समयमा काम पूरा गर्न नसकेपछि आलोचित हुनुपर्ला भनेर आयोजना अरु तीन वर्षका लागि थप गर्ने तयारी गरेको श्रोतको भनाई छ । ‘पार्क निर्माणमा नीतिगत र निर्माण व्यवसायीको लापरबाहीले ढिलासुस्ती भयो र समयमा काम सम्पन्न गर्न सकिएन,’ सिग्देलले भने, ‘त्यसैले मन्त्रीस्तरीय विकास समाधान समितिको बैठकबाट आयोजना तीन वर्षका लागि थप गर्ने निर्णय भएको छ ।’ कर्मचारी दैनिक ज्यालदारीमा, मन्त्रालयको पैसा अध्यक्षको गोजीमा शान्ति मन्त्रालयले कर्मचारीका लागि तलब भनेर करिब २० लाख निकासा गर्ने गरेको भए पनि कर्मचारी भने दैनिक ज्यालादारीमा काम गर्न बाध्य छन् । त्यहाँ कार्यरत ११ जना कर्मचारीले भनेजति तलब पाएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE