Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

नाकाबन्दी खोली सहज वातावरण बनाउन पर्यटन व्यावसायीको अपिल

काठमाडौं । भुकम्पले थिलोथिलो परेको देश जसलाई असल छिमेकीको नाताले सहयोग गर्नुृ पर्नेमा भारतले अघोषित नाकावन्दी  लगाएर नेपाली हरुलाई झनै ठुलो पिडा दिएको भन्दै पर्यटन व्यावसायी हरुले भारतिय अघोषित नाकावन्दीको विरोध गरेका छन् । रष्ट्रिय पर्यटन उद्योग महासंघका अध्यक्ष ज्योति अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै आम नेपाल र नेपालीलाई सजाय दिने खालको गतिविधि तत्काल रोक्न का लागी आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ – ‘भुकम्पले आतकिंत र थिलो पारेको वर्तमान नेपालमा पर्यटन क्षेत्रमा झनै ठुलो धक्का लागेको अवस्थामा असल छिमेकीको नाताले अर्थतन्त्रलाई उकास्न सहयोग गर्नु पर्ने अवस्थमा भारत, चिन सहित सबै मित्र राष्ट्र र नेपालमा रहनुभएका सबै प्रतिनिधिहरुलाई अन्तराष्ट्रिय सिमानाहरुमा आम नेपालीलाई संजायदिने खालको सबै राजनैतिक गतिविधी तत्काल रोक्न र त्यस्ता गतिविधि  कहिले पनि नहुने अवस्था सृजना गर्न हामी सबै पर्यटन ब्यबसायीहरुको तर्फबाट आनुरोध गर्दछौ ।’ विबिधताले भरिपुर्ण अथाह स्रोत र संभावना भएको उच्च हिमाली देश नेपाल लामो राजनैतिक द्वन्दले सबैखालका पेशा, ब्यबसाय, उत्पादन, निमार्ण र सिर्जनाहरुमा गतिहिन बनि लामो समय सम्म परनिर्भरता बढेको र कम क्षमता सहित श्रम बजारमा आश्रित रहनु परेकोअवस्था रहेको विज्ञप्तिमा जनाइएको छ । सबैखालका द्वन्दहरु वार्ता र सहमतिबाट संभव रहेको, अधिकार, जिम्मेवारी र कर्तव्यको हिसाबले नेपाल सबै नेपालीहरुको साझा भुमि रहनु पर्ने र  कोहि कसैबाट शासित र त्रसित रहने अवस्था आउनुहुन्न भन्नेमा आम ब्यबसायी नेपालीहरुको साझा सहमति रहेको विज्ञप्तिमा जनाइएको छ । कुनै नेपालीलाई  या समुदायलााई आफु अधिकार विहिन रहेको या हेपिएको अवस्थामहशुस छ भने राज्यले उपयुक्त विधिबाट त्यस्को तत्काल संबोधन गर्नु पर्ने भन्दै विज्ञप्तिमा भनिएको छ– ‘त्यसको लागी हामी नेपाल सरकारलाई एक पलपनि ढिला नगरी संबोधनको लागी हार्दीक अनुरोध गर्दछौ ।’ यस्तो जटिल अवस्थमा विभिन्न वहानामा सेवा र उन्पादनलाई प्रत्यक्ष असर पर्ने गरि मानवता विरोधी देखिने सबैखालका अन्दोलन तत्काल रोक्न र यथासंभव छिटो वार्ता मार्फत समास्याको हल खोज्न का सम्वन्धित पक्षलाई अग्रह गरिएको छ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending