Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ मा काठमाडौँमा हुने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। बैठकपछि जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समय अभावका कारण यसअघि पुस २६ देखि २८ गतेसम्म तोकिएको महाधिवेशनको कार्यतालिका संशोधन गरी वैशाखमा सारिएको बताए।

प्रवक्ता महतका अनुसार पुसमा प्रस्तावित मितिमा महाधिवेशन आयोजना गर्न सम्भव नभएकाले संशोधित कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको हो।

संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन चैत २१ गते, गाउँ÷नगरपालिका अधिवेशन चैत २५ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत २८ गते, एक मात्र प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन वैशाख २ गते र दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा वैशाख ५ गते गर्ने निर्णय गरिएको छ। त्यस्तै प्रदेश अधिवेशन वैशाख १० देखि १२ गते र केन्द्रीय महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

प्रवक्ता महतले गत मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिले महाधिवेशनसम्बन्धी निर्णय गरिसकेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरे। “अब हामी १५औँ नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेका छौँ,” उनले भने। आगामी फागुन २१ गतेको आमनिर्वाचनका कारण २०८३ वैशाखभन्दा अघि महाधिवेशन गर्न नसकिने उनको भनाइ थियो।

यसैबीच, महामन्त्री गगनकुमार थापाले उक्त निर्णयप्रति आफ्नो फरक मत रहेको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सहित चार–पाँच जना नेताहरूको यस विषयमा असहमति रहेको जानकारी दिए। यद्यपि फरक मत हुँदाहुँदै पनि केन्द्रीय कार्यसम्पादन समितिको बहुमतले निर्णय पारित गरेको उनले बताए।

महामन्त्री थापाले असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव विधानअनुसार लागू गर्न यही पुसभित्र १५औँ महाधिवेशन गरिसक्नुपर्ने धारणा राखे।

उनले कांग्रेस विधानको धारा १७(२) को उल्लेख गर्दै केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यको लिखित माग परेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था स्पष्ट रहेको बताए। “केन्द्रीय समितिको पदावधि थप्ने तर विशेष महाधिवेशन नगर्ने भन्ने प्रस्ताव नआएकाले विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्छ भन्ने हाम्रो फरक मत हो,” थापाले भने।

महामन्त्री थापाले अझै एक–दुई दिन समय बाँकी रहेको उल्लेख गर्दै विधानको पालना नभए महामन्त्रीको हैसियतमा आफूहरूले विधानअनुसारको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन बोलाउने चेतावनीसमेत दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending