Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मुलुकको आर्थिक अवस्था सार्वजनिकः मुद्रास्फीति सात प्रतिशतमा कायम

\"nepal-rastra-bank\"

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति ६.९ प्रतिशत भएको छ । पाँचाँै पारिवारिक बजेट सर्वेक्षणको नतिजाका आधारमा संशोधित बस्तु र सेवाको डालोअनुसार साउन महिनामा वार्षिक विन्दुगत मुद्रास्फीतिमा गत वर्षको तुलनामा कमी आएको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थाअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.५ प्रतिशत थियो ।

समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकाङ्क वृद्धिदर ७.३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर ६.६ प्रतिशत छ ।

त्यसैगरी वार्षिक विन्दुगत थोक मुद्रास्फीतिमा पनि कमी आएको छ । समीक्षा अवधिमा दर ५.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.४ प्रतिशत रहेको थियो ।

भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेको कारण समग्र निर्यातमा ३.९ प्रतिशतले कमी आर्ई रु छ अर्ब ४६ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले कमी आई रु.६ अर्ब ७२ करोड रहेको थियो ।

वैशाख १२ को विनासकारी भूकम्पले पर्यटनलगायत समग्र सेवा क्षेत्रमा ठूलो क्षति पु¥याएकाले सेवा आयमा प्रतिकुल प्रभाव परी सेवा क्षेत्रतर्फको कुल आय १६ प्रतिशतले कमी आई रु ९ अर्ब ७० करोड रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा सेवा आय २९.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा शोधनान्तर बचत वृद्धि भएको छ । यस अवधिमा रु ४ अर्ब ९५ करोड बचत छ । अघिल्लो वर्षमा रु २ अर्ब ७७ करोड थियो । अमेरिकी डलरमा समीक्षा अवधिको शोधनान्तर बचत चार करोड ८४ लाख डलर रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत २ करोड ८६ लाख डलर रहेको थियो ।

त्यसैगरी साउन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति गत आवको असार मसान्तको रु ८२३ अर्ब ८७ करोडको तुलनामा २.३ प्रतिशतले वृद्धि भई रु ८४२ अर्ब ५३ करोड पुगेको छ ।

अघिल्लो समीक्षा अवधिमा यस्तो सञ्चिति २०७१ असार मसान्तको तुलनामा १.३ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा सरकारी खर्चमा कमी आएको तर सरकारी राजस्व तथा वैदेशिक अनुदानमा वृद्धि भएको कारण बजेट बचत वृद्धि हुन गएको छ ।

चालु आवको पहिलो महिनामा नगद प्रवाहमा आधारित सरकारी बजेट रु ३१ अर्ब ९७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट रु २८ अर्ब २६ करोडले बचतमा थियो ।

त्यस्तै समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्चमा ८५.४ प्रतिशतले कमी आर्ई रु १३ करोड मात्र भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च ८६.२ प्रतिशतले घटी रु ९१ करोड भएको थियो । समीक्षा अवधिमा चालु तथा पूँजीगत दुबै खर्चमा कमी आएकोले सरकारी खर्च घट्न गएको हो । समीक्षा अवधिमा नेपाल सरकारको राजस्व परिचालन १३.१ प्रतिशतले वृद्धि भई रु ३० अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ८.२ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ७० करोड पुगेको थियो । चालु आर्थिक वर्षमा पहिलो महिनामा विस्तृत मुद्राप्रदाय ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा शङ्कुचित मुद्राप्रदाय ३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्राप्रदाय ३.३ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा पटक–पटक गरी निक्षेप बोल–कबोलमार्पmत् रु ५७ अर्ब २५ करोड, रिभर्स रिपोमार्पmत् रु १३ अर्ब तथा सोभैm बिक्री बोल–कबोलमार्फत् रु पाँच अर्ब ९० करोडको तरलता प्रशोचन भएको छ ।

चालु आवको मसान्तमा निक्षेप सङ्कलन बोल–कबोल रकम रु १०७ अर्ब २५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्पmत् रु ९९ अर्ब ५० करोडको तरलता प्रशोचन भएको थियो ।

उता नेप्समा वार्षिक विन्दुगत आधारमा ११.९ प्रतिशतले वृद्धि भई चालु आवको साउन मसान्तमा एक हजार १५७.६ विन्दुमा पुगेको छ । उक्त सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिमा ९२.८ प्रतिशतले वृद्धि भई गत आवको साउन मसान्तमा एक हजार ३४.४ विन्दु कायम भएको थियो ।

चालु आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको कारण सेयर बजार उकालो लाग्ने क्रम सुरु भएको राष्ट्र बैंकले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies