काठमाडौँ । लामो समय सशस्त्र संघर्ष, भूमिगत राजनीति र राज्यसँगको टकरावको मार्ग रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ अब प्रत्यक्ष चुनावी राजनीतिमा उत्रिने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा क्षेत्रबाट पार्टी महासचिव विप्लवको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
पार्टीकी रोल्पा इञ्चार्ज सम्झना घर्ती ‘असिना’ का अनुसार बुधबार बसेको पार्टी बैठकले कुनै वैकल्पिक नाम नदिई महासचिव विप्लवलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । रोल्पा विप्लवको जन्मथलो मात्र होइन, सशस्त्र विद्रोहको राजनीतिक आधार क्षेत्रसमेत भएकाले सोही क्षेत्रबाट उम्मेदवारी दिने निर्णय गरिएको पार्टीको भनाइ छ ।
यस निर्णयसँगै विप्लव नेतृत्वको नेकपा पहिलो पटक औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको दलका रूपमा संसदीय चुनावमा सहभागी हुन लागेको छ । राज्यसत्तालाई ‘संसदीय भ्रम’ भन्दै अस्वीकार गर्दै आएको समूहको यो कदमलाई नेपाली राजनीतिमा ठूलो मोडका रूपमा हेरिएको छ ।
विश्लेषकहरूका अनुसार विप्लवको उम्मेदवारी केवल एक क्षेत्रको चुनावी प्रतिस्पर्धा मात्र होइन, भूमिगत आन्दोलनबाट मूलधारको राजनीतितर्फ आएको घोषणाजस्तै हो । रोल्पाबाट चुनाव लड्ने निर्णयले विप्लवले आफ्नै राजनीतिक आधारभूमिमा जनमत परीक्षण गर्न खोजेको संकेत पनि दिएको छ ।
अब प्रश्न उठेको छ—क्रान्तिको नाराबाट मतपत्रसम्म आइपुगेको यो यात्राले रोल्पामा कस्तो राजनीतिक तरंग पैदा गर्छ ? र मतदाताले विप्लवको यो रूपान्तरणलाई स्वीकृति दिन्छन् कि दण्ड ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...


प्रतिकृया लेख्नुहोस्: