Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ मा काठमाडौँमा हुने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। बैठकपछि जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समय अभावका कारण यसअघि पुस २६ देखि २८ गतेसम्म तोकिएको महाधिवेशनको कार्यतालिका संशोधन गरी वैशाखमा सारिएको बताए।

प्रवक्ता महतका अनुसार पुसमा प्रस्तावित मितिमा महाधिवेशन आयोजना गर्न सम्भव नभएकाले संशोधित कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको हो।

संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन चैत २१ गते, गाउँ÷नगरपालिका अधिवेशन चैत २५ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत २८ गते, एक मात्र प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन वैशाख २ गते र दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा वैशाख ५ गते गर्ने निर्णय गरिएको छ। त्यस्तै प्रदेश अधिवेशन वैशाख १० देखि १२ गते र केन्द्रीय महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

प्रवक्ता महतले गत मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिले महाधिवेशनसम्बन्धी निर्णय गरिसकेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरे। “अब हामी १५औँ नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेका छौँ,” उनले भने। आगामी फागुन २१ गतेको आमनिर्वाचनका कारण २०८३ वैशाखभन्दा अघि महाधिवेशन गर्न नसकिने उनको भनाइ थियो।

यसैबीच, महामन्त्री गगनकुमार थापाले उक्त निर्णयप्रति आफ्नो फरक मत रहेको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सहित चार–पाँच जना नेताहरूको यस विषयमा असहमति रहेको जानकारी दिए। यद्यपि फरक मत हुँदाहुँदै पनि केन्द्रीय कार्यसम्पादन समितिको बहुमतले निर्णय पारित गरेको उनले बताए।

महामन्त्री थापाले असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव विधानअनुसार लागू गर्न यही पुसभित्र १५औँ महाधिवेशन गरिसक्नुपर्ने धारणा राखे।

उनले कांग्रेस विधानको धारा १७(२) को उल्लेख गर्दै केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यको लिखित माग परेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था स्पष्ट रहेको बताए। “केन्द्रीय समितिको पदावधि थप्ने तर विशेष महाधिवेशन नगर्ने भन्ने प्रस्ताव नआएकाले विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्छ भन्ने हाम्रो फरक मत हो,” थापाले भने।

महामन्त्री थापाले अझै एक–दुई दिन समय बाँकी रहेको उल्लेख गर्दै विधानको पालना नभए महामन्त्रीको हैसियतमा आफूहरूले विधानअनुसारको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन बोलाउने चेतावनीसमेत दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेँडा, आल...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ मा काठमाडौँमा हुने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यस...

ताप्लेजुङ केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प

काठमाडौं। ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मि...

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

काठमाडौँ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु महिलाहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्...

बुद्ध एयर जहाज दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

 झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भ...

आजको मौसम : हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएक...

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending