Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

भारतको निर्मम नाकाबन्दी सामू यसरी झुक्दैछ कांग्रेस सरकार

\"Sushil_Koirala\"काठमाडौं । परिवारमा संकट आयो भने संकट समाधानको लागि परिवारको मुलीले समाधानको बाटो खोजेर संकट टार्छ । तर, सिंगो देशका जनतालाई संकट र पीडाले छट्पटिदा यसबाट छुटकारा दिलाउने जिम्मा र दायित्व राज्यलाई हुन्छ । भारतको निर्मम र अत्याचारपूर्ण नाकाबन्दीबाट सिंगो नेपाल प्रताडित  भइरहेको बेला सबैको आशा उही सरकारमाथि छ । सरकारले कुटनीतिक पहल गरोस्, दैनिक प्रयोजनको सामग्रीको वैकल्पिक बाटो खोजोस् भन्ने कामना र अपेक्षा सरकारसँग देशैभरिबाट छ । सामाजिक संजामा व्यक्त भएका विचार, भावना, आक्रोस सबैको प्रतिनिधि प्रतिक्रियाले राज्यसँग यस्तै अपेक्षा गरेको छ । तर, भारतको अघोषित नाकाबन्दीले सडक ठप्प हुँदा, नागरिकका चुलो चिसो भइरहँदा, बिरामीले उपचार नपाइरहँदा, बालबालिका विद्यालय जानबाट बञ्जित भइरहँदा सरकार बोल्दैन, सुन्दैन, पहल गर्दैन र दिशाहीन हुन्छ भने यो जत्तिको लज्जाको विषय अरु के हुन सक्छ ? नेपालीले सार्वभौम संविधानसभाबाट संविधान बनाएकै भरमा सबैभन्दा नजिकको छिमेकी राष्ट भारतले सामान्य मानवीयताको ख्याल राखेन राखेन, नेपाल जस्ता भुपरिवेष्ठित देशले पाउने पारवहन सुविधाको अधिकारबाट बञ्चित हुनु परेको छ । यिनै अधिकारलाई अन्तर्राष्ट्रिय रुपमा उठाउने अवसर आएको कांग्रेस नेतृत्वको सुशील कोइराला सरकार सुस्त, गैरजिम्मेवार र विवेकहीन देखिएको हो ।
चीनले नेपालप्रति सद्भाव देखाउँदै साना देशविरुद्ध नाकाबन्दीजस्तो जघन्य हर्कत गरेको भन्दै कुटनीतिक शैलीमा भारतमाथि औंला उठायो । तर, भोको बसेर पनि अन्यायका विरुद्ध आवाज उठाउँदै राष्ट्रियता देखाउनुपर्ने बेला हाम्रो सरकार अन्तर्राष्ट्रिय मञ्चमा झुकेको, चुकेको छ
सदस्य राष्ट्र भएको नाताले नेपालले भारतीय अमानवीयभन्दा पनि तलको नीच व्यहवहारको अन्तर्राष्ट्रियकरण गर्र्ने विषयलाई संयुक्त राष्ट्रसंघबाट गुमाएको छ । देश पीडाले आक्रान्त बन्दै गइरहेका बेला सरकारको प्रतिनिधित्व गरेर राष्ट्रसंघमा पुगेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले गएराती महासभालाई सम्बोधन गर्दै गर्दा भारतीय दादागिरी र मानवताविरोधी अपराधकाविरुद्ध उनले बोल्छन् र नेपालको वास्तविकता विश्वसामू पस्कन्छन् भन्ने आम नेपाली अपेक्षा थियो । तर, अफसोच ! इन्धन अभावले चिसो चुल्हो भइ छट्पटिंदै गरेका नेपालीका यी आशामाथि कोइराला सरकारका यी मन्त्रीले अन्याय गरेका छन् । नेपाली भावनामाथि निर्मम र कठोर प्रहार गरेका छन् । भोका र पैदल हिडेर भारतीय नाकाबन्दी विरुद्ध अभाव सहेका नेपालीको संयमतालाई कमजोरी ठान्दै उल्टै सिंहले भारतले भूकम्पमा सहयोग गरेको भन्दै उल्टै भारतको ठूल्दाई व्यववहारलाई वैधता दिएका छन् । नाकाबन्दीविरुद्ध मौनता साध्दै उल्टै उनले भूकम्पमा सहयोग गरेको भन्दै भारतलाई धन्यवाद दिए । जुन मारमा रहेका नेपालीमाथिको अन्याय हो, नेपालीमाथिको अपराध हो, नेपालीमाथि अविवेकीपना हो । उनले भारतविरुद्ध तल्लो स्तरमा झरेर बोल्नुपर्छ भन्ने आशय पनि होइन । तर, समुद्रसँग पहुँच नभएका हामी जस्ता देशले पाउने पारवहन सुविधा हनन भएको विषय उनले उठाएर समस्या अन्तर्राष्ट्रियकरण मात्रै गर्दिउन् भन्ने हो । भारतको कुनै पनि कुनै छिमेकी देशसँग सौहाद्र्रपूर्ण सम्बन्ध छैन । नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान नै किन नहोस् । पाकिस्तान भारतको सीमा दादागिरीविरुद्ध उही महासभामा खरो रुपमा उत्रियो । चीनले नेपालप्रति सद्भाव देखाउँदै साना देशविरुद्ध नाकाबन्दीजस्तो जघन्य हर्कत गरेको भन्दै कुटनीतिक शैलीलमा भारतमाथि औंला उठायो । तर, भोको बसेर पनि अन्यायका विरुद्ध आवाज उठाउँदै राष्ट्रियता देखाउनुपर्ने बेला हाम्रो सरकार अन्तर्राष्ट्रिय मञ्चमा झुकेको, चुकेको छ । सिंहले नाकाबन्दी जस्तो जघन्य अपराधलाई त अन्तर्राष्ट्रियकरण गर्न सकेनन् नै । तर, महासाभामा नगई असन्तुष्ट दललाई समेट्ने र कुटनीतिक पहल गर्ने उद्घोष गरेका प्रधानमन्त्री  उनका मन्त्रीहरु पनि उस्तै लाचार देखिएका छन् । भारतले हामीमाथि निर्ममता देखाइरहँदा खरो कुटनीतिक क्षमता त देखिएको छैन छैन । इन्धन अभावमा आमहड्ताल जसरी सडक शुन्य बन्दै जाँदा विकल्पमासमेत ध्यान छैन । प्रधानमन्त्री कोइराला नयाँ सरकार गठनका बेला उल्टो बाटो हिड्दै मन्त्री फिर्ता गर्ने र वर्खास्त गर्नमै रमाएका छन् । आफूले समस्या समाधान गर्न नसकेपछि अर्को सरकारलाई बाटो खोल्न तयार हुनुको सट्टा उल्टै कोइराला नियमित र पाँच सरकारको दौड जसरी सत्तामा बस्न ढुक्क देखिन्छन् । एमालेबाट राजीनामा गरी मार्ग प्रशस्त गरी नयाँ सरकारमा सहयोग गर्न माग भइरहँदा कोइराला उल्टै सरकारमा टासिरहनु नालायकीको पराकाष्ठा हो । अहिले  हो भरे हो राजीनामा दिनुपर्ने अवस्थाका वावजुद देश पीडाले छट्पटिंदा उनी किन लाचार छन् भन्दै जनजनमा आक्रोश छ । तर, उनी सुन्दैनन्, अटेर गर्छन । यो जत्ति विडम्वना र अविवेकीपना के हुन्छ ? आफू पनि नगर्ने र अरुलाई पनि बाटो नछोड्ने उनको शैलीले भारतीय दादागिरीलाई मात्र बल पुगेको छैन । भारतसामू झुकेको, गलेको स्पष्ट संकेत पनि गर्दछ । कोइरालामात्र होइनन् उनकै मन्त्री र कांग्रेसका कोटाबाट भारतका लागि राजदुत बनाइएकाको हालत र शैली पनि उस्तै छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय हुन् की संचारमन्त्री मिनेन्द्र रिजाल नै किन नुहन् भारतले नाकाबन्दी गरेकै छैन भनेर उसको खुलमखुल्ला समर्थनमा उत्रिएका छन् । यो जत्ति लज्जा र नेपालीको माथिको अपमान अरु के हुन सक्छ ? जबकी मोदी सरकारले नेपालीमाथि विभेद गर्यो भन्दै मोदीलाई नेपालको रातो झण्डा भन्दै सामाजिक संजालमा भारतीयहरुले नै #NepalRedFlagsModi भन्दै टेन्डिंगलाई हिट गराउँदै सद्भाव देखाइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: