Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्लामा सामाजिक सद्‌भाव कायम राख्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । तराई र मधेशका केही जिल्लामा सामाजिक र धार्मिक सद्‌भाव खल्बल्याउने घटनाहरू बढिरहेका परिस्थितिमा, गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।

गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा मंगलबार जारी सर्कुलरमा भनिएको छ कि, कानुनविरुद्ध हुने कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन सक्रिय हुनेछ।

सर्कुलरअनुसार, धार्मिक, सामाजिक र सांस्कृतिक सद्‌भाव प्रवर्द्धन गर्न समन्वय बैठक आयोजना गर्न सबै जिल्लालाई निर्देशन दिइएको छ। यस बैठकमा जिल्ला राजनीतिक दलका प्रमुख, सामाजिक, सांस्कृतिक र धार्मिक अगुवाहरूलाई सहभागी गराइ सार्वजनिक सद्‌भाव कायम राख्ने उपायहरू तय गरिनेछ।

त्यसैगरी, सामाजिक सद्‌भाव प्रवर्द्धनका लागि सद्‌भाव र्‍याली, सीमा क्षेत्रमा कडाइका साथ चेकजाँच, र स्थानीय भाषामा सद्‌भाव बढाउने कार्यक्रम संचालन गर्न पनि सर्कुलरमा व्यवस्था गरिएको छ।

सर्कुलरअनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात–सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्‌भाव समिति गठन गरिनेछ। समितिमा जिल्ला सुरक्षा समिति, राजनीतिक दल, उद्योग वाणिज्य महासङ्घ, पत्रकार महासङ्घ, बार एसोसिएसन, जिल्ला समन्वय समिति र सामाजिक–सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवाहरू सदस्य रहनेछन्।

गृह मन्त्रालयले विगतका विवादजन्य घटनाको अभिलेखको आधारमा संभावित विवाद कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर बनाउने र स्थानीय तहमा समेत समन्वयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनमा जोड दिन निर्देशन दिएको छ।

गृह मन्त्रालयका अनुसार, यी पहलहरूले सामाजिक सद्‌भाव कायम राख्न, विवाद रोक्न र सहिष्णुता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending