Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

नेपालको कृषि क्षेत्र बदलिँदै: परम्परागत बाली घट्दै, बजारमुखी बाली बढ्दै

खबरडबली संवाददाता

काठमाडौँ ।  नेपालमा खाद्यान्न बाली हुने जमिन घटिरहेको तथ्यांकले चिन्ताजनक तस्वीर प्रस्तुत गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रमुख कृषि बालीले ढाकेको भू–क्षेत्र’ रिपोर्टअनुसार, मुलुकको खाद्य सुरक्षाको आधार मानिने मुख्य बालीको क्षेत्रफलमा गत आव २०८१/०८२ मा ठुलो गिरावट आएको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा कृषि बालीले ढाकेको कुल क्षेत्रफल २.२ प्रतिशतले घटेर ४७ लाख ४२ हजार ४ सय ९७ हेक्टरमा झरेको छ। यो गिरावटले उत्पादनशील जमिन क्रमशः बाँझो हुँदै गएको देखाउँछ।

विशेषगरी, नेपालीको मुख्य आहार धानको क्षेत्रफल मात्र १.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १४ लाख ३६ हजार हेक्टरमा लगाइएको धान यस वर्ष १४ लाख १९ हजार हेक्टरमा सीमित भएको छ। मकै र गहुँजस्ता पहाडी र तराईका मुख्य बालीमा पनि समान ३.६ प्रतिशतको गिरावट देखिएको छ।

रैथाने बाली कोदो र फापरको स्थिति अझै दयनीय छ। कोदोको जमिन ८ प्रतिशत र फापर १३.८ प्रतिशतले घटेको छ। युवा किसान दिपेश नेपालका अनुसार, “रैथाने बालीहरूको गिरावटले पोषण सुरक्षा र ग्रामीण अर्थतन्त्रको मौलिकतालाई जोखिममा पारिरहेको छ। घरैपिच्छे युवाहरू विदेश गएका छन्, खेतबारी जंगलमा परिणत हुँदै गएको छ।”

नगदे बालीले दिएको आशा

यद्यपि नगदेबालीले केही आशा जगाएको छ। आलु र उखुमा क्रमशः ०.१ र २.५ प्रतिशतको वृद्धि देखिएको छ। तेलहन र दलहनमा गिरावट भए पनि भटमासमा २४.१ प्रतिशतको उत्साहजनक वृद्धि भएको छ।

फलफूल खेतीमा भने कुल ८.३ प्रतिशतको गिरावट आएको छ। तराईका मुख्य फल आँपको जमिन २३.७ प्रतिशत घटेर ५१ हजार ७ सय ३६ हेक्टरमा झरेको छ। केरा खेतीमा पनि ५.९ प्रतिशत कमी देखिएको छ। पहाडी भेगमा भने सुन्तला र स्याउमा क्रमशः ३.८ र ६.६ प्रतिशत वृद्धि भएको छ।

तरकारी र बागवानी क्षेत्र भने आशाजनक देखिएको छ। कुल क्षेत्रफल ५.७ प्रतिशतले बढेको छ। तरकारी ५.४ प्रतिशतले विस्तार भई ३ लाख २७ हजार ८ सय ४७ हेक्टर पुगेको छ भने बागवानी १५ प्रतिशतले वृद्धि भएको छ।

उच्च मूल्यका नगदे बाली र पेय पदार्थमा पनि प्रगति देखिएको छ। विशेषगरी, कफी खेती ३७.६ प्रतिशतले बढेको छ। चिया, अदुवा–बेसार र मसला बालीमा ३.२ प्रतिशत वृद्धि भएको छ। मौरीपालन क्षेत्रमा ५.४ प्रतिशत सुधारले मह उत्पादन र जैविक विविधता संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रको गिरावटको मुख्य कारण

राष्ट्र बैंकका तथ्यांकले देखाएको छ कि मुलुकको आधारभूत खाद्यान्न बाली घट्दै गएको छ भने किसान व्यावसायिक बालीतर्फ आकर्षित भएका छन्।

कृषि अभियान्ता सुदर्शन श्रेष्ठका अनुसार, गिरावटको मुख्य तीन कारण सहरीकरण र घरजग्गा प्लटिङ पहिलाे रहेकाे छ । जसका कारण सहर नजिकका उर्वर धान खेतहरू कंक्रीटका जंगलमा परिणत हुँदैछन् ।

यसकाे दाेस्राे कारण वैदेशिक रोजगारी रहेकाे छ । जसले गर्दा ग्रामीण भेगका युवाहरू विदेश गएका कारण खेतपाती गर्ने जनशक्ति अभावमा परेका छन्।

कम प्रतिफल र बजारको अनिश्चितता: परम्परागत खाद्यान्न बालीमा लगानी तुलनात्मक रूपमा बढी र बजार अस्थिर भएकोले किसान व्यावसायिक बालीतर्फ आकर्षित भएका छन्।

नेपालको कृषि क्षेत्र अहिले दुई दिशामा विभाजित छ – एकातिर खाद्यान्न बाली घट्दै खाद्य सुरक्षा चुनौतीमा परेको छ, भने अर्कोतिर तरकारी, कफी, फलफूल र बागवानीमा वृद्धि भएर व्यावसायिक कृषिमा नयाँ अवसर देखिएको छ। सरकार, कृषि विज्ञ र किसानको साझा पहलले मात्रै यो असन्तुलन सुधार्न सक्ने देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending