Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भारतको निर्मम नाकाबन्दी सामू यसरी झुक्दैछ कांग्रेस सरकार

\"Sushil_Koirala\"काठमाडौं । परिवारमा संकट आयो भने संकट समाधानको लागि परिवारको मुलीले समाधानको बाटो खोजेर संकट टार्छ । तर, सिंगो देशका जनतालाई संकट र पीडाले छट्पटिदा यसबाट छुटकारा दिलाउने जिम्मा र दायित्व राज्यलाई हुन्छ । भारतको निर्मम र अत्याचारपूर्ण नाकाबन्दीबाट सिंगो नेपाल प्रताडित  भइरहेको बेला सबैको आशा उही सरकारमाथि छ । सरकारले कुटनीतिक पहल गरोस्, दैनिक प्रयोजनको सामग्रीको वैकल्पिक बाटो खोजोस् भन्ने कामना र अपेक्षा सरकारसँग देशैभरिबाट छ । सामाजिक संजामा व्यक्त भएका विचार, भावना, आक्रोस सबैको प्रतिनिधि प्रतिक्रियाले राज्यसँग यस्तै अपेक्षा गरेको छ । तर, भारतको अघोषित नाकाबन्दीले सडक ठप्प हुँदा, नागरिकका चुलो चिसो भइरहँदा, बिरामीले उपचार नपाइरहँदा, बालबालिका विद्यालय जानबाट बञ्जित भइरहँदा सरकार बोल्दैन, सुन्दैन, पहल गर्दैन र दिशाहीन हुन्छ भने यो जत्तिको लज्जाको विषय अरु के हुन सक्छ ? नेपालीले सार्वभौम संविधानसभाबाट संविधान बनाएकै भरमा सबैभन्दा नजिकको छिमेकी राष्ट भारतले सामान्य मानवीयताको ख्याल राखेन राखेन, नेपाल जस्ता भुपरिवेष्ठित देशले पाउने पारवहन सुविधाको अधिकारबाट बञ्चित हुनु परेको छ । यिनै अधिकारलाई अन्तर्राष्ट्रिय रुपमा उठाउने अवसर आएको कांग्रेस नेतृत्वको सुशील कोइराला सरकार सुस्त, गैरजिम्मेवार र विवेकहीन देखिएको हो ।
चीनले नेपालप्रति सद्भाव देखाउँदै साना देशविरुद्ध नाकाबन्दीजस्तो जघन्य हर्कत गरेको भन्दै कुटनीतिक शैलीमा भारतमाथि औंला उठायो । तर, भोको बसेर पनि अन्यायका विरुद्ध आवाज उठाउँदै राष्ट्रियता देखाउनुपर्ने बेला हाम्रो सरकार अन्तर्राष्ट्रिय मञ्चमा झुकेको, चुकेको छ
सदस्य राष्ट्र भएको नाताले नेपालले भारतीय अमानवीयभन्दा पनि तलको नीच व्यहवहारको अन्तर्राष्ट्रियकरण गर्र्ने विषयलाई संयुक्त राष्ट्रसंघबाट गुमाएको छ । देश पीडाले आक्रान्त बन्दै गइरहेका बेला सरकारको प्रतिनिधित्व गरेर राष्ट्रसंघमा पुगेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले गएराती महासभालाई सम्बोधन गर्दै गर्दा भारतीय दादागिरी र मानवताविरोधी अपराधकाविरुद्ध उनले बोल्छन् र नेपालको वास्तविकता विश्वसामू पस्कन्छन् भन्ने आम नेपाली अपेक्षा थियो । तर, अफसोच ! इन्धन अभावले चिसो चुल्हो भइ छट्पटिंदै गरेका नेपालीका यी आशामाथि कोइराला सरकारका यी मन्त्रीले अन्याय गरेका छन् । नेपाली भावनामाथि निर्मम र कठोर प्रहार गरेका छन् । भोका र पैदल हिडेर भारतीय नाकाबन्दी विरुद्ध अभाव सहेका नेपालीको संयमतालाई कमजोरी ठान्दै उल्टै सिंहले भारतले भूकम्पमा सहयोग गरेको भन्दै उल्टै भारतको ठूल्दाई व्यववहारलाई वैधता दिएका छन् । नाकाबन्दीविरुद्ध मौनता साध्दै उल्टै उनले भूकम्पमा सहयोग गरेको भन्दै भारतलाई धन्यवाद दिए । जुन मारमा रहेका नेपालीमाथिको अन्याय हो, नेपालीमाथिको अपराध हो, नेपालीमाथि अविवेकीपना हो । उनले भारतविरुद्ध तल्लो स्तरमा झरेर बोल्नुपर्छ भन्ने आशय पनि होइन । तर, समुद्रसँग पहुँच नभएका हामी जस्ता देशले पाउने पारवहन सुविधा हनन भएको विषय उनले उठाएर समस्या अन्तर्राष्ट्रियकरण मात्रै गर्दिउन् भन्ने हो । भारतको कुनै पनि कुनै छिमेकी देशसँग सौहाद्र्रपूर्ण सम्बन्ध छैन । नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान नै किन नहोस् । पाकिस्तान भारतको सीमा दादागिरीविरुद्ध उही महासभामा खरो रुपमा उत्रियो । चीनले नेपालप्रति सद्भाव देखाउँदै साना देशविरुद्ध नाकाबन्दीजस्तो जघन्य हर्कत गरेको भन्दै कुटनीतिक शैलीलमा भारतमाथि औंला उठायो । तर, भोको बसेर पनि अन्यायका विरुद्ध आवाज उठाउँदै राष्ट्रियता देखाउनुपर्ने बेला हाम्रो सरकार अन्तर्राष्ट्रिय मञ्चमा झुकेको, चुकेको छ । सिंहले नाकाबन्दी जस्तो जघन्य अपराधलाई त अन्तर्राष्ट्रियकरण गर्न सकेनन् नै । तर, महासाभामा नगई असन्तुष्ट दललाई समेट्ने र कुटनीतिक पहल गर्ने उद्घोष गरेका प्रधानमन्त्री  उनका मन्त्रीहरु पनि उस्तै लाचार देखिएका छन् । भारतले हामीमाथि निर्ममता देखाइरहँदा खरो कुटनीतिक क्षमता त देखिएको छैन छैन । इन्धन अभावमा आमहड्ताल जसरी सडक शुन्य बन्दै जाँदा विकल्पमासमेत ध्यान छैन । प्रधानमन्त्री कोइराला नयाँ सरकार गठनका बेला उल्टो बाटो हिड्दै मन्त्री फिर्ता गर्ने र वर्खास्त गर्नमै रमाएका छन् । आफूले समस्या समाधान गर्न नसकेपछि अर्को सरकारलाई बाटो खोल्न तयार हुनुको सट्टा उल्टै कोइराला नियमित र पाँच सरकारको दौड जसरी सत्तामा बस्न ढुक्क देखिन्छन् । एमालेबाट राजीनामा गरी मार्ग प्रशस्त गरी नयाँ सरकारमा सहयोग गर्न माग भइरहँदा कोइराला उल्टै सरकारमा टासिरहनु नालायकीको पराकाष्ठा हो । अहिले  हो भरे हो राजीनामा दिनुपर्ने अवस्थाका वावजुद देश पीडाले छट्पटिंदा उनी किन लाचार छन् भन्दै जनजनमा आक्रोश छ । तर, उनी सुन्दैनन्, अटेर गर्छन । यो जत्ति विडम्वना र अविवेकीपना के हुन्छ ? आफू पनि नगर्ने र अरुलाई पनि बाटो नछोड्ने उनको शैलीले भारतीय दादागिरीलाई मात्र बल पुगेको छैन । भारतसामू झुकेको, गलेको स्पष्ट संकेत पनि गर्दछ । कोइरालामात्र होइनन् उनकै मन्त्री र कांग्रेसका कोटाबाट भारतका लागि राजदुत बनाइएकाको हालत र शैली पनि उस्तै छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय हुन् की संचारमन्त्री मिनेन्द्र रिजाल नै किन नुहन् भारतले नाकाबन्दी गरेकै छैन भनेर उसको खुलमखुल्ला समर्थनमा उत्रिएका छन् । यो जत्ति लज्जा र नेपालीको माथिको अपमान अरु के हुन सक्छ ? जबकी मोदी सरकारले नेपालीमाथि विभेद गर्यो भन्दै मोदीलाई नेपालको रातो झण्डा भन्दै सामाजिक संजालमा भारतीयहरुले नै #NepalRedFlagsModi भन्दै टेन्डिंगलाई हिट गराउँदै सद्भाव देखाइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending